• शुक्रबार, ७ बैशाख, २०८१
  • १९:५२:४६
  • नेपालीको अभिमत

अभिमत / अन्तर्वार्ता

'पाँच वर्षभित्र नागरिकका आधारभूत आवश्यकता पूरा गर्छु'

नेपालमत

शनिबार, १८ भदौ, २०७९

सुदूरपश्चिमको हिमाली जिल्ला दार्चुलामा रहेको अपीहिमाल गाउँपालिका विकट पालिका हो । त्यहाँ अहिलेसम्म सडक समेत पुग्न सकेको छैन । विद्युत्, सञ्चारका साधनको पनि सुविधा छैन । वैशाख ३१ गते सम्पन्न स्थानीय तह निर्वाचनमा यस पालिकाबाट नेकपा (माओवादी केन्द्र) का भगत सिंह ठेकरे (बोहरा) निर्वाचित हुनुभएको छ । प्रस्तुत छ अध्यक्ष बोहरासँग नेपालमतकर्मी इन्द्रसरा खड्काले गरेको कुराकानीः

अध्यक्षज्यू, कामको शुरूआत कसरी गर्दै हुनुहुन्छ ?

अहिले हामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम पास गरेर कार्यान्वयनतर्फ लागिरहेका छौं । पालिकाको कुन काम कसरी गर्ने र यसको लागत कति लाग्छ भन्ने विषयमा छलफल गरेर योजना बनाएका छौं । त्यही अनुसार कार्यक्रम अगाडि बढाउने क्रममा छौं । यो महिनादेखि काम शुरू हुँदैछ । यसैको लागि म अहिले काठमाडौं आएको छु ।

काठमाडौंमा के गर्दै हुनुहुन्छ ?

हाम्रो पालिका भौगोलिक रूपमा निकै विकट छ । सडक मात्र पुर्‍याउन सकियो भने सम्भावनाको ढोका खुल्छ । साथमा; विद्युत् र सञ्चार सुविधा लैजाने कसरतमा छौं । यसका लागि सम्बन्धित निकायसँग छलफल र बजेटका विषयमा कुराकानी गर्न आएको हुँ । अहिले यसैको भेटघाटमा व्यस्त छु । मैले जनताका माझ जुन प्रतिबद्धता जनाएको छु, त्यो पूरा गर्न पनि केन्द्र सरकारसँग भेटघाट गर्न अनिवार्य छ ।

हाम्रो पालिका भौगोलिक रूपमा निकै विकट छ । सडक मात्र पुर्‍याउन सकियो भने सम्भावनाको ढोका खुल्छ । यातायातको सुविधा भयो भने स्वास्थ्य, शिक्षाका कामहरू पनि सजिलै गर्न सकिन्छ । अहिले त एक टोलबाट अर्को टोलमा जानै घण्टौं लाग्छ ।

भोट माग्दा जनतालाई के प्रतिबद्धता जनाउनुभएको थियो ?

जनताले पाउनुपर्ने र स्थानीय सरकारले गर्नुपर्ने आधारभूत आवश्यकता पूरा गर्छु भनेको थिएँ । स्वास्थ्य, शिक्षा, सडक, विद्युत्, सञ्चारको सुविधा दिन्छु भनेको थिएँ । मैले नागरिकको माझ भने अनुसार मेरो कार्यकालभित्र यी आधारभूत आवश्यकता पूरा गर्नै पर्छ । नीति तथा कार्यक्रम पनि यही अनुसार ल्याएका छौं ।

यी विषयमा यो भन्दा पहिलेको नेतृत्वले पनि केही गरेको थियो होला नि ? तिनै कार्यक्रमलाई निरन्तरता दिंदा हुँदैन ?

हाम्रो पालिकाको पहिलो आधारभूत आवश्यकता सडक हो । तर, अघिल्लो नेतृत्वबाट यो प्राथमिकतामा परेन । त्यस्तै; कृषि, पर्यटन क्षेत्रको विकास जस्ता कुराहरू पनि प्राथकिकतामा परेको पाइएन । पर्यटन क्षेत्रको विकासका हकमा केही बाटोघाटो बनाउन शुरूआत गरेको भए पनि जसरी प्राथमिकतामा राख्नुपथ्र्यो त्यस्तो भएन । अहिले हामीले यी कामलाई प्राथमिकतामा राखेका छौं । यसैलाई रोडम्याप मानेर अगाडि बढ्ने योजनामा छौं ।

तत्कालै गर्नुपर्ने कामहरू के के छन् ?

