• शुक्रबार, १४ बैशाख, २०८१
  • ०८:५४:३८
  • नेपालीको अभिमत

व्यक्ति-कथा

विवाह गर्ने शर्तमा ‘लिभिङ टुगेदर’, बिहेको मिति नजिकिंदै जाँदा केटो फरार !

इन्द्रसरा खड्का

बुधबार, १ भदौ, २०७९

बिहे गर्छु भनी सँगै बसेर अहिले धोका दिएपछि रितु (परिवर्तित नाम) न्यायको खोजीमा भौंतारिइरहनुभएको छ । “हिंड्दाहिंड्दै थाकिसकें । कहिले प्रहरीचौकी, कहिले राष्ट्रिय महिला आयोग, कहिले महिला अधिकारकर्मी । अब म कहाँ जानु ? न्यायको आशा लिएकै ठाउँबाट अपहेलित हुनुपर्छ,” सोमबार अनामनगरमा भेटिनुभएकी रितुले भन्नुभयो ।

बिहे गर्ने आश्वासन देखाएर सँगै बस्दै आएका केटा फरार भएपछि रितु अहिले उनैको खोजीका लागि दौडधुपमा हुनुहुन्छ । गोर्खा घर भएका बस्ताकोटी थरका केटा रितुसँग ‘लिभिङ टुगेदर’मा रहेछन् । २०७८ माघबाट सँगै बस्न थालेका रितु र ती केटाबीच मंसीरमा बिहे गर्ने सहमति थियो तर अहिले फरार भएपछि रितु केटाको खोजीमा लाग्नुभएको हो ।

यसरी भएको थियो भेट

रितुको घर ललितपुरको विकट गाउँमा पर्छ । उहाँ शहर पसेको पाँच वर्ष भयो । १२ कक्षासम्म उतै पढेर स्नातकको लागि शहर झर्नुभयो र दाइभाउजूसँग काठमाडौंको कोटेश्वरमा बस्न थाल्नुभयो । पढाइसँगै काम गर्न थाल्नुभयो । एक वर्ष अरूको काम गरिसकेपछि दाइको सहयोगमा ‘जब सेन्टर’ खोल्नुभयो । ‘जब सेन्टर’को काम कामदारका लागि आएका विज्ञापनको आधारमा मान्छे खोज्ने र काममा लगाइदिने थियो । काम राम्रै चल्न थाल्यो, कमाइ पनि ठिकै थियो । फेसबुकमा समेत कर्मचारी आवश्यकताका विज्ञापनहरू शेयर गरिरहनुहुन्थ्यो ।

दिनहुँको भेटघाट र कुराकानीले दुवैलाई माया–प्रेममा पु¥याइसकेको थियो । केटो सानै छँदा उसका आमाबुबाको मृत्यु भएको र हाल बालाजुमा दिदीको घरमा बस्दै आएको कुराले रितुलाई ऊ प्रति झन् माया लाग्न थाल्यो । अनि; पछि बिहे गर्ने शर्तमा २०७८ माघबाट सँगै बस्न थाल्नुभयो ।

कामको खोजीमा रहेकाहरूले फोन गर्थे । कोही कार्यालयमै आएर भेट्थे । रितुले यसैगरी धेरै जनालाई जागिर लगाइसक्नुभएको थियो । नचिनेकाहरूसँग पनि फेसबुक मार्फत बोलचाल हुन्थ्यो । कतिपयले फोन गरेर काम चहियो भन्दै मजाक गर्थे भने कतिपय साँच्चिकै कामको खोजीमा हुन्थे । यस्तै चल्दै जाँदा एक दिन फेसबुकमा म्यासेज आयो, “मेरो बहिनीलाई रिसेप्सनिस्टको जागिर चाहिएको छ । कतै काम पाइएला ?” रितुले तुरुन्तै जवाफ दिनुभयो, “कार्यालयमै आउनुस् न । भेटेर कुरा गरौं ।” 

त्यो केटाले त्यसपछि केही लेखेन । रितुले पनि मतलब गर्नुभएन । कामको सिलसिलामा कति जनासँग बोलिन्छ, कतिसँग छुट्टिन्छ मतलब गरेर साध्य पनि भएन ! केही महिनापछि भने उसले म्यासेजको साथै फोन पनि गर्‍यो । कहिले आफ्नो लागि, कहिले साथीको लागि त कहिले बहिनीको लागि काम चाहियो भन्दै म्यासेज गर्थ्यो, फोन गर्थ्यो । 

