काठमाडौं- गत कात्तिक ११ गतेबाट प्रदर्शनरत फिल्म ‘महापुरुष’ चौथो सातामा प्रवेश गरेको छ । चौथो सातमा प्रवेश गर्दासमेत फिल्मले मल्टिप्लेक्समा दर्शकको राम्रो साथ पाइरहेको छ ।
दिवा तथा रात्री शोहरूमा शतप्रतिशत अकुपेन्सी पाइरहेको फिल्मको शोमा समेत कटौती भएको छैन । दर्शकको छाप यथावत रहेकै कारण मल्टिप्लेक्समा फिल्मको शो घट्न पाएको छैन । फिल्म हेर्ने आइपुगेका दर्शक सन्तुष्ट भएको प्रतिक्रिया पाउँदा कलाकारसमेत रहेका कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँ दंग हुनुहुन्छ ।
फिल्म हेर्न परिवार नै आउने गरेको हुँदा बिदामा झनै शो बढ्ने लेखक तथा निर्देशक प्रदीप भट्टराईले बताउनु भयो । ‘शुक्रबार र शनिबार पाएको शोमा दर्शकको चाप बढ्दो छ । परिवार नै दर्शक बनेर आउने हुँदा प्रायः दिउसो र रात्री शोहरू हाउसफुल भइरहेका छन् । फिल्म हेरेर निस्किँदा दर्शकमा देखिएको सन्तुष्टि नै हाम्रो सफलता हो’, निर्देशक भट्टराईले भन्नुभयो ।
फिल्म युरोपमा २० नोभेम्बरबाट प्रदर्शन हुँदैछ । अन्य देशमा समेत तयारी छ । ‘फिल्मले पाइरहेको प्रतिक्रियाले विदेशमा डिमान्ड बढ्दो छ’, निर्माता दीपेश खत्रीले बताउनु भयो । फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, गौरी मल्ल, राजाराम पौडेल, रवीन्द्रसिंह बानियाँ, शिरू विष्टसँगै नवप्रस्तुतिमा अरुण क्षेत्री र अञ्जना बराईली मुख्य भूमिकामा छन् ।
फिल्ममा एक्लोपनको कथा देखाइएको छ । आदर्शनगरमा बसोबस गर्ने अवकाशप्राप्त शिक्षकमार्फत पिता र एलक पुरुषसँगै एक्लोपन कथा फिल्ममा देखाइएको छ । भविष्य निर्माण गर्न अलग भइसकेको छोरा, सपना बोकेर अस्ट्रेलिया जान लागेको छोरा र एक्लोपनमा रहेका शिक्षकमार्फत समाजको गम्भीर विषयलाई सरल रूपमा प्रस्तुत गरिएको छ ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
काठमाडौं- अभिनेत्री करिश्मा मानन्धरले डिल्लीराम खनालविरुद्ध साइबर ब्युरोमा उजुरी दिनुभएको छ । अभिनेत्री मानन्धरले आफ्नो मानमर्दन हुने गरी युट्युबमा अन्तर्वार्ता दिएको भन्दै खनालविरुद्ध उजुरी दिनुभएको हो...
काठमाडौं- नारीप्रधान चलचित्र ‘बुलाकी’ नयाँ वर्ष अर्थात् वैशाख १ गते प्रदर्शन हुने भएको छ। लक्ष्मण सुनार निर्देशित चलचित्रका निर्माता टोपेन्द्र विष्टले सामाजिक सञ्जालमार्फत चलचित्रको नयाँ पोस्टरसहित...
काठमाडौं- नेपाली फिल्म प्रदर्शनका लागि नयाँ वर्षको मिति राम्रो मानिन्छ । यो समयमा प्रदर्शन भएका फिल्मले राम्रो व्यापार गरेका छन् । यही कारण यो मितिमा...
सरकारी जागिरलाई बिट मारेपनि कृष्ण बानियाँ लेखनबाट भने निवृत्त हुनुभएको छैन । ‘विसङ्गत अभिरुचि’ उहाँको पछिल्लो संस्मरण कृति हो । सरकारी सेवाको लामो यात्रामा झेल्नुपरेका सास्ती...
पर्वत- पर्वतको आर्थिक तथा पर्यटकीय क्षेत्रको विकासका लागि गत माघ ११ गते देखि सदरमुकाम कुश्माबजारमा सातौँ महोत्सव जारी रहेको छ । महोत्सवमा विश्वकै अग्लो बञ्जीजम्प, जिपफ्लाइङ,...