ताजा

  • शुक्रबार, २६ बैशाख, २०८२
  • १६:४७:५३
  • नेपालीको अभिमत

खेल

सरकारले क्रिकेट खेलाडी र मुख्य प्रशिक्षकलाई जनही ६ लाख रुपैयाँ दिने

नेपालमत

बुधबार, २० बैशाख, २०८०

काठमाडौं- सरकारले वैशाख २४ गतेका लागि संसद् अधिवेशन आह्वानका लागि राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

आज बिहान बसेको मन्त्रिपरिषद् बैठकबाट सो निर्णय भएको सञ्चार तथा सूचना प्रविधिमन्त्रीको सचिवालयले जनाएको छ । 

बैठकले एसीसी क्रिकेट प्रतियोगितामा विजयी नेपाली क्रिकेट खेलाडी र मुख्य प्रशिक्षकलाई जनही ६ लाख रुपैँयाँ र टिमका अन्य अफिसियललाई जनही ३ लाख रुपियाँ प्रोत्साहन स्वरूप उपलब्ध गराउने निर्णय गरेको छ । 

त्यस्तै, कीर्तिपुरस्थित क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको मैदान बनाउन आगामी आर्थिक वर्षमा बजेट विनियोजन गरी निर्माण कार्य सम्पन्न गर्ने निर्णय पनि बैठकले गरेको छ । 

सोहीअनुसार कोशीटप्पू वन्यजन्तु आरक्ष स्थापना गर्दा विस्थापितहरूको सन्दर्भमा थप छानबिन गरी समस्या समाधान गर्न आयोग पुनर्गठन गरी तीन महिना म्याद थप गर्ने निर्णय पनि गरेको छ ।

त्यस्तै, विज्ञापन नियमन गर्ने ऐन २०७६ मा भएको एकद्वार र समानुपातिक विज्ञापनबारे आवश्यक प्रक्रिया पूरा गरी विज्ञापन नियमावली २०७७ संशोधन गर्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ । 

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

  • नेपालमत

    जेष्ठको तेस्रो साता काठमाडौंमा पहिलो इन्टरनेसनल रनिङ कन्फ्रेन्स हुँदै

    काठमाडौं - खेलकुद सम्बन्धि बहस छलफल बिरलै भइरहेका बेला आउँदो जेठ अन्तिम साता काठमाडौंमा पहिलोपटकल अन्तर्राष्ट्रियस्तरको दौड सम्मेलन हुने भएको छ । जेठ २३ गते शुक्रवार...

  • नेपालमत

    नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरी विश्व म्याराथनको साझा संस्था एम्सको दूत नियुक्त

    नेपालगन्ज - नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरी विश्व म्याराथनको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस (एम्स)को दूत नियुक्त भएका छन् । एम्सका नवनिर्वाचित अध्यक्ष...

  • पेरिस ओलम्पिकमा ८० देशले जिते पदक, अमेरिका शिर्ष स्थानमा कायमै

    काठमाडौँ - जारी पेरिस ओलम्पिकमा अहिलेसम्म ८० देशले पदक जितेका छन् । बुधबार सम्पन्न खेलपछि ५३ देशले स्वर्ण पदक जितेका छन् भने कुल ८० देशले पदक जितेका छन् । पदक तालिकामा अमेरिका २७ स्वर्ण, ३५ रजत र ३२ काश्य पदक जितेर शिर्ष स्थानमा रहेको छ भने चीन २५ स्वर्ण, २३ रजत र १७ काश्य पदक जितेर दोस्रो स्थानमा रहेको छ । त्यस्तै...

  • अर्जेन्टिनाले जित्यो कोपा अमेरिकाको उपाधि

    काठमाडौँ - अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि जितेको छ । सोमबार बिहान सम्पन्न फाइनल खेलमा कोलम्बियालाई १-० गोल अन्तरले पराजित गर्दै कोपा अमेरिकाको उपाधि जितेको हो । निर्धारित ९० मिनेटको समयमा दुवै देशले कुनै गोल गर्न नसकेपछि ३० मिनेट अतिरिक्त समय खेलाइएको थियो । खेलको ११२औ मिनेटमा लाउतारो मार्टिनेजले गरेको गोल नै खेलको निर्णयाक गोल बनेको थियो । यस खेलमा घाइते भएपछि लियोनेल...

  • नेपालले आज फिफा विश्वकप छनौटअन्तर्गत युएईविरुद्ध खेल्दै

    काठमाडौं - फिफा विश्वकप २०२६ र एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत आज नेपालले युएईविरुद्ध खेल्ने तालिका रहेको छ । नेपालले फिफा विश्वकप २०२६ र एसियन कप २०२७ को दोश्रो चरणको छनौट खेल जुन ६ मा युएईविरुद्ध र यमनसँग जुन ११ मा खेल्ने तालिका रहेको छ । घरेलु मैदानमा खेल्नुपर्ने यी खेल दशरथ रंगशालाको मैदान अन्तर्राष्ट्रिय खेल खेल्न मिल्ने नभएपछि 'न्युट्रल भेन्यू'...

© 2025 कृष्णसार मल्टिमिडिया. All Rights Reserved