काठमाडौं- लाल मोहम्मद हत्यामा संलग्न आशंकामा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।
पक्राउ परेकामध्ये २ पुरुष र एक महिला रहेका छन् ।
गोठाटारमा असोज ३ मा लाल मोहम्मदलाई गोली हान्ने सुटर सहित ३ जनालाई पक्राउ गरिएको हो ।
घटनाबारे अनुसन्धान गर्न एसएसपी जनक भट्टराईको नेतृत्वमा समिति गठन गरिएको थियो ।
आरोपीहरु पक्राउबारे जानकारी दिन जिल्ला प्रहरी परिसर काठमाडौंले शुक्रबार पत्रकार सम्मेलन गर्ने भएको छ ।
यता पक्राउ परेका तीन जना हतियार व्यवस्थापक रहेको प्रहरीले जनाएको छ । प्रहरी अधिकृतका अनुसार उनीहरु तिनै जनाले मोहम्मदको हत्याको लागि हतियार व्यवस्थापनमा सघाएका थिए ।
ती महिला यसअघि लागूऔषध सम्बन्धी मुद्दामा जेलसमेत बसेको प्रहरीको भनाइ छ ।
यही असोज ४ गते बेलुकी मोटरसाइकलमा आएका तीन व्यक्तिमध्ये एकले मोहम्मदलाई गोठाटारको एक गार्मेन्ट फ्याक्ट्री अगाडि गोली हानेर हत्या गरेका थिए ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
काठमाडौं - होटलमा बोलाएर गोप्य तस्बिर र भिडियो खिच्ने अनि त्यसैलाई हतियार बनाएर लाखौं रुपैयाँ असुल्ने योजनामा संलग्न दुई युवतीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले प्रहरीले...
काठमाडौं - अछामका दुई किशोरीको शंकास्पद मृत्यु घटनामा दुई जना किशोर पक्राउ परेका छन्।आइतबार प्रहरीले ढकारी गाउँपालिकाका दुई किशोरलाई अनुसन्धानको सिलसिलामा पक्राउ गरेको हो। अछामका प्रहरी नायब उपरीक्षक...
काठमाडौं - नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई प्रहरीले पक्राउ गरेको छ। महरालाई कपिलवस्तुबाट पक्राउ गरि विमानबाट काठमाडौं ल्याएर केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)को लाजिम्पाटस्थित कार्यालयमा पुर्याइएको छ...
काठमाडौं - काठमाडौंको थापाथलीस्थित परोपकार स्त्री तथा प्रसूति रोग अस्पतालबाट बच्चा चोरेर एक महिला फरार भएको प्रहरीले जनाएको छ । शुक्रबार दिउँसो काभ्रे घर भई काठमाडौं...
तुलसीपुर - दाङमा गोली हानेर महिला प्रहरीको हत्या गरिएको छ। घोराहीको दामोदर चोकमा डिउटीमा रहेका महिला प्रहरीको गोली हानेर हत्या गरिएको हो। वडा प्रहरी कार्यालय घोराहीमा कार्यरत...