काठमाडौं- नेपाली चलचित्रसँग सम्बन्धित सङ्घसंस्थामा चुनावी रौनक सुरू भएको छ ।
चलचित्र कलाकार सङ्घ, नेपाल चलचित्र निर्देशक समाज, नेपाल चलचित्र प्राविधिक सङ्घ र चलचित्र पत्रकार सङ्घ नेपालले चुनावी मिति तय गरेसँगै नयाँ नेतृत्वका लागि दौडधुप सुरू भएको छ ।
आगामी फागुन ११ गते साधारणसभासँगै चुनावी सभा तोकेको नेपाल चलचित्र प्राविधिक सङ्घमा नयाँ नेतृत्व कसले लिने भन्ने छलफलले तीव्रता पाएको छ । “प्राविधिकको समस्यालाई बुझ्ने नेतृत्व सङ्घमा आउँछ । हाम्रो संख्या बढेसँगै यसलाई व्यवस्थित र मर्यादित गर्न लागिपरेका छौँ”, प्राविधिक शङ्कर पाण्डे भन्नुहुन्छ, “संस्थालाई बलियो बनाउन सम्पूर्ण प्राविधिक एक ढिक्का भएर अगाडि बढ्नुको विकल्प छैन ।”
यस्तै नेपाल चलचित्र निर्देशक समाज फागुनको अन्तिम साता साधारणसभा र नयाँ नेतृत्व चयन गर्ने तयारीमा छ । “हामी छिट्टै मिति घोषणा गर्दैछौँ”, समाजका महासचिव जनकदीप पराजुलीले भन्नुभयो, “हामीले केही योजना बनाएका छौँ । सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास हुनेछ ।”
नेपाल चलचित्र कलाकार सङ्घले आगामी चैत ४ गते नयाँ कार्यसमिति चयन गर्दैछ । सङ्घका प्रवक्ता मोहन निरौलाले सदस्यता नवीकरणसँगै अन्य तयारी भइरहेको जानकारी दिनुभयो । “नयाँसँगै पुरानो कलाकारको समस्यालाई पहिचान गरी जोड्न सक्ने नेतृत्व आउन आवश्यक छ”, उहाँले भन्नुभयो ।
नेपाल पत्रकार महासङ्घको एसोेसिएट संस्था चलचित्र पत्रकार सङ्घ नेपालको फागुन १७ गते नवौँ महाधिवेशन हुँदैछ । अध्यक्ष दिनेश सिटौलाले अहिले शाखा अधिवेशन भइरहेको जानकारी दिनुभयो । “विधागत पत्रकारितालाई काठमाडौँसँगै मोफसलमा बढाउन हामी तत्पर छौँ । हामीले शाखामार्फत विधागत पत्रकारितालाई प्रोत्साहन गरिरहेका छौँ”, उहाँले भन्नुभयो । नेपाल चलचित्र निर्माता सङ्घ र नेपाल चलचित्र सङ्घको निर्वाचन केही समय अगाडि मात्र सम्पन्न भएको थियो ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
काठमाडौं - चलचित्र विकास बोर्डले धेरै कमाउने २५ नेपाली फिल्मका निर्मातालाई सम्मान गरेको छ। बाेर्डले स्थापनाकाे २५ वर्षमा देशभित्र धेरै कमाउने फिल्मका निर्माताहरूलाई बिशेष कार्यक्रम गरी सम्मान गरेको हो। स्थापनाको...
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को छैठौं च्याप्टर सम्मेलन ११ बुँदे घोषणापत्र जारी गर्दै सकिएको छ । तीन दिनसम्म चलेको सम्मेलनको पहिलो दिनमा उद्घाटन सत्र राखिएको...
सुमधुर नयाँ गीत ‘तारा जुनैले’ सार्वजनिक भएको छ । प्रेम, आशा र वियोगको त्रिकोणात्मक भाव बोकेको यो गीतमा गायक ईश्वर सिंह र गायिका रितु कँडेलको...
काठमाडौं - सङ्गीतकार संघ नेपालको १३औं वार्षिक साधारणसभा तथा सातौं अधिवेशनबाट अष्ट लामाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । चेतन सापकोटाको नेतृत्वमा रहेको संघको कार्यसमितिलाई...
संसारको सबैभन्दा महँगो शो कुन हो र यसलाई बनाउन कति पैसा खर्च भयो वा हुनेछ भन्ने अनुमान लगाउन सक्नुहुन्छ ? यदि तपाईं २००–४०० करोड सोच्दै हुनुहुन्छ...