ताजा

  • आइतबार, २९ असार, २०८२
  • १३:३५:२३
  • नेपालीको अभिमत

मनोरञ्जन

कविता : अनि मनाउँला नारी दिवस

पुजा रिजाल

बुधबार, २४ फाल्गुण, २०७९

छोरी भनी गर्भमै तुहिन नपरोस्, अनि मनाउँला नारी दिवस !

बलात्कृत भइ झाडिमा कुहिन नपरोस्, अनि मनाउँला नारी दिवस !

छाउपडी भइ गोठमा सड्न नपरोस्, अनि मनाउँला नारी दिवस !

दाइजोको निउँमा जिउँदै जल्न नपरोस्,अनि मनाउँला नारी दिवस !

निर्मला जसरी सानै उमेरमा ढल्न नपरोस् ,अनि मनाउँला नारी दिवस !

न्याय नपाएर दुनियाँसँग लड्न नपरोस्,अनि मनाउँला नारी दिवस ! 

बोक्सीको आरोपमा तड्पी तड्पी मर्न नपरोस् ,अनि मनाउँला नारी दिवस ! 

जिन्दगी जिउन पुरुषको भर पर्न नपरोस्,अनि मनाउँला नारी दिवस !

महिनावारीमा मैले छोएको अछुतो नहोस्,अनि मनाउँला नारी दिवस !

छोरी भएर जन्मेकोमा पछुतो नहोस् ,अनि मनाउँला नारी दिवस !

यस्तो दिन आवोस ,हरेक नारीलाई गर्व होस नारी हुनुमा, अनि मनाउँला नारी दिवस !

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2025 कृष्णसार मल्टिमिडिया. All Rights Reserved