जनकपुर- जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ८ र १३ का दुई युवकको भारतमा हत्या भएको छ ।
दुवै युवकको शव खाल्टो खनेर गाडेको अवस्थामा सीतामढी जिल्लाको बेला थाना अन्तर्गतको पर्सा गाउँमा आइतबार बिहान फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषाको सूचनाको आधारमा मृतकका परिवारका सदस्यहरु आइतबार बिहान घटनास्थल पुगेका थिए । रायका अनुसार शव जनकपुरका २२ वर्षीय रोहित साह तथा २३ वर्षीय विष्णु साहकै रहेको परिवारका सदस्यले पहिचान गरेका छन् ।
पोष्टमार्टमपछि बेलुकासम्म शव परिवारका सदस्यहरुलाई बुझाइने छ ।
रोहित र विष्णु छिमेकी अनि मिल्ने साथी थिए । पछिल्लो बुधबार (पुस २७ गते) दुवै जना रोहितको मामाघर परिहार जानका लागि घरबाट निस्केका थिए । परिहार सीतामढी जिल्लाको बेला थाना अन्तर्गतकै गाउँ हो ।
तर मामाघर पुग्नुअघि नै अज्ञात समूहले उनीहरुलाई अपहरण गरेको हुन सक्ने प्रहरीको दाबी छ । डिएसपी रायका अनुसार दुवै जनालाई केही दिनअघि नै हत्या गरेको देखिन्छ । घटना हेर्दा डोरीले घाँटी थिचेर उनीहरुको हत्या गरेको जस्तो देखिने रायले बताउनुभयो ।
दुवै जना भारत छिर्ने बित्तिकै अपहरणमा परेको परिवारको अनुमान छ । अपहरणकारीहरुले विष्णु साहका बुबा रामबाबु साहलाई फोन गरेर सुरुमा ५० लाख फिरौती मागेका थिए । मोलतोल पछि २० लाख फिरौती लिएर दुवै जनालाई मुक्त गर्ने सहमति भएको थियो ।
अपहरणकारीहरुले विष्णुका बुबालाई घरि सीमावर्ती कुनै गाउँ त घरि सर्लाहीको मलंगवा बोलाउने गरेका थिए । तर उनीहरुले न फिरौतीको रकम लिए न त दुवै जनालाई मुक्त नै गरे ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
सप्तरी- भाउजूको हत्या आरोपमा सप्तरीको छिन्नमस्ता गाउँपालिका–१ बरहीवीरपुरका विद्यानन्द राय उनका भाइ शिवानन्द रायलाई सोमबार जन्मकैद सजायको सजायँ सुनाइएको छ । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले...
काठमाडौं- यौनशोषण गरेको अभियोग लागेका मनोज पाण्डेलाई मानव बेचबिखन मुद्दामा काठमाडौं जिल्ला अदालतले ७ वर्ष कैद सजाय सुनाएको छ । काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक...
काठमाडौं- मानसिक अवस्था स्थीर नभएकी एक बालिकालाई एक वर्षदेखि प्रलोभनमा पारेर जबरर्जस्ती करणी गरेको अभियोग अनाथालयकै कार्यालय प्रमुख ५१ वर्षीय शङ्करबहादुरचन्द माथि अहिले लागेको छ...
तनहुँ- नाबालिका बलात्कारको अभियोगमा तनहुँ अदालतले एक अभियुक्तलाई जन्मकैदको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको इजलासले भानु नगरपालिका–१० का ७३ वर्षीय वृद्धलाई जन्मकैदको फैसला...
काठमाडौं— त्रिभुवन विमानस्थलबाट ९ केजी सुनसहित एक विदेशी नागरिक पक्राउ परेका छन् । युएई मूलका क्यानडेली नागरिक मोहमद कमल मोहगोबलाई बुधबार राति विमानस्थल भन्सार कार्यालयले पक्राउ...