पोल्टोभरि मरुवा पिन्सिन थपेर
रित्तो मन फर्केका फूलमायाहरू
चौतारीमा गुनगुनाइरहेका छन्
आफ्नै गामघरको गरिबीसित
एउटा युद्ध लड्नुपर्थ्यो
आफ्नै हिमाली शिखरतिर
एउटा उकालो चढ्नुपर्थ्यो
यी हरफ क्षेत्रप्रताप अधिकारीको लाहुरे र फूलहरू शीर्षकको कवितांश हुन् । एउटा संयोग भनौं, कुनै किताबमा यो कविता भेटिंदा नेपालमा भारतीय सेना भर्ती योजना अग्निपथको चर्चा चलिरहेको छ । अग्निपथ योजनाले लाहुरे सपना देखिरहेको युवालाई धेरथोर निराश बनाएको हुन सक्छ ।
ग्रामीण भेगका युवाहरूलाई लाहुर मिठो सपना बन्दै गएको छ । निश्चय नै लाहुर गएको मान्छे कुन वेला लडाइँमा होमिन्छ भन्ने थाहा हुँदैन । तर, हिजोको दिनको तुलनामा आज लडाईंको त्रास कम छ । विश्वयुद्धताका लाहुर गएकाभन्दा अहिलेका लाहुरेलाई सेवा सुविधा पनि धेरै छ । यही सुविधा र सुरक्षाको कारण अध्ययनमा तेज युवाहरू पनि अहिले लाहुरे बन्ने सपना देखिरहेका छन् ।
लाहुरेको कुरा गर्दा २०५४ देखि ५७ सालसम्मका घटना मेरा दिमागमा आउँछन् । यो समय मैले मेरो जिल्ला ताप्लेजुङमा बिताएँ । त्यो भन्दा अघि इटहरीमा बस्दा लाहुरेको तयारी गर्ने युवाहरू खासै भेटिंदैनथे । आधा जति समय गाउँमा र आधा जति समय जिल्ला सदरमुकाममा बित्यो । यो वेला देख्थें कि गाउँका युवालाई लाहुरे हुने सपना कति ठूलो थियो । तर उनीहरूको पढाइ यति कमजोर थियो कि लाहुर भिड्नको लागि आठ कक्षा पासको प्रमाणपत्र पनि धेरैसँग हुँदैनथ्यो । त्यहाँका तन्नेरी र पाका दुवै पुस्ताको एउटै स्वीकारोक्ति थियो कि अब लाहुर जाने काम पहिले जस्तो सजिलो छैन ।
लाहुर लाग्ने प्रक्रियाबारे जान्ने, सुन्नेले उनलाई सल्लाह दिएका रहेछन्– केही सेतो चिजले टालेर जानु थाहा पाउँदैनन् । उनले पनि कागजले टालेर गएछन्, पूरै आत्मविश्वासको साथ । तर दुर्भाग्य; जाँचकीले मुख खोल्न लगाउँदा दाँत टालेको कागज फुत्त झरेछ । अनि उनलाई सिधै रेसबाट बाहिर पठाइएछ ।
गाउँ गाउँबाट छानिएका युवाहरूको अर्काे चरणको छनोट परीक्षा जिल्ला सदरमुकामस्थित भानु जनमाध्यमिक विद्यालयको प्राङ्गणमा गरिन्थ्यो । गाउँबाट छनोट भएका युवालाई गल्ला पास भएको भनिन्थ्यो । त्यसपछिको छनोटलाई यारो सेलेक्सन भनेको सुन्थें । लाहुर मेरो चाहना नभएकोले आजसम्म पनि यी शब्दको सोधीखोजी गरेको छैन । सही उच्चारण गरिएको छ कि छैन भन्नेतिर पनि ध्यान दिएको छैन । विद्यालय अगाडि फुटबल खेल्ने मैदान थियो । त्यहींनेर छनोटको लागि आएका युवाहरूलाई कट्टु मात्र लगाएर उभ्याइन्थ्यो । कात्तिकको महिनामा हिमाली जिल्लामा विनाकपडा उभिनु उनीहरूलाई सहज थिएन ।
मैले यो दृश्य २०५६ र ५७ गरेर दुई साल देखें । ५७ सालको भने रमाइलो घटना छ । म त्यही विद्यालयमा १० कक्षाको विद्यार्थी थिएँ । दिदीसँग बसेर पढ्दै थिएँ । त्यहाँ भिनाजुको गाउँतिरको मानिस पनि यारो सेलेक्सनका लागि आएका थिए । उनी अघिल्लो साँझ लाहुरे हुने ठूलो सपना बुनिरहेका थिए । किन भने त्यो दिनको सबै परीक्षा उनले पास गरेका थिए । उनी कलरकबाट भिडेको हुनाले पनि बढी आशावादी थिए । त्यो वेला सुनेको शब्द कलरक हो तर वास्तवमा यो क्लर्क पनि हुन सक्छ । यसमा पनि खासै सोधिखोजी गरिएको छैन । यसको विस्तृत जानकारी छैन ।
सुने अनुसार कलरकबाट भिड्ने कम हुन्छन् । त्यसकारण कलरकबाट भिड्नेको सम्भावना बढी हुन्छ । उनको भनाइ अनुसार पहिलो वा दोस्रो श्रेणीमा एसएलसी पास गर्ने तथा प्रविणता पमाणपत्र तह उत्तीर्णले यसबाट भिड्न पाउँछन् । उनी आफैं भने त्यो वेला धरानको महेन्द्र बहुमुखी क्याम्पसमा स्नातक पढ्दै थिए । उनले नेपालमा भविष्य नदेखेर होला लाहुर जाने प्रयास गरेको । तर, भोलिपल्ट उनको नुर गिरेको थियो । निकै उदास थिए । उनी त्यो दिनको परीक्षामा फेल भएका थिए । लाहुर जाने सपना सदाका लागि बन्द भएको थियो । अर्काे साल भिड्नको लागि उमेर हद पार हुन्थ्यो । यही कारणले निकै उदासिएका थिए । उनी त्यो साँझ आफ्नो दाँतलाई दोष दिंदै निकैबेर भुनिभुनिए ।
अग्निपथ योजना अनुसार भर्तीमा लागेको चार वर्षपछि ७५ प्रतिशतलाई बिदा गरिनेछ । बाँकी रहेका २५ प्रतिशले मात्र पूरै कार्यकाल भारतीय सेनामा काम गरेर पेन्सन पकाउनेछन् । स्थायी नोकरी खोजिरहेका नेपाली युवाको सपनामा यसले निश्चय नै धक्का दिनेछ ।
त्यो दिनको कथा के रहेछ भने माथिल्लोपट्टिको दाँतमा प्वाल परेको रहेछ । दाँतकै कारण फेल हुन्छु कि भन्ने शंका पहिले नै थियो । तर, लाहुर लाग्ने प्रक्रियाबारे जान्ने, सुन्नेले उनलाई सल्लाह दिएका रहेछन्– केही सेतो चिजले टालेर जानु थाहा पाउँदैनन् । उनले पनि कागजले टालेर गएछन्, पूरै आत्मविश्वासको साथ । तर दुर्भाग्य; जाँचकीले मुख खोल्न लगाउँदा दाँत टालेको कागज फुत्त झरेछ । अनि उनलाई सिधै रेसबाट बाहिर पठाइएछ ।
मेरा गाउँका धेरै दाजुभाइ त लाहुर भिड्नको लागि योग्य समेत भएनन् । भएका एकाधले पनि सफलता पाउन सकेनन् । यसपाली गाउँमा एक जना भाइलाई देखें । जसलाई देख्दा म बस्ने ललितपुरको नखिपोटमा साँझ बिहान दौडने युवाहरूलाई सम्झें । ती अपरिचित किशोर र युवाहरू बढो जोशका साथ पसिना चुहाउँदै दौडिरहेका हुन्छन् । उनीहरूलाई प्राइभेट कम्पनीले लाहुर जानको लागि प्रशिक्षण दिइरहेको हुन्छ । मेरो गाउँले भाइ पनि १०/१२ वर्षअघि लाहुरे हुने सपना बोकेर तालिम लिन आएको थियो । ऊ सिंगापुर वा बेलायतको लागि छानिन सकेन । वैदेशिक रोजगारमा गएर विप्रेषण भित्र्याउन र परिवारलाई आर्थिक सहयोग गर्न भने भूमिका खेल्यो ।
मलाई लाग्छ; आजकल लाहुर लाग्न सरकारी सेवा जान खोज्नेलाई लोकसेवा पास गर्न जति नै कठिन भएको छ । अझ अहिले लाहुरे भर्तीको संख्या घटाएकोले झन् कठिन भएको छ । यसमा भारत सरकारले ल्याएको अग्निपथ योजनाले पनि नेपाली युवाको सपनामा धक्का लाग्छ नै । हुनतः यो योजना भारतीय सेनामा जान चाहने भारतीय युवाकै सपनामा धक्का लाग्नेछ । यही कारण भारतमा यसको विरोध भइरहेको छ । यो योजना अनुसार भर्तीमा लागेको चार वर्षपछि ७५ प्रतिशतलाई बिदा गरिनेछ । बाँकी रहेका २५ प्रतिशले मात्र पूरै कार्यकाल भारतीय सेनामा काम गरेर पेन्सन पकाउनेछन् । स्थायी नोकरी खोजिरहेका नेपाली युवाको सपनामा यसले निश्चय नै धक्का दिनेछ ।
लाहुरेलाई भाडाको सिपाही भन्न नपाइने गरी सन् १९४७ मा भारत, नेपाल र बेलायतबीच त्रिपक्षीय सम्झौता भएको छ । तर, सम्झौताले मात्र सबै पीडाहरू समाधान हुँदैनन् । त्यसैले हामीले क्षेत्रप्रताप अधिकारीको कविताले भने झैं बाटो खोज्नु छ । हामीले हाम्रो देशमा गरिबीको युद्ध जितेर अवसरहरू सृजना गर्नुपर्छ ।
विगतमा लाहुर जानेको कथा निकै दर्दनाक र दुःखान्त छन् । यसमा विभेदका कुरा छन् । असमानताका कुरा छन् । न्यायको निम्ति लडेका कथाहरू छन् । यतिका बाबजुद नेपाली युवाहरूको लागि लाहुर ठूलो सपना हो । लाहुरे हुनु भनेको अभावबाट मुक्ति हो । आफू र आफ्नो परिवारको आर्थिक समृद्धि हो । अनि कुनै आर्थिक तथा अवसरको असुरक्षाबाट मुक्त हुनु हो ।
लाहुरेको संख्या र उनीहरूलाई लडाइँमा पठाउने कि नपठाउने भन्ने कुरा सम्बन्धित देशले तोक्ने कुरा हो । त्यसमा लाहुरेको जीवन खोसिन सक्छ । उनीहरूको परिवार जीवनभर पीडामा बाँच्नु पर्छ । यो पीडाबाट मुक्ति पाउन आफ्नै देशमा अवसरको सृजना गर्नु पर्छ ।
लाहुरेलाई भाडाको सिपाही भन्न नपाइने गरी सन् १९४७ मा भारत, नेपाल र बेलायतबीच त्रिपक्षीय सम्झौता भएको छ । तर, सम्झौताले मात्र सबै पीडाहरू समाधान हँुदैनन् । त्यसैले हामीले क्षेत्रप्रताप अधिकारीको कविताले भने झैं बाटो खोज्नु छ । हामीले हाम्रो देशमा गरिबीको युद्ध जितेर अवसरहरू सृजना गर्नुपर्छ ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
नेपालका एफएम रेडियोहरु कानुनी जंजालमा जेरी झैं जेलिएका छन् । ऐन नियमहरुको जालोमा छन् रेडियोहरु । स्थायी सरकार मानिने कर्मचारीतन्त्रको परम्परागत सोँचका कारण यस्तो अवस्था...
अबको पाँचदिनपछि हामीले महासंघको नेतृत्व सम्हालेको ६ महिना पुरा हुँदैछ । मैले महासंघको अध्यक्षता गरिरहँदा मुलुकमा आर्थिक संकट प्रष्ट रुपमा देखिइसकेको थियो । सम्माननीय प्रधानमन्त्रीज्यू, यो...
खरले छाएको सानो घर । घरछेउको खेतबारीमा धान हरियो छ । हरियो धानखेत देखाउँदै मसिनो स्वरमा पियारी गुरुङले भन्नुभयो, “यो मेरै थियो, स्कुललाई दान गरेँ,...
काठमाडौँ साङ्केतिक भाषामा सञ्चार गरेका भरमा स्नातक तहसम्मको अध्ययनको यात्रा तय गर्नु पक्कै पनि सहज छैन । पढ्न चाहेर पनि सबै स्थानमा घर नजिकै त्यस प्रकारका...
जानकी- बैजनाथ गाउँपालिका–४ पिपलडाँडाका सुनिता परियारको विवाह भएको १२ वर्ष भयो । छिन्चु माइतीघर भएकी उहाँको बैजनाथ–४ का रामबहादुर थापासँग भागी विवाह भएको थियो ।...