• शनिबार, २२ भदौ, २०८१
  • १६:४२:४९
  • नेपालीको अभिमत

राजनीति

फेरि बढ्यो डिजेल,पेट्रोलको मूल्य, कति पुग्यो ?

नेपालमत

शुक्रबार, १५ भदौ, २०८०

काठमाडौं- सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । 

नेपाल आयल निगमका अनुसार पेट्रोल प्रतिलिटर ४, डिजेल र मट्टितेल प्रतिलिटर ३ र एलपी ग्यास प्रतिसिलिन्डर २ सय ३५ ले बढेको छ । 

निगमले मूल्य वृद्धि विहीबार मध्यरातिदेखि लागू हुने जनाएको छ । 

इण्डियन आयल कर्पोरेशनबाट आज मूल्य वृद्धि भएर आएकाले नेपालमा पनि पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरिएको निगमले विज्ञप्तिमा जनाएको छ । 

निगमका अनुसार इण्डियन आयल कर्पोरेशनबाट पेट्रोल र डिजेलमा क्रमशः प्रतिलिटर रु तीन दशमलव १७ र २ दशमलव ४८ तथा एलपी ग्यासको मूल्यमा प्रति सिलिण्डर रु एक सय ८६ दशमलव ४५ ले वृद्धि भएर आएको छ । 

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved