महामारी जुन वेला, जहाँ पनि आउन सक्छ । कोभिड–१९ को महामारीले थला परेका हामी उँभो लाग्ने प्रयासमा छौं । कोरोना महामारीबाट नेपालमा मात्रै हजरौंको ज्यान गयो । कसैको जागिर गयो, कतिपयको व्यापार–व्यवसाय धरापमा पर्यो । यसको असर चारैतिर परेको छ ।
हाम्रो समुदायलाई वेला मौकामा विभिन्न किसिमका महामारीले सताउँदै आएको छ । झाडापखाला, हैजा लगायतका जोखिम आउने गरेका छन् । त्यस्तै जस्तो अहिले डेंगीको त्रास फैलिएको छ । लामखुट्टेले टोक्ने बित्तिकै कतै डेंगी पो भइहाल्छ कि भन्ने मनोविज्ञान हरेक मान्छेमा परेको छ । कुनै पनि रोगले लहरको रूप लिंदा जो कोही मानिस दुःखी हुनु, चिन्ता लाग्नु, डराएको महसूस हुनु, रिसाउनु, निन्द्रा नलाग्नु सामान्य कुरा हो । यद्यपि; सामान्य कुरा हो भन्दाभन्दै कहिलेकाहीं यसले जीवनमा नकारात्मक असर पार्दछ । यस्तो वेला हुने यस्ता समस्या हल गर्न स्वयं व्यक्ति र परिवारको ठूलो जिम्मेवारी रहन्छ ।
सबैभन्दा पहिले त स्वयं व्यक्तिले नै आफूलाई कुनै त्यस्तो महसूस भइरहेको छ भने त्यस बारेमा आफन्त वा साथीभाइसँग सहयोग माग्नु पर्छ । मनका कुरा परिवारसँग पोख्नुपर्छ । जब कसैले म डराइरहेको छु, म दुःखी छु, मलाई आत्महत्याको सोच आउँछ भन्छ भने त्यस कुरालाई गम्भीर रूपमा लिनुपर्छ । यस्तो वेला परिवार, आफन्तले समय दिएर उसको कुरा सुनिदिनुपर्छ ।
कहिलेकाहीं हामी कुरा सुन्नुभन्दा बढी हत्त न पत्त सुझाव दिन थाल्छौं । यो राम्रो होइन । हरेक व्यक्तिमा आफूलाई आइपर्ने तनावलाई व्यवस्थापन गर्न सक्ने क्षमता हुन्छ ।
कहिलेकाहीं हामी कुरा सुन्नुभन्दा बढी हत्त न पत्त सुझाव दिन थाल्छौं । यो राम्रो होइन । हरेक व्यक्तिमा आफूलाई आइपर्ने तनावलाई व्यवस्थापन गर्न सक्ने क्षमता हुन्छ । मात्र के हो भने– कहिलेकाहीं तलमाथि भएको वेलामा राम्रोसँग उसका कुरा सुनिदिने, सहयोगको लागि उपलब्ध भइदिने, दयालु, मायालु भावनाहरू प्रकट गरिदिने र सक्दो मद्दत गरिदिने हो भने यस्ता मान्छेको लागि सजिलो हुन्छ ।
कोभिड–१९ को समयमा यस्तो समस्या धेरै आयो । संक्रमित भएकाहरूमध्ये कसैले अस्पतालमा कसैले घरमा आत्महत्या गरेको खबर सुन्नमा आए । यस्तो नहुनका लागि माथि उल्लेख गरिए जस्तो वातावरण सृजना गरिएमा धेरै हदसम्म कम हुन सक्छ ।
अहिले डेंगीका कारण नागरिक उत्तिकै त्रसित देखिन्छन् । विभिन्न सञ्चारमाध्यम, सामाजिक सञ्जालमा डेंगीको संक्रमण बढेको खबर आइरहेका छन् । यी कुरा सबैले हेरिरहेका हुन्छन् । यस्तो वेला मलाई भइहाल्यो भने के गर्ने भन्ने खालको डर मानिसमा पैदा हुन सक्छ ।
यस्तो अवस्थामा हामीले सकारात्मक विचारले भरिदिन सक्छौं । जस्तै; एक सय जनालाई डेंगी संक्रमण हुँदा धेरैजसोलाई केही पनि नभइ निको हुन्छ भन्ने जस्ता कुरा भनिदिन सक्छौं । त्यस्तै; संक्रमितलाई स्वस्थ खानपानको लागि मद्दत गरिदिने, सहयोगको लागि तयार छौं भनेर विश्वस्त पार्ने, संक्रमितको भावना सुनिदिने गर्यो भने उहाँहरूमा हौसला प्राप्त हुन्छ ।
यस्तै; हाम्रो समाजमा मनोसामाजिक अपाङ्गता भएका व्यक्तिहरू पनि हुनुहुन्छ । यस्तो अवस्थामा उहाँहरूलाई बिर्सनु अत्यन्तै जोखिमपूर्ण हो । मनोसामाजिक समस्या भएका, मानसिक स्वास्थ्य समस्या भएकाहरूलाई अरूलाई भन्दा बढी शारीरिक समस्या हुने भएकाले यो अत्यन्तै जोखिमपूर्ण वर्ग हो । त्यसैले; महामारीको वेलामा समाजमा, परिवारमा पहिलैदेखि मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिहरू हुनुहुन्छ भने उहाँहरूलाई विशेष ध्यान दिनुपर्छ ।
स्वास्थ्यकर्मीको भूमिका
यसै पनि स्वास्थ्यकर्मीकोे जिम्मेवारी ठूलो हुन्छ । अझ महामारीको समयमा त मनोवैज्ञानिक त्रासलाई कम गर्न झन् ठूलो भूमिका रहन्छ । यस्तो समयमा एकातिर स्वास्थ्यकर्मीहरू अरू वेलाभन्दा धेरै खटिनुपर्ने हुन्छ भने महामारीको भय रहने पनि भइ नै हाल्यो । यी सबै कुरालाई व्यवस्थापन गर्न सक्ने शक्ति स्वास्थ्यकर्मीले हासिल गर्न सक्नु पर्दछ । बिरामीलाई नम्र व्यवहार गर्ने, उहाँहरूको भावना सुनिदिने, सान्त्वना दिने हो भने पनि धेरै हदसम्म बिरामीको डरत्रास कम गर्न सकिन्छ ।
महामारीको समयमा स्वास्थ्यकर्मी जस्तै मिडियाको पनि ठूलो भूमिका हुन्छ । कुनै खबरलाई सकारात्मक तरिकाले प्रस्तुति दिन सकियो भने त्यसले त्रासको स्थितिलाई थोरै भए पनि मत्थर पार्न मद्दत गर्दछ ।
उपचाररत बिरामीमा मानसिक स्वास्थ्य समस्या छ कि छैन भनेर स्वास्थ्यकर्मीले विचार पुर्याउनु पर्छ । यदि कसैलाई समस्या भएको थाहा पाएमा परामर्श दिनु पर्छ । यदि धेरै समस्या छ भने मनोविद् वा मनोचिकित्सक कहाँ रिफर गर्नु पर्छ ।
सञ्चारमाध्यमको भूमिका
महामारीको समयमा स्वास्थ्यकर्मी जस्तै मिडियाको पनि ठूलो भूमिका हुन्छ । कुनै खबरलाई सकारात्मक तरिकाले प्रस्तुति दिन सकियो भने त्यसले त्रासको स्थितिलाई थोरै भए पनि मत्थर पार्न मद्दत गर्दछ । उदाहरणको लागि; आज एक सय जनामा २० जना सिकिस्त बिरामी भएको खबर छ भने ‘२० जना सिकिस्त भन्नुभन्दा सय जनामा ८० जना सामान्य लक्षण भएकाहरू निको भए भनेर प्रस्तुत गरिदिंदा मनोवैज्ञानिक असर कम गर्न सकिन्छ ।
अन्त्यमा,
स्वास्थ्यका दृष्टिले अहिले हामी विषम परिस्थितिमा गुज्रिरहेका छौं । यद्यपि; यस्तो महामारी धेरै समय रहँदैन । यसको पनि आयु हुन्छ । त्यसैले यस्तो वेला धैर्य गर्नुहोस् । एक अर्कोमा सहयोगी भावना राख्नुहोस् । मायाको भावना राख्नुहोस् । दुःखमा परेकाहरूलाई सहयोग गर्नुहोस् । सामाजिक सञ्जालमा धेरै समय नबिताउनुहोस् । नकारात्मक कुराहरूमा धेरै समय नबिताउनुहोस् । आफूलाई सुसूचित गर्दै जनस्वास्थ्यका मापदण्डहरू पूर्ण रूपमा पालना गरियो भने धेरै हदसम्म रोगबाट बच्न सकिन्छ । यति हुँदाहुँदै पनि लागिहाल्यो भने पनि आत्तिनु हुँदैन । उचित औषधोपचारबाट निको भइहालिन्छ ।
(इन्द्रसरा खड्कासँगको कुराकानीमा आधारित)
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
गैरआवासीय नेपाली संघ विश्वभर फैलिएका नेपालीहरूको साझा संस्था बन्ने उद्देश्यका साथ सन् २००३ मा स्थापित भएको हो । प्रवासी नेपालीहरुले गौरव गर्न लायक संस्थाको रुपमा...
शिक्षा र राजनीतिलाई एउटै विषयमा उल्लेख गर्नु हुँदैन । शिक्षा र राजनीति एक रथका दुई पांग्रा हुन् भन्न पनि सकिँदैन । वास्तवमा यी दुवैमा आकाश...
कहिले यस्तो Partnership देख्नु भएको छ, जहाँ ठूलो लगानीकर्ताले ३ कमाउदा सानो लगानीकर्ताले १०० कमाउने ? काठमाडौँ टावरमा काठमाडौँ महानगर ठूलो लगानीकर्ता हो । यसको पुर्ण...
खैरा छालाले अंग्रेजी वर्णमालामा लेखिएका तथ्याङ्क र त्यसका नतिजा सजिलै स्वीकार गर्ने तर आफ्नै भाषा र आफ्नै देशका लेखकहरूले लेखेका तथ्याङ्क र त्यसका नतिजाका बारेमा...
गएको हप्ता (उज्यालो अनलाइन लगायतका डिजिटल सञ्चारमाध्यमहरूले फागुन १७, २०८१ शनिबार) भारतको उत्तराखण्ड राज्यको चमोलीमा भएको हिमताल बिस्फोटको घटना र यसबाट भएको क्षतिको विवरणलाई काठमाडौंबाट...