• आइतबार, २० असोज, २०८१
  • १७:०८:१५
  • नेपालीको अभिमत

प्रविधि

'सोसल मिडियामा आउने मिथ्या सूचनाले देशमा निराशा बढाउँदैछ'

नेपालमत

आइतबार, १३ फाल्गुण, २०८०

काठमाडौं - पछिल्लो समय गलत सूचनाका आधारमा सामाजिक सञ्जालमा गलत भाष्य स्थापित गर्न खोजिएको भन्दै चिन्ता व्यक्त गरिएको छ । 

सेन्टर फर मिडिया रिसर्च नेपालले शनिबार काठमाडौँमा आयोजना गरेको ‘नेपालमा सूचनाको चलखेल र लोकतन्त्र’ विषयक कार्यक्रममा बोल्ने सरोकारवालाले पछिल्लो समयमा मिथ्या सूचना प्रवाह गरी लोकतान्त्रिक राजनीतिक उपलब्धिमाथि लगातार प्रहार हुन थालेको बताएका हुन् । 

‍कार्यक्रममा ‘सूचना चलखेल नियन्त्रणमा राजनीतिक दलहरुको भूमिका’ विषयक कार्यपत्र प्रस्तुत गर्दै पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले गलत सूचनाका माध्यमबाट लोकतन्त्र र लोकतान्त्रिक नेतृत्वविरुद्ध निरन्तर प्रहार हुन थालेको बताउनुभयो। सूचनामा चलखेल नियन्त्रण गर्न राजनीतिक दलको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै उहाँले दलका कार्यकर्ता तथा शुभेच्छुकको ‘डिजिटल’ ज्ञान बढाउने तथा सामाजिक सञ्जाल सञ्चालनको आचारसंहिता जारी गरी सोहीअनुसार प्रयोग गर्न कार्यकर्ता र समर्थकलाई आग्रह गर्नुपर्ने बताउनुभयो।

‍लोकतन्त्रले परिणाम दिन सक्दैन भन्ने भाष्य स्थापित गरेर दलहरूलगायत लोकतन्त्रका प्रमुख आधारस्तम्भ कमजोर भएका अवस्था र आमनागरिकमा व्याप्त निरासाको मौकामा केही तत्वले यिनै पक्षलाई उचालेर लोकतन्त्रमाथि प्रहार गर्न सक्नेतर्फ पूर्वप्रमुख निर्वाचन आयुक्त पोखरेलले सचेत गराउनुभयो।

‍“देशमा नैरश्यता किन बढ्यो र देशको राजनीतिक संवेदशनीलता कहाँ र के कस्ता छन्, त्यसको नियमित लेखाजोखा गरेर त्यसलाई सम्बोधन गर्ने साझा रणनीति बनाउनुपर्छ”, दलहरुको ध्यानाकर्षण गराउँदै उहाँले भन्नुभयो, “सबैले तत्कालीन स्वार्थभन्दा माथि उठेर आ–आफ्ना तहबाट के गर्न सकिन्छ गरौँ, विद्यमान निराशाको बादल तोडेर सकारात्मक बाटो देखाउँदै आशा जगाउन सकौँ।”

‍नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सामाजिक सञ्जालमा आएका मिथ्या सूचनामा भर पर्न नहुनेमा जोड दिँदै मिथ्या सूचनाको संवेदनशीलताका बारेमा विद्यालय तहबाटै सचेत बनाउनुपर्ने बताउनुभयो। “विद्यालय, समुदाय र परिवार नै बढ्ता जिम्मेवार हुनुपर्छ, कस्ता सूचना ग्रहण गर्ने, कस्ता सूचना बहिष्कार गर्ने भनी जानकार र जागरुक हुनुपर्छ”, उहाँले भन्नुभयो।

‍नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले सामाजिक सञ्जालले लोकतन्त्रको विकासमा सहयोग गर्नुपर्छ भन्दै यसमा सरोकारवालाबीच घनिष्ठ सहकार्यको आवश्यकता औँल्याउनुभयो। “गलत सूचनाले विभिन्न समस्या सृजना गरेका छन्, सामाजिक सञ्जालले ल्याएका चुनौती समाना गर्न सबै तयार हुनुपर्छ”, उहाँले भन्नुभयो।

‍नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले गलत सूचनाको चलखेल रोक्न राजनीतिक दल, सञ्चारमाध्यम र सामाजिक अभियान्ताको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो। “मिथ्या सूचनाविरुद्ध सिङ्गो समाज एक ठाउँमा उभिनुपर्छ, यसलाई बेलैमा नियन्त्रण नगर्ने हो भने लोकतन्त्र हाम्रो हातबाट बाहिर जान सक्छ”, उहाँले भन्नुभयो।

‍कार्यक्रममा विभिन्न राजनीतिक पार्टीबाट प्रतिनिधित्व गर्ने सांसदहरुले भ्रमपूर्ण सूचनाले सिङ्गो समाजलाई नै प्रभावित तुल्याएको उल्लेख गर्दै यसविरुद्ध एक भएर प्रस्तुत हुनुपर्नेमा जोड दिनुभएको थियो।

कार्यक्रमममा सेन्टर फर मिडिया रिसर्च नेपालले देशव्यापी रुपमा गरिएका छलफलका निष्कर्ष प्रस्तुत गरेको थियो । 

नेपालमत

लेखकका थप सामग्रीका लागि यहाँ क्लिक गर्नुहोस्

आइतबार, १३ फाल्गुण, २०८०

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

  • नेपालमत

    आइफोन- १६ को सिरिज लन्च

    काठमाडौँ - आइफोन निर्माता कम्पनि एप्पलले आइफोन १६ लन्च गरेको छ । यस वर्ष एप्पल कार्यक्रम अमेरिकाको क्युपर्टिनोस्थित एप्पल पार्कको स्टिभ जब्स थिएटरमा आयोजना गरिएको थियो...

  • नेपालमत

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी

    काठमाडौं - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न  समझदारी भएकाे छ । नागरिक उड्डयन कार्यालय र नेपाल अनुसन्धान तथा शिक्षा सञ्जाल (नेअशिस) बिच त्रिभुवन अन्तर्राष्ट्रिय...

  • नेपालमत

    नागढुङ्गा सुरुङमार्ग 'ब्रेक थ्रू’ आज

    काठमाडौँ - नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको मुख्य सुरुङ आज ब्रेक थ्रू हुने भएको छ । नागढुङ्गा सुरुङ निर्माण परियोजनाका अनुसार आज एक औपचारिक कार्यक्रमबीच सुरुङ ‘ब्रेक थ्रू’ गर्न...

  • नेपालमत

    अनुसन्धानका लागि राष्ट्रिय साइबर सुरक्षा केन्द्र बन्दै

    ‘डिजिटल नेपाल फ्रेमवर्क २०७६’ को आकाङ्क्षा पूरा गर्ने उद्देश्यअनुरुप सरकारले ‘राष्ट्रिय साइबर सुरक्षा केन्द्र’ स्थापना गर्ने भएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले साइबर सुरक्षाको विषयमा...

  • नेपालमत

    चार जिल्लामा टेलिकमको फाइबर लाइन विस्तार

          धनकुटा- नेपाल टेलिकम धनकुटा शाखाले सेवा प्रवाह गरिरहेका पूर्वी पहाडका चार जिल्लामा अफ्टिकल फाइबरमार्फत् द्रुतगतिको इन्टरनेट विस्तार थालेको छ ।  टेलिकमले धनकुटा, तेह्रथुम, सङ्खुवासभा र...

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved