काठमाडौं- फिल्म ‘छक्का पञ्जा ४’ को डिजिटल राइट ओएसआरले किनेको छ ।
ओएसआर डिजिटल र फिल्मका निर्माता तथा अभिनेता दीपकराज गिरिबीच कागजी सम्झौता भएको छ ।
ओएसआरका सन्चालक ओमप्रकाश अग्रवालका अनुसार ‘छक्का पञ्जा ४’ को ब्रान्ड भ्यालु अनुसार राम्रै मूल्यमा डिजिटल राइट ओएसआर डिजिटलले लिएको हो । आमा सरस्वती मुभिजको ब्यानरमा निर्माण भएको फिल्ममा हेमराज बिसीको निर्देशन छ ।
आगामी फागुन १९ गतेबाट देशभर प्रदर्शनमा आउने फिल्ममा दीपकराज गिरी, दीपाश्री निरौला, केदारप्रसाद घिमिरे ‘माग्ने बुढा’, बेनिशा हमाल, मलिना जोशी, नीर शाह, राज घिमिरे, निर्मल शर्मा, रमेश बुढाथोकी, सुवास गजुरेललगायत कलाकारहरूको अभिनय रहेको छ ।
दीपक–दीपा प्रस्तुतकर्ता रहेको फिल्ममा कार्यकारी निर्माता केदारप्रसाद घिमिरे र निर्मल शर्मा रहेका छन् । फिल्मका छायांकार नरेन्द्र मैनाली हुन् ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
काठमाडौं - चलचित्र विकास बोर्डले धेरै कमाउने २५ नेपाली फिल्मका निर्मातालाई सम्मान गरेको छ। बाेर्डले स्थापनाकाे २५ वर्षमा देशभित्र धेरै कमाउने फिल्मका निर्माताहरूलाई बिशेष कार्यक्रम गरी सम्मान गरेको हो। स्थापनाको...
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को छैठौं च्याप्टर सम्मेलन ११ बुँदे घोषणापत्र जारी गर्दै सकिएको छ । तीन दिनसम्म चलेको सम्मेलनको पहिलो दिनमा उद्घाटन सत्र राखिएको...
सुमधुर नयाँ गीत ‘तारा जुनैले’ सार्वजनिक भएको छ । प्रेम, आशा र वियोगको त्रिकोणात्मक भाव बोकेको यो गीतमा गायक ईश्वर सिंह र गायिका रितु कँडेलको...
काठमाडौं - सङ्गीतकार संघ नेपालको १३औं वार्षिक साधारणसभा तथा सातौं अधिवेशनबाट अष्ट लामाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । चेतन सापकोटाको नेतृत्वमा रहेको संघको कार्यसमितिलाई...
संसारको सबैभन्दा महँगो शो कुन हो र यसलाई बनाउन कति पैसा खर्च भयो वा हुनेछ भन्ने अनुमान लगाउन सक्नुहुन्छ ? यदि तपाईं २००–४०० करोड सोच्दै हुनुहुन्छ...