काठमाडौं- ‘सहज च्यालेन्ज फण्ड–तेस्रो’ अन्तर्गत नविनतम ब्रान्डिङरप्याकेजिङरवितरण प्रणाली सम्बन्धी सेवा प्रदान गर्ने सेवा प्रदायकलाई आवेदनका लागि आह्वान गरिएको छ । सहज च्यालेन्ज फन्डले आज यहाँ पत्रकार सम्मेलन गरी तेस्रो चरणको औपचारिक शुभारम्भ गरिएको जानकारी दिएको हो ।
कार्यक्रममा स्वीस कन्ट्याक्टका तर्फबाट नेपाल कृषि बजार विकास कार्यक्रम (एनएएमडीपी) का समूह नेता रिक भ्यान डर क्याम्पले स्वीस कन्ट्याक्टका परियोजनाले खेलेको परिवर्तनकारी भूमिकाबारे जानकारी दिनुभयो । एनएएमडीपीका कृषि सेवा प्रबन्धक शुभेच्छा श्रेष्ठले सहज च्यालेन्ज फण्ड, यसका विभिन्न चरण र फण्डले गर्दै आएको कामको बारेमा जानकारी दिनुभएको थियो ।
प्राक्टिकल एक्सन कन्सल्टिङ्गका तर्फबाट सहज च्यालेन्ज फण्डका समूह नेता अधिश कार्कीले तेस्रो चरणको च्यालेन्ज फण्डले काम गर्ने कार्य क्षेत्र, सहयोगको प्रकार, आवेदन प्रक्रिया र सहयोग रकमबारे जानकारी दिनुभयो । फण्डले रू पाँच लाखदेखि रू ५० लाखसम्म सहयोग गर्ने आयोजकले जनाएको छ ।
प्रस्तावित सेवाको माग, सान्दर्भिकता र सेवा प्रदायकको क्षमताको जाँच गरी सहयोग रकम तोकिनेछ । उपकरण तथा मेसिनेरी खरिदका लागि भने फण्डले सहयोग नगर्ने व्यवस्था छ । फण्डका ब्रान्डिङ र प्याकेजिङ विशेषज्ञ अनुज श्रेष्ठ र वितरण प्रणाली विशेषज्ञ दिविभ भक्त श्रेष्ठले आफ्ना क्षेत्रमा रहेका बाधा, अवरोध तथा चुनौतीबारे जानकारी दिनुभयो ।
च्यालेन्ज फण्डका लागि यही असार ५ सम्म आवेदन दिन सकिने जनाइएको छ । आवेदनको समय सीमा सकिएपछि पहिलो चरणको मूल्याङ्कन गरिने र सफल आवेदकलाई पूर्ण व्यावसायिक योजना बुझाउन अनुरोध गरिने सम्मेलनमा जानाकारी दिइएको थियो । पेस गरिएका व्यावसायिक योजनाको पूर्ण मूल्याङ्कनपछि छानिएका विजेता आवेदकले सहयोग रकम पाउने छन् ।
आवेदकको माग अनुसार अनुकूलित वित्तीय र प्राविधिक सहयोगमार्फत, सहज च्यालेन्ज फण्डले लक्षित सेवामा पहुँच बढाउदै कोशी प्रदेशको कृषि क्षेत्रमा उच्चस्तरको व्यावसायीकरण र आर्थिक मूल्य प्रवर्द्धनमा योगदान पुर्याउने लक्ष्य राखेको छ । कार्यक्रममा स्वीस कन्ट्याक्ट, सिप्रङ, र प्राक्टिकल एक्सन कन्सल्टिङ्गका प्रतिनिधिलगायतको सहभागिता थियो ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
काठमाडौँ - आइफोन निर्माता कम्पनि एप्पलले आइफोन १६ लन्च गरेको छ । यस वर्ष एप्पल कार्यक्रम अमेरिकाको क्युपर्टिनोस्थित एप्पल पार्कको स्टिभ जब्स थिएटरमा आयोजना गरिएको थियो...
काठमाडौं - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी भएकाे छ । नागरिक उड्डयन कार्यालय र नेपाल अनुसन्धान तथा शिक्षा सञ्जाल (नेअशिस) बिच त्रिभुवन अन्तर्राष्ट्रिय...
काठमाडौँ - नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको मुख्य सुरुङ आज ब्रेक थ्रू हुने भएको छ । नागढुङ्गा सुरुङ निर्माण परियोजनाका अनुसार आज एक औपचारिक कार्यक्रमबीच सुरुङ ‘ब्रेक थ्रू’ गर्न...
‘डिजिटल नेपाल फ्रेमवर्क २०७६’ को आकाङ्क्षा पूरा गर्ने उद्देश्यअनुरुप सरकारले ‘राष्ट्रिय साइबर सुरक्षा केन्द्र’ स्थापना गर्ने भएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले साइबर सुरक्षाको विषयमा...
काठमाडौं - पछिल्लो समय गलत सूचनाका आधारमा सामाजिक सञ्जालमा गलत भाष्य स्थापित गर्न खोजिएको भन्दै चिन्ता व्यक्त गरिएको छ । सेन्टर फर मिडिया रिसर्च नेपालले शनिबार काठमाडौँमा...