सबैभन्दा पहिले गाउँमा सडक पुग्यो भने बाँकी कुरा कसरी गर्ने भन्नेबारे विचार गर्न सकिन्छ । यातायातको सुविधा भयो भने स्वास्थ्य, शिक्षाका कामहरू पनि सजिलै गर्न सकिन्छ । अहिले त एक टोलबाट अर्को टोलमा जानै घण्टौं लाग्छ । विद्यालय पुग्न विद्यार्थीले उत्तिकै हिंड्नुपर्छ । त्यसैले, दुई वर्षभित्र पालिकामा मोटरबाटो पुर्‍याउनुपर्छ भनेर लागेका छौं । यसका लागि संघीय सरकारसँग पनि कुरा राखेको छु । पाँच वर्षभित्र प्रत्येक वडा कार्यालयसम्म सडक पुर्‍याउने लक्ष्य राखेका छौं । यति मात्र गर्न सकियो भने पनि जनताको एक किसिमको आधारभूत आवश्यकता पूरा हुन्छ जस्तो लाग्छ ।

शिक्षामा नयाँ ढंगले काम गर्ने सोचमा छौं । प्रविधिमैत्री शिक्षा प्रणाली लागू गर्नेतर्फ सोच्दैछौं । समय सुहाउँदो शिक्षा दिन सकियो भने मात्र यसले सही अर्थ राख्छ भन्ने मान्यता हो । त्यसैले; यसै वर्षदेखि डिजिटल शिक्षा प्रणालीलाई नमूनाको रूपमा शुरू गर्ने योजना छ ।

प्रविधिमैत्री शिक्षा प्रणाली लागू गर्नेतर्फ सोच्दैछौं । समय सुहाउँदो शिक्षा दिन सकियो भने मात्र यसले सही अर्थ राख्छ भन्ने मान्यता हो । त्यसैले; यसै वर्षदेखि डिजिटल शिक्षा प्रणालीलाई नमूनाको रूपमा शुरू गर्ने योजना छ ।

स्वास्थ्य क्षेत्रमा पनि ‘टेली हेल्थ, टेली मेडिसिन’ कार्यक्रम अगाडि बढाउने योजनामा छौं । यसका लागि मेडिकल कलेजसँग कुरा भइरहेको छ ।

सञ्चार सुविधा नै नभएको ठाउँमा यस्ता कार्यक्रम कसरी सञ्चालन गर्नुहुन्छ ?

सही कुरा गर्नु भयो । सबैभन्दा बढी समस्या भनेको इन्टरनेटको हो । टेलिकमका टावरहरू त छन् तर व्यवस्थित छैनन् । यसको समाधानका लागि टेलिकमका प्रतिनिधिसँग भेट गरेका छौं । तर, विद्युत् नहुँदा समस्या देखिएको छ ।

गाउँमा रहेका खोलाहरूबाट विद्युत् निकाल्ने परिकल्पना गर्नुभएको छैन ?

पाँच वर्षे कार्यकालभित्र सबै बस्तीलाई विद्युतीकरण गरिसक्ने मेरो प्रतबिद्धता छ । यसका लागि १००/१०० किलोवाटका दुईवटा माइक्रो हाइड्रो सञ्चालन गर्ने तयारीमा छौं । यो आर्थिक वर्षमै वडा नम्बर १ र २ को लागि सोलारको मिनिग्रेड ल्याउने योजनामा छौं । यसको लागि टेन्डर पनि आह्वान भइसकेको छ ।

यी काम गर्न समस्या त छैन नि ?

छ नि । सबैभन्दा ठूलो समस्या भनेको आर्थिक हो । हाम्रो पालिका भौगोलिक रूपमा ठूलो भए पनि जनसंख्या थोरै छ । ६१३ वर्गकिलोमिटर पालिकाको क्षेत्रफल छ भने जनसंख्या सात हजार मात्र छ । केन्द्र सरकारको अनुदान जनसंख्या हेरेर हुँदो रहेछ । जसले गर्दा हाम्रो पालिकामा कम अनुदान आउँछ ।

हाम्रो पालिका अपीनाम्पा संरक्षण क्षेत्रभित्र पर्ने भएकाले जडीबुटी संकलनबाट आउने राजस्व, प्राकृतिक स्रोतबाट आउने राजस्व संघीय सरकारले उठाउँछ । यसले पनि हामीलाई समस्या भएको छ ।

भौगोलिक रूपमा हेर्ने हो भने विकास गर्न कठिनाइ क्षेत्र हो हाम्रो । संघीय सरकारको अनुदान दिने शैली र मापदण्ड नै विभेदपूर्ण छ भन्ने हाम्रो ठहर्‍याइ हो । सडक खन्न एकदम खर्चिलो छ । ठूलठूला चट्टान छन् । सानोतिनो रकमले काम गर्नै कठिन हुन्छ । हामीसँग कर्मचारीलाई तलब र व्यवस्थापन खर्च बाहेक विकास निर्माणका लागि दुई/तीन करोड मात्र छ । यतिले हाम्रो विकास सम्भव छैन ।

पालिकाभित्र आर्थिक आम्दानीका बाटा के के छन् ?

हाम्रो पालिकाको आम्दानीको प्रमुख स्रोत भनेको जडीबुटी हो, त्यसपछि पर्यटन । यसको प्रचार प्रसार र व्यवस्थित नहुँदा यसबाट राजश्व उठाउन पनि सकिरहेका छैनौं । अहिले वार्षिक २० देखि २५ लाखसम्म राजस्व उठ्ने गरेको छ । यो भनेको धेरै कम हो । यसले हाम्रो सामान्य आधारभूत खर्च पनि धान्न सक्दैन । अब यो विषयमा पनि योजना बनाउँदैछौं । हाम्रो पालिका अपीनाम्पा संरक्षण क्षेत्रभित्र पर्ने भएकाले जडीबुटी संकलनबाट आउने राजस्व, प्राकृतिक स्रोत (गिट्टी, बालुवा आदि)बाट आउने राजस्व संघीय सरकारले उठाउँछ । यसले पनि हामीलाई समस्या भएको छ । यो राजस्व हामीले उठाउन पाउनुपर्छ भन्ने हाम्रो माग हो । यो राजस्व हामीले उठाउन पाउने हो भने पनि केही राहत हुने थियो । जनताको पैसा, जनताकै विकास निर्माणका लागि खर्च हुन्थ्यो ।

यार्चाको लागि प्रख्यात ठाउँ पनि हो नि है ?

हाम्रो पालिकाको मुख्य आर्थिक स्रोत भनेकै जडीबुटी हो । यसैबाट यहाँका नागरिकको जीविकोपार्जन भएको छ । यति हुँदाहुँदै पनि यसलाई व्यवस्थित र व्यावसायीकरण गर्न सकिएको छैन । संघीय सरकारको कार्यक्षेत्र भएकाले सबै काम उसैले गर्छ । प्राकृतिक स्रोत साधनमाथिको अधिकार सबभन्दा पहिले स्थानीयको हुनुपर्छ भन्ने हाम्रो भनाइ हो । सोही अनुसारको नीति नियम बनिनुपर्छ ।

चीनसँग सीमा जोडिएको पालिका हो यो । सीमाका कारण केही असहज त छैन नि ?

हाम्रो नाका वैधानिक छैन । तर, उरै भञ्ज्याङबाट हिंड्दै जाँदा तिब्बतको ताक्लाकोट पुगिन्छ । पहिले हामीलाई हाम्रो जिल्लाको सदरमुकाम जानुभन्दा ताक्लाकोट पुग्न सजिलो हुन्थ्यो । तर, पछिल्लो समय त्यहाँ जानेक्रम घट्दैछ । यद्यपि; परम्परागत तरिकाले व्यापार अहिले पनि भइरहेको छ । पहिले नेपालबाट कोदो, जौ, फापर लैजाने र उताबाट नुन लगायतका घरायसी सामान ल्याउने गरिन्थ्यो भने अहिले जडिबुटी लैजाने र घरायसी सामानहरू किनेर ल्याउने गरिन्छ । जौ, कोदो, फापर, आलु उत्पादनको लागि अपीहिमाल गाउँपालिका राम्रो मानिन्छ । तर, व्यावसायीकरण अहिलेसम्म भएको छैन । यसका लागि यही वर्षदेखि अर्गानिक अपीहिमाल कार्यक्रम शुरू गर्ने योजनामा छौं । जस अन्तर्गत यहाँ उत्पादन भएको खाद्यान्न संकलन गरेर प्याकिङ गरी बजारसम्म पुर्‍याउनेछौं ।

हाम्रो पालिकाको मुख्य आर्थिक स्रोत भनेकै जडीबुटी हो । यसैबाट यहाँका नागरिकको जीविकोपार्जन भएको छ । यति हुँदाहुँदै पनि यसलाई व्यवस्थित र व्यावसायीकरण गर्न सकिएको छैन ।

यसको लागि के तयारी गर्नुभएको छ ?

