• बिहीबार, १६ चैत, २०७९
  • १९:३२:०७
  • नेपालीको अभिमत

मनोरञ्जन

नयाँ वर्षमा चार फिल्म प्रदर्शनमा आउने

नेपालमत

आइतबार, २२ माघ, २०७९

काठमाडौं- नेपाली फिल्म प्रदर्शनका लागि नयाँ वर्षको मिति राम्रो मानिन्छ । यो समयमा प्रदर्शन भएका फिल्मले राम्रो व्यापार गरेका छन् । यही कारण यो मितिमा प्रदर्शनको सङ्ख्या धेरै हुने गर्छ ।

आउँदो नयाँ वर्षमा पनि चार फिल्मले प्रदर्शनको मिति तय गरेका छन् । ‘नाइँ नभन्नु ल ६’, ‘प्रसाद २’, ‘जारी’ र ‘बिहे पास’ ले प्रदर्शनको मिति घोषणा गर्दा नेपाली बजारले धान्ने या नधान्ने बहस सुरू भएको छ । 

वितरक करण श्रेष्ठ नयाँ वर्ष नेपाली फिल्मका लागि शुभ भए पनि भीडभाडले राम्रो सङ्केत गरेको छैन । “एकआपसमा भिड्नु राम्रो होइन । सरोकारवाला संस्थाले यहाँ भूमिका खेल्नु आवश्यक छ”, वितरक श्रेष्ठले भन्नुभयो, “दर्शकको आकर्षणमा परे अन्य समयमा पनि ऐतिहासिक व्यापार फिल्मले गरेका छन् । उदाहरणका रूपमा कबड्डी ३ र ४ लाई लिन सकिन्छ ।” 

वितरक श्रेष्ठले भने झैँ कबड्डी को तेस्रो शृङ्खला सोह्र श्राद्धमा र चौथो शृङ्खला जेठमा प्रदर्शन भएका थिए । विगत केही वर्ष अगाडि फर्किने हो भने तीज, दसैँ, तिहारसमेतमा राम्रो व्यवसाय गरेको पाइन्छ । “अन्य समय फिल्म नचलेको भएकाले पनि निर्माता निर्देशकले नयाँ वर्षमा फिल्म थुपारेका हुन्”, फिल्म निर्माता, प्रदर्शक छविराज ओझाले भन्नुभयो ।

नयाँ वर्षमा दर्शक मनोरञ्जन खोज्दै हलसम्म पुग्छन् भन्ने विश्वास निर्माता, निर्देशकमा देखिन्छ । वितरक तथा प्रदर्शक गोपाल कायस्थ प्रदर्शनको मितिभन्दा पनि कन्टेन्टमा ध्यान दिन निर्माता तथा निर्देशकलाई सल्लाह दिनुहुन्छ । “दर्शक हलसम्म आउने मिति मात्र नभई हलसम्म तान्ने फिल्म बनाउन सक्नुपर्छ”, वितरक कायस्थले भन्नुभयो । 

नयाँ वर्षमा प्रदर्शन तय भएको फिल्म ‘बिहे पास’ का निर्मातासँगै वितरकसमेत रहेका रोहित कट्टेलले खाली मितिमा प्रदर्शन घोषणा गरिएको बताउनुभयो । “मैले कसैसँग भिडन्त गरेको होइन । खाली मितिमा अहिले चार फिल्म घोषणा भइसकेको छ । यसले राम्रो नतिजा दिँदैन”, उहाँले भन्नुभयो । 
 

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

  • नेपालमत

    दर्शकको रोजाइमा हाँस्यविधाका चलचित्र

    काठमाडौं- हास्यव्यङ्ग्य विधालाई प्राथमिकता दिइएको नेपाली चलचित्रका चल्ने गरेको छन् । यो वर्ष सर्वाधिक कमाइ गर्ने तीन चलचित्र ‘कबड्डी ४’, ‘छक्का पञ्जा ४’ र ‘महापुरुष’...

  • नेपालमत

    अवार्डमा अब्बल ‘ऐना झ्यालको पुतली’

    काठमाडौं- चलचित्र ‘ऐना झ्यालको पुतली’ अवार्डमा अब्बल सावित भइरहेको छ ।  राष्ट्रिय तथा अन्तर्राष्ट्रियरूपमा चलचित्रले सहभागी भएको अवार्डमा आफूलाई प्रमाणित गर्दै विधागत विजेता बनिरहेको छ । हालै...

  • नेपालमत

    तीन सातामा ७ चलचित्र प्रदर्शनमा आउने

    काठमाडौं-  चैत लागेदेखि नै नेपाली चलचित्र प्रदर्शन भएको छैन । दुई साता खाली रहे पनि बाँकी तीन सातामा भने सात चलचित्र प्रदर्शन हुँदैछन् । वैशाखलाई...

  • नेपालमत

    निजामती कर्मचारीको प्रतिभा देखाउन ‘प्रतिभा डबली’ हुँदै

    काठमाडौं - संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघ, प्रदेश र स्थानीय तहमा कार्यरत निजामती कर्मचारीको प्रतिभा प्रस्फुटन गर्न 'प्रतिभा डबली' कार्यक्रम सञ्चालन गर्ने भएको...

  • नेपालमत

    चलचित्रमा पात्रलाई पहिचान बनाएका विपिन

    काठमाडौं- नेपाली चलचित्रमा नाम भन्दा पनि निर्वाह गरेको भूमिकामार्फत चिनिने अभिनेता मध्येका एक हुनुहुन्छ, विपिन कार्की । ‘लूट’, ‘छड्के’, ‘पशुपति प्रसाद’, ‘नाका’, ‘हरि’लगायत चलचित्रमा निर्वाह गर्नुभएको...

© 2023 कृष्णसार मल्टिमिडिया. All Rights Reserved