दिनहुँजसो फोनमा कुरा हुन थालेपछि दुई जनाबीच भेट्ने कुरा भयो । कात्तिक १२ गते कार्यालयको एक साथीको जन्मदिन थियो । कोटेश्वरको एक क्याफेमा जन्मदिन मनाउने योजना थियो । त्यही दिन उक्त केटासँग भेट्ने योजना बन्यो । 

पहिलो भेट रातिको पौने १२ बजे भयो । भेट भइसकेपछि कुराकानीको दर झन् बढ्न थाल्यो । त्यसपछि उक्त केटाले पुस १६ गते आफ्नो जन्मदिन परेकोले भन्दै रितुलाई निम्तो दियो । त्यसपछिका दिनमा भेटघाट अझ बाक्लिन थाल्यो ।

दिनहुँको भेटघाट र कुराकानीले दुवैलाई माया–प्रेममा पुर्‍याइसकेको थियो । केटो सानै छँदा उसका आमाबुबाको मृत्यु भएको र हाल बालाजुमा दिदीको घरमा बस्दै आएको कुराले रितुलाई ऊ प्रति झन् माया लाग्न थाल्यो । अनि; पछि बिहे गर्ने शर्तमा २०७८ माघबाट सँगै बस्न थाल्नुभयो ।

केटासँगको बसाइ दाइभाउजूलाई थाहा थिएन । कहिले साथीकोमा, कहिले आफन्तकहाँ भन्दै घरमा ढाटेर उक्त केटासँगै बस्न थाल्नुभयो । सधैंजसो बाहिर बस्न थालेपछि दाइभाउजूले सोधखोजको दायरा बढाउनुभयो । अनि; एक दिन ‘आफूले एक जना केटालाई मन पराएको र ऊ सँगै बस्न थालेको’ सुनाउनुभयो । यो कुरा दाइभाउजूलाई मन परेन । उहाँहरू मार्फत घरसम्म कुरा पुग्यो । आमाबुबाले बिहे गरिदिने कुरा गर्नुभयो तर केटाले अहिले सँगै बस्ने बिहे चाहिं पछि मात्र गर्ने जवाफ दियो । घरपरिवारको इच्छा विपरीत केटासँग बस्न थालेपछि दाइभाउजू, आमाबुबासँग रितुको बोलचाल बन्द भयो ।

औषधि खाएर गर्भपतन गराएकी रितुलाई अहिले पाठेघरको समस्या देखिएको छ । उहाँ भन्नुहुन्छ, “न आफन्तहरू आफ्ना रहे, न आफू स्वस्थ रहें । उसको पछि लाग्दा जिन्दगी नै आधा भयो । अहिले धोका दिएर फरार छ, कोसँग गुनासो पोखूँ !”

जापान जान भनेर रितु जापानिज भाषा सिक्दै हुनुहुन्थ्यो । केटोले भाषा सिक्न बढी ध्यान देऊ भन्दै ‘जब सेन्टर’ बेच्न सुझायो । रितुले त्यसै गर्नुभयो र आएको पैसा उसैको हातमा थमाउनुभयो ।

सँगै बस्न थालेको एक वर्षसम्म दुईबीच सम्बन्ध राम्रै थियो । तर, त्यसपछि भने पहिलेको जस्तो माया रहेन । केटोले कामधाम छोड्यो । उल्टै रितुसँग पैसा मागेर रक्सी, चुरोट खान थाल्यो । अब भने दिनहुँको कलह शुरू भयो ।

“मैले जसको लागि घरपरिवार त्यागें उसले नै मलाई दिनहुँ पैसा माग्ने, नदिंदा पिट्ने, रक्सी खाएर जथाभावी गर्ने गर्न थालेपछि हाम्रो सम्बन्ध बिग्रँदै गयो । तर, पनि मसँग मिलेर बस्नुको विकल्प थिएन, सहेरै बसें । तर, अहिले बिहे गर्नुको सट्टा उल्टै फरार भयो,” रितुले दुखेसो पोख्नुभयो ।

