काठमाडौं- मानवशास्त्री डा उद्धव राईको संस्मरणात्मक कृति ‘कोसी किनारका पाइलाहरु’ विमोचित भएको छ ।
बुक हिल प्रालिले प्रकाशन गरेको सो कृतिको नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राई, लेखक राईका ८४ वर्षीया आमा चन्द्रदेवी राई र लेखक राईकी जीवनसङ्गिनी डा बिमला राई पौड्यालकी १०१ वर्षीया आमा इन्द्रमाया पौड्यालले शनिबार संयुक्तरुपमा विमोचन गर्नुभएको हो ।
मानवशास्त्री राईले आफ्नो विद्यार्थीकालदेखि प्राध्यापन, अनुसन्धान र अन्तर्राष्ट्रिय गैह्रसरकारी क्षेत्रमा काम गर्दा देखे–भोगेमा देश—विदेशका अनुभव र अनुभूतिलाई पुस्तकमा उतार्नुभएको छ ।
कुलपति राईले लेखक राईको साहित्यिक क्षेत्रमा दरिलो उदय भएको उल्लेख गर्दै उहाँलाई लेखकीय निरन्तरताका लागि आग्रह गर्नुभयो ।
निवर्तमान परराष्ट्रमन्त्री डा पौड्यालले लेखक राईको पहिलो पाठक हुनुका नाताले उहाँ मनैदेखि लेखनप्रति प्रतिबद्ध र स्पष्टवक्ता हुनुभएको सुनाउनुभयो । सो अवसरमा सङ्गीतकार गणेश रसिक, मानवशास्त्री डा सुरेश ढकाल, अनुसन्धानदाता कैलाश राई, साहित्यकार तोया गौतमले ‘कोसी किनारका पाइलाहरु’ माथि समीक्षा र लेखक राईको व्यक्तित्वबारे टिप्पणी गर्नुभएको थियो ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
काठमाडौं - चलचित्र विकास बोर्डले धेरै कमाउने २५ नेपाली फिल्मका निर्मातालाई सम्मान गरेको छ। बाेर्डले स्थापनाकाे २५ वर्षमा देशभित्र धेरै कमाउने फिल्मका निर्माताहरूलाई बिशेष कार्यक्रम गरी सम्मान गरेको हो। स्थापनाको...
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को छैठौं च्याप्टर सम्मेलन ११ बुँदे घोषणापत्र जारी गर्दै सकिएको छ । तीन दिनसम्म चलेको सम्मेलनको पहिलो दिनमा उद्घाटन सत्र राखिएको...
सुमधुर नयाँ गीत ‘तारा जुनैले’ सार्वजनिक भएको छ । प्रेम, आशा र वियोगको त्रिकोणात्मक भाव बोकेको यो गीतमा गायक ईश्वर सिंह र गायिका रितु कँडेलको...
काठमाडौं - सङ्गीतकार संघ नेपालको १३औं वार्षिक साधारणसभा तथा सातौं अधिवेशनबाट अष्ट लामाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । चेतन सापकोटाको नेतृत्वमा रहेको संघको कार्यसमितिलाई...
संसारको सबैभन्दा महँगो शो कुन हो र यसलाई बनाउन कति पैसा खर्च भयो वा हुनेछ भन्ने अनुमान लगाउन सक्नुहुन्छ ? यदि तपाईं २००–४०० करोड सोच्दै हुनुहुन्छ...