ताजा

  • शनिबार, २८ असार, २०८२
  • १३:५१:३२
  • नेपालीको अभिमत

मनोरञ्जन

करिश्मा मानन्धरले खनालविरुद्ध दिइन् उजुरी

नेपालमत

बुधबार, २५ माघ, २०७९

काठमाडौं- अभिनेत्री करिश्मा मानन्धरले डिल्लीराम खनालविरुद्ध साइबर ब्युरोमा उजुरी दिनुभएको छ ।

अभिनेत्री मानन्धरले आफ्नो मानमर्दन हुने गरी युट्युबमा अन्तर्वार्ता दिएको भन्दै खनालविरुद्ध उजुरी दिनुभएको हो ।

करिश्माले फेसबुकमार्फत पनि उजुरी दिएको जानकारी गराउनुभएको छ । युट्युबमा विभिन्न अन्तर्वार्ता दिएर भाइरल बनिरहेका खनालले करिश्मा लिभिङ टुगेदर बसेको भन्दै युट्युबमा अन्तर्वार्ता  दिनुभएको थियो ।

'प्रेम दाइ, भन्नुस् म कसरी बसेको थिएँ ? लिभिङ टुगेदर ? म मेरो संसारमा खुसी छुू' लेख्दै करिश्माले फेसबुकमा आक्रोश व्यक्त गर्नुभएको छ । 

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2025 कृष्णसार मल्टिमिडिया. All Rights Reserved