ताजा

  • आइतबार, २२ असार, २०८२
  • ०२:११:२४
  • नेपालीको अभिमत

मनोरञ्जन

रहेनन् कमेडियन राजु श्रीवास्तव

एजेन्सी

बुधबार, ५ असोज, २०७९

बलिउडका हास्यकलाकार राजु श्रीवास्तवको निधन भएको छ । उनको बुधबार बिहान नयाँ दिल्लीस्थित एम्स अस्पतालमा निधन भएको हो ।

५८ वर्षीय राजुलाई ४३ दिनअघि १० अगस्टमा हृदयाघात भएको थियो । उनी आइसीयुमा राखेको १३ दिनपछि होसमा आएका थिए । तर, झन्डै डेढ महिना अस्पतालको कोमामा बसेका उनी अन्ततः महाप्रस्थान गरेका छन् ।

लखनउको कानपुरका राजु अमिताभ बच्चनको ‘दिवार’ फिल्म हेरेपछि अभिनेता बन्न मुम्बई आएका थिए । सुरुमा अटो ड्राइभर बनेका उनले बलिउड छिर्न चार पाँच वर्ष संघर्ष गरेका थिए ।

एक दिन एकजना यात्रुले राजुलाई स्टेज परफरमेन्स गर्न सल्लाह दिएपछि उनले स्टेज शो गरेका थिए । जसमा उनलाई सुरुमा ५० रुपैयाँ पारिश्रमिक दिइएको थियो । पछि उनले लगातार कमेडी स्टेज शो गरे र सबैको लोकप्रिय बने ।

उनको कमेडी शो भारतको सबैभन्दा चर्चित कार्यक्रम हो । उनले मैने प्यार किया, बाजीगर, वाह तेरे क्या कहेना, बाम्बे टु गोवा, आम्दानी अठनी खर्च रुपैयाँ, मै प्रेम की दिवानी हुँ जस्ता चर्चित फिल्ममा अभिनय गरेका थिए ।

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2025 कृष्णसार मल्टिमिडिया. All Rights Reserved