अहिलेसम्म यो विषयमा किसानहरूले पनि त्यति चासो राखेका छैनन् । हामीले यो कार्यक्रम शुरू गर्नेबित्तिकै किसानहरूको पनि चासो बढ्छ । यसका लागि किसानलाई बिऊको अनुदान दिने; रोग, कीराको नियन्त्रण गर्ने, मल बनाउने तालीम दिने र गोठ सुधारको कार्यक्रम गर्ने भन्ने योजना बनाइरहेका छौं ।

पाँच वर्षमा गर्ने जति पनि योजना सुनाउनुभयो तिनीहरूको कार्यान्वयनमा चुनौती छन् कि छैनन् ?

सबैभन्दा पहिले त यो यो कार्य गर्ने भनेर नागरिकलाई बुझाउन चुनौती छ । अर्को चुनौती केन्द्र सरकारले दिने अनुदानको हो । सडक नहुँदा ढुवानीदेखि लिएर विभिन्न समस्या छन् । प्रमुख समस्या यिनै हुन् ।

अन्त्यमा केही भन्नु छ ?

हाम्रो पालिका सुदूरपश्चिममा रहेको एक मात्र हिमाल अपीहिमाल भएको पालिका हो । हामीले अबको पाँच वर्षभित्र यस पालिकालाई सुदूरपश्चिमको उत्कृष्ट गन्तव्य बनाउने लक्ष्य लिएका छौं । यसो हुन सकेमा यहाँका जनताको जीविकोपार्जनमा पनि टेवा पुग्छ । प्राकृतिक सम्पदाहरूको संरक्षण हुने र आम्दानीका बाटा पनि खुल्छन् भन्ने आशा गरेका छौं । भिजिट अपीहिमाल गाउँपालिका लागू भएको छ । हाम्रो पालिकामा आएर यहाँको प्राकृतिक सुन्दरता हेरिदन सबैलाई अनुरोध गर्दछु ।

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

  • नेपालमत

    ज्योतिषीय नजरमा नयाँ वर्ष २०८१

    ज्योतिष दर्शनका आधारमा खगोलीय मण्डललाई  काल्पनिक रूपमा प्रत्येक ३० डिग्री को फरकमा पर्ने गरी १२ भागमा विभाजन गरिएको छ । यसको पूर्ण परिक्रमा ३६० डिग्री...

  • नेपालमत

    नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशा

    नेपाली कांग्रेस जनतालाई अधिकार सम्पन्न बनाउने आधुनिक इतिहासका सबै प्रमुख राजनीतिक आन्दोलन र रुपान्तरणको नेतृत्व गरेको मुलुकको प्रमुख दल हो । बीपी कोइराला, सुवर्ण शमशेर,...

  • नेपालमत

    आर्मीले भन्यो खुट्टासुट्टा भाँचिएला नि !

    १९ माघ २०६१ । रेडियोहरूका लागि समाचार र कार्यक्रम उत्पादन गर्ने संस्था ‘कम्युनिकेशन कर्नर’मा काम गर्थें । मेरो ‘डिउटी’ दिउसो दुईदेखि राति दश बजेसम्मको ‘इभिनिङ सिफ्ट’मा...

  • नेपालमत

    'प्राचीन नेपालले इतिहासको नयाँ र शानदार अध्याय लेख्‍नै बाँकी छ'

    काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो एकवर्षे कार्यकालको उपलब्धिका सारसङ्ग्रह प्रस्तुत गर्दै आगामी दिनमा कार्यशैली परिवर्तनसहित जनतामा आशा जगाउने र परिणाम दिने घोषणा गर्नुभएको छ । प्रधानमन्त्री...

  • नेपालमत

    एफएम रेडियोमा कानुनको घनचक्कर

    नेपालका एफएम रेडियोहरु कानुनी जंजालमा जेरी झैं जेलिएका छन् । ऐन नियमहरुको जालोमा छन् रेडियोहरु । स्थायी सरकार मानिने कर्मचारीतन्त्रको परम्परागत सोँचका कारण यस्तो अवस्था...

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved