काठमाडौं- नेपाली चलचित्र ‘छड्के २’को एक गीतमा (यापर भिटेनले स्वर दिने भएका छन् ।
गीतमा शब्द तथा सङ्गीत पनि भिटेन आफैको रहेको छ । कथा सुहाउँदो भएकै कारण आफूहरूले भिटेनको गीत चलचित्रमा समावेश गरेको निर्माता प्रशान्त गिरीले बताए ।
अनमोल केसीको मुख्य भूमिका रहेको चलचित्र ग्याङस्टार जनरामा निर्माण भएको छ । चलचित्रमा अनमोलको भिन्न लुक्स देख्न सकिन्छ । निगम श्रेष्ठको लेखन तथा निर्देशनमा निर्माण भएको चलचित्रमा रोविन तामाङ, कमलमणि नेपाल, सिर्जना सुब्बा, रेशा आलेमगर मुख्य भूमिकामा रहेका छन् ।
चलचित्रको निर्मातामा प्रशान्त गिरी र देवकुमार श्रेष्ठ रहनुभएको छ । कार्यकारी निर्मातामा निर्भाना फिल्म स्कुल र लक्ष्मण काफ्ले रहेका छन् ।
फिल्म फागुन १९ बाट प्रदर्शनमा आउने तयारीमा रहेको छ ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
काठमाडौं- अभिनेत्री करिश्मा मानन्धरले डिल्लीराम खनालविरुद्ध साइबर ब्युरोमा उजुरी दिनुभएको छ । अभिनेत्री मानन्धरले आफ्नो मानमर्दन हुने गरी युट्युबमा अन्तर्वार्ता दिएको भन्दै खनालविरुद्ध उजुरी दिनुभएको हो...
काठमाडौं- नारीप्रधान चलचित्र ‘बुलाकी’ नयाँ वर्ष अर्थात् वैशाख १ गते प्रदर्शन हुने भएको छ। लक्ष्मण सुनार निर्देशित चलचित्रका निर्माता टोपेन्द्र विष्टले सामाजिक सञ्जालमार्फत चलचित्रको नयाँ पोस्टरसहित...
काठमाडौं- नेपाली फिल्म प्रदर्शनका लागि नयाँ वर्षको मिति राम्रो मानिन्छ । यो समयमा प्रदर्शन भएका फिल्मले राम्रो व्यापार गरेका छन् । यही कारण यो मितिमा...
सरकारी जागिरलाई बिट मारेपनि कृष्ण बानियाँ लेखनबाट भने निवृत्त हुनुभएको छैन । ‘विसङ्गत अभिरुचि’ उहाँको पछिल्लो संस्मरण कृति हो । सरकारी सेवाको लामो यात्रामा झेल्नुपरेका सास्ती...
पर्वत- पर्वतको आर्थिक तथा पर्यटकीय क्षेत्रको विकासका लागि गत माघ ११ गते देखि सदरमुकाम कुश्माबजारमा सातौँ महोत्सव जारी रहेको छ । महोत्सवमा विश्वकै अग्लो बञ्जीजम्प, जिपफ्लाइङ,...