काठमाडौं- कोरोना महामारीका कारण तीन वर्षअघि रिलिज स्थगित भएको फिल्म ‘नीरफूल’ले आउँदो जेठ १९ गतेलाई आफ्नो प्रदर्शन मिति तय गरेको छ ।
विसं २०७६ चैत ७ गते रिलिज हुनै लाग्दा सरकारले त्यसको दुई दिनअघि मात्रै कोरोना महामारीका कारण सम्पूर्ण फिल्महल बन्द गरेपछि ‘नीरफूल’को रिलिज रोकिएको थियो ।
भूकम्पका कारण बिछोडिएका एक परिवारको सदस्यले पुनर्मिलनका लागि गरेका प्रयत्नमा आधारित सो फिल्म फूलमान वलले निर्देशन गर्नुभएको हो । रुबिभ्याली र काठमाडौँमा छायाङ्कन गरिएको फिल्ममा दयाहाङ राई, रेखा थापा, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छयोइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरीलगायतले अभिनय गर्नुभएको छ । फिल्मिमा म्यान्मारका तत्कालीन राजदूत ऊ लिउन उ र अभिनेत्री रेखा थापालाई विशेष भूमिकामा हेर्न सकिन्छ ।
“भूकम्पपछिको भौतिक पुनर्निर्माणतिर त सबैको ध्यानको गयो, तर भत्किएका मन र भत्किएका सम्बन्धको पुनर्निर्माणतिर कसैको ध्यान गएन”, फिल्मको कथा वस्तुबारे निर्देशक वलले भन्नुभयो, “नीरफूलले तिनै भत्किएका मन र सम्बन्धको पुनर्निर्माणको कथा भन्छ ।” फिल्मको निर्माणमा सहकार्यको मोडल अपनाइएको निर्देशक वलले जानकारी दिनुभयो ।
फ्रेन्ड्स अफ नेपाल–म्यानमार फ्रेन्डसिप काउन्सिलको सहकार्यमा सेलो प्रोडक्सनले निर्माण गरेको फिल्मको कार्यकारी निर्माता दुबईकी डोमा सोनाम हुनुहुन्छ । निर्माताका रूपमा कतारबाट माया केसी, बेलायतबाट दीपक श्रेष्ठ, इजरायलबाट चन्द्रमाया तामाङ, जापानबाट उदय लामा, अमेरिकाबाट रोज लामा, कोरियाबाट दिनेश लम्तरी मगर र नेपालबाट दिजेश श्रेष्ठ, तेञ्जिन सोनाम लामा, अजितमान तामाङ, गणेश थापा, अशोक थापा, विके श्रेष्ठलगायत हुनुहुन्छ । प्रमोद कार्कीको छायाङ्कन, अर्जुन पोखरेल र चन्द्रकुमार दोङको सङ्गीत, निमेष श्रेष्ठको सम्पादन रहेको फिल्मको वितरक गोविन्द शाही र मनोज राठी रहनुभएको छ ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
काठमाडौं - चलचित्र विकास बोर्डले धेरै कमाउने २५ नेपाली फिल्मका निर्मातालाई सम्मान गरेको छ। बाेर्डले स्थापनाकाे २५ वर्षमा देशभित्र धेरै कमाउने फिल्मका निर्माताहरूलाई बिशेष कार्यक्रम गरी सम्मान गरेको हो। स्थापनाको...
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को छैठौं च्याप्टर सम्मेलन ११ बुँदे घोषणापत्र जारी गर्दै सकिएको छ । तीन दिनसम्म चलेको सम्मेलनको पहिलो दिनमा उद्घाटन सत्र राखिएको...
सुमधुर नयाँ गीत ‘तारा जुनैले’ सार्वजनिक भएको छ । प्रेम, आशा र वियोगको त्रिकोणात्मक भाव बोकेको यो गीतमा गायक ईश्वर सिंह र गायिका रितु कँडेलको...
काठमाडौं - सङ्गीतकार संघ नेपालको १३औं वार्षिक साधारणसभा तथा सातौं अधिवेशनबाट अष्ट लामाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । चेतन सापकोटाको नेतृत्वमा रहेको संघको कार्यसमितिलाई...
संसारको सबैभन्दा महँगो शो कुन हो र यसलाई बनाउन कति पैसा खर्च भयो वा हुनेछ भन्ने अनुमान लगाउन सक्नुहुन्छ ? यदि तपाईं २००–४०० करोड सोच्दै हुनुहुन्छ...