काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर मोहम्मद आदिल आलमले नेपाल टी-२० लिगमा म्याच फिक्सरको प्रस्तावअनुसार बलिङ गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले मंगलबार पत्रकार सम्मेलन आयोजना गर्दै लिगमा भएको स्पट फिक्सिङ र लाइभ बेटिङबारे जानकारी दिएको हो ।
सीआईबीले पूर्वराष्ट्रिय क्रिकेट खेलाडीसमेत रहेका महबुब आलमले कम्तीमा २ जना नेपाली खेलाडीलाई आर्थिक प्रलोभन देखाई स्पट फिक्सिङको प्रयास गरेको खुलेको जनाएको छ ।
यता स्पट फिक्सिङमा चार फ्रेन्चाइज टिमका व्यवस्थापनकै संलग्नता देखिएको छ । फिक्सिङमा जम्मा १० जनाको संलग्नता देखिएको सीआईबीले जनाएको छ ।
जसमा चार टिम काठमाडौं नाइट्स, बिराटनगर सुपर किंग्स, जनकपुर रोयल्स र फरवेष्ट युनाइटेडका व्यवस्थापकै संलग्नता देखिएको छ ।
फिक्सिङमा एक नेपाली र एक विदेशी गरी २ जना खेलाडी संलग्न रहेको सीआईबीको दाबी छ ।
त्यस्तै आदिललाई एउटा नोबल र एउटा वाइड बल फाल्नका लागि एप्रोच आएको सीआईबीको अनुसन्धानमा खुलेको छ । उनले खेलेका कम्तीमा २ वटा खेलमा सोही प्रकृतिको खेल देखिएको पनि सीआईबीको दाबी छ ।
प्रहरीले आलम र पूर्वराष्ट्रिय क्रिकेटर महबुब आलम ‘लाइभ बेटिङ’ र ‘स्पट फिक्सिङ’ गरेको आरोपमा सोमबार पक्राउ गरेको थियो । सीआईबीले महबुबलाई विराटनगर र आदिललाई राजविराजबाट पक्राउ गरेको हो ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
काठमाडौं - नेपाल हेरिटेज २५ किलोमिटर रेसको उपाधि केन्याका जुलियस म्युरुकी र नेपालकी सन्तोषी श्रेष्ठले जितेका छन्। २५ किलोमिटर पुरुषतर्फ केन्याका जुलियस म्युरुकीले १ घण्टा १६...
काठमाडौं - खेलकुद सम्बन्धि बहस छलफल बिरलै भइरहेका बेला आउँदो जेठ अन्तिम साता काठमाडौंमा पहिलोपटकल अन्तर्राष्ट्रियस्तरको दौड सम्मेलन हुने भएको छ । जेठ २३ गते शुक्रवार...
नेपालगन्ज - नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरी विश्व म्याराथनको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस (एम्स)को दूत नियुक्त भएका छन् । एम्सका नवनिर्वाचित अध्यक्ष...
काठमाडौँ - जारी पेरिस ओलम्पिकमा अहिलेसम्म ८० देशले पदक जितेका छन् । बुधबार सम्पन्न खेलपछि ५३ देशले स्वर्ण पदक जितेका छन् भने कुल ८० देशले पदक जितेका छन् । पदक तालिकामा अमेरिका २७ स्वर्ण, ३५ रजत र ३२ काश्य पदक जितेर शिर्ष स्थानमा रहेको छ भने चीन २५ स्वर्ण, २३ रजत र १७ काश्य पदक जितेर दोस्रो स्थानमा रहेको छ । त्यस्तै...
काठमाडौँ - अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि जितेको छ । सोमबार बिहान सम्पन्न फाइनल खेलमा कोलम्बियालाई १-० गोल अन्तरले पराजित गर्दै कोपा अमेरिकाको उपाधि जितेको हो । निर्धारित ९० मिनेटको समयमा दुवै देशले कुनै गोल गर्न नसकेपछि ३० मिनेट अतिरिक्त समय खेलाइएको थियो । खेलको ११२औ मिनेटमा लाउतारो मार्टिनेजले गरेको गोल नै खेलको निर्णयाक गोल बनेको थियो । यस खेलमा घाइते भएपछि लियोनेल...