काठमाडौं- फ्राइडे फिल्मअन्तर्गत ‘चि मुसी चिः इभन डेड डिजायर बिलोङ्गिङ’ प्रदर्शनमा आएको छ ।
हरर जनराको फिल्मले नेपाली बजारमा पाइरहेको दर्शक बढाउने विश्वास निर्माण टिममा छ । मर्ण जेम्स र यश साइनीको निर्देशनमा तयार फिल्मले हरर कन्टेनमा उठने प्रश्नको जवाफ दिने बताइको छ ।
“हरर फिल्ममा दर्शकले हेर्दै गर्दा थ्रिल पैदा गर्न सकेको टेक्निक अपनाएका छौँ । यसले हलसम्म पुग्ने दर्शकलाई रेगुलरभन्दा फरकपन पक्कै दिनेछ”, निर्देशक जेम्सले भन्नुभयो । प्रियङ्का कार्की, ऋचा शर्मा, आयुषमान देशराज जोशी, बेनिसा हमाल, रवीन्द्र झालगायतले अभिनय गर्नुभएको छ । “मैले सुनकेशरी नामक हरर फिल्म बनाए । यद्दपि बनाउन चाहेको भने यस्तो थियो । डेब्यु निर्देशकले निकै राम्रो काम गरेका छन्”, अभिनेत्री ऋचा शर्माले भन्नुभयो ।
अभिनेत्री हमालले यस अगाडि ‘घर’ नामक फिल्ममा काम गर्नुभएको छ । “निर्देशकले फिल्मलाई राम्रो बनाउन कुनै सम्झौता गरेका छैनन् । मैले पनि पाएको भूमिकालाई न्याय गरेकी छु”, अभिनेत्री हमालले भन्नुभयो ।
अभिनेत्री हमालझैँ अभिनेत्री शर्माले ‘सुनकेशरी’ र अभिनेत्री कार्कीले ‘आवरण’, ‘माला’लगायतका हरर फिल्ममा काम गर्नुभएको छ । निर्देशकद्वयकै लेखन रहेको फिल्ममा सुशन प्रजापतिको छायाङ्कन, निर्देशक साइनीको सम्पादन रहेको छ ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
काठमाडौं- अभिनेत्री करिश्मा मानन्धरले डिल्लीराम खनालविरुद्ध साइबर ब्युरोमा उजुरी दिनुभएको छ । अभिनेत्री मानन्धरले आफ्नो मानमर्दन हुने गरी युट्युबमा अन्तर्वार्ता दिएको भन्दै खनालविरुद्ध उजुरी दिनुभएको हो...
काठमाडौं- नारीप्रधान चलचित्र ‘बुलाकी’ नयाँ वर्ष अर्थात् वैशाख १ गते प्रदर्शन हुने भएको छ। लक्ष्मण सुनार निर्देशित चलचित्रका निर्माता टोपेन्द्र विष्टले सामाजिक सञ्जालमार्फत चलचित्रको नयाँ पोस्टरसहित...
काठमाडौं- नेपाली फिल्म प्रदर्शनका लागि नयाँ वर्षको मिति राम्रो मानिन्छ । यो समयमा प्रदर्शन भएका फिल्मले राम्रो व्यापार गरेका छन् । यही कारण यो मितिमा...
सरकारी जागिरलाई बिट मारेपनि कृष्ण बानियाँ लेखनबाट भने निवृत्त हुनुभएको छैन । ‘विसङ्गत अभिरुचि’ उहाँको पछिल्लो संस्मरण कृति हो । सरकारी सेवाको लामो यात्रामा झेल्नुपरेका सास्ती...
पर्वत- पर्वतको आर्थिक तथा पर्यटकीय क्षेत्रको विकासका लागि गत माघ ११ गते देखि सदरमुकाम कुश्माबजारमा सातौँ महोत्सव जारी रहेको छ । महोत्सवमा विश्वकै अग्लो बञ्जीजम्प, जिपफ्लाइङ,...