जबरजस्ती गर्भपतन

सँगै बस्न थालेपछि रितुको पेटमा बच्चा बस्यो । यो कुरा केटालाई मन परेन । रातदिन बच्चा फाल्न दबाब दिन थाल्यो । बिहे गर्ने शर्तमा सँगै बस्न थालेकी रितुले बच्चा नफाल्ने कुरामा जिद्दी गर्नुभयो । बच्चाको विषयलाई लिएर विवाद भयो । अन्त्यमा दिनहुँको झै–झगडा र कुटपिटबाट आजित भई ६ हप्ताको गर्भ फाल्न तयार हुनुभयो । कानून अनुसार ६ महिनाको बच्चा फाल्न मिल्दैन । अस्पतालले नमानेपछि गुगल सर्च गरेर औषधि खानुभयो ।

औषधि खाएर गर्भपतन गराएकी रितुलाई अहिले पाठेघरको समस्या देखिएको छ । उहाँ भन्नुहुन्छ, “न आफन्तहरू आफ्ना रहे, न आफू स्वस्थ रहें । उसको पछि लाग्दा जिन्दगी नै आधा भयो । अहिले धोका दिएर फरार छ, कोसँग गुनासो पोखूँ !”

बिहे गर्ने दिन नजिकिंदै जाँदा फरार !

रितु र ती केटाबीच मंसीर २५ गते बिहे गर्ने सहमति थियो । यो कुरा केटाको दिदी र रितुको परिवारलाई पनि थाहा थियो । तर, केटो मंसीर नलाग्दै फरार भएको छ ।

रितु सुतिरहनुभएको थियो । केटो बिहानै उठ्यो । हातमुख धोएर तयार भयो र सुतिरहेकी रितुलाई भन्यो, “म बाहिर जानुपर्ने भयो तिमी खाना पकाएर खानू है ।” रितु हुन्छ भन्दै सुत्नुभयो । केटो एकैछिनमा फर्केर आयो र “म आउन अलि ढिलो हुन सक्छ, दिउँसो खाजा खाने पैसा छ कि छैन ? ल राख” भन्दै एक हजार दियो । रितुले हजार पर्दैन भन्दै एक सय माग्नुभयो । उसले तीन सय रुपैयाँ छोडेर गयो ।

“उतिखेरै मनमा चिसो त पसेको थियो तर विश्वास लागेन । त्यो रातभरि त्यसै बसें । कतै गएको होला भोलि त आइहाल्ला नि भन्ने भयो । तर, भोलिपल्ट हेर्छु त उसको एउटै सामान थिएन । आफ्ना सबै लुगाफाटो र भएको २५ हजार रुपैयाँ पनि लगेछ ।”

रितु दिउँसो एक बजे उठेर खाना पकाउनुभयो । खाना पकाइसकेपछि उसलाई फोन गर्न खोज्दा मोबाइल स्वीच अफ थियो । ब्याट्री सकियो होला भन्दै खाना खाएर लुगा धुनु भयो । फेरि फोन गर्न खोज्दा अफ नै थियो । राति ११/१२ बजेसम्म गर्दा पनि अफ नै रह्यो ।

“उतिखेरै मनमा चिसो त पसेको थियो तर विश्वास लागेन । त्यो रातभरि त्यसै बसें । कतै गएको होला भोलि त आइहाल्ला नि भन्ने भयो । तर, भोलिपल्ट हेर्छु त उसको एउटै सामान थिएन । आफ्ना सबै लुगाफाटो र भएको २५ हजार रुपैयाँ पनि लगेछ,” रितु भन्नुहुन्छ ।

त्यसपछि उसका आफन्तलाई सोध्नुपर्‍यो भन्दै फोन गर्न खोज्नुभयो तर फोनमा कसैको नम्बर थिएन । सबैको नम्बर हटाइसकेको रहेछ । हतपत फेसबुक खोलेर हर्नुभयो त्यहाँबाट पनि सबैलाई ‘अनफ्रेन्ड’ गरेको रहेछ । मोबाइलमा भएका नम्बर, फेसबुकमा जोडिएका आफन्त सबैलाई हटाएको देखेपछि उहाँलाई निश्चय भयो– केटो भागेछ । उहाँको मोबाइलमा भएका सबै फोटो पनि हटाइसकेको रहेछ । त्यसपछि रितु प्रहरीकहाँ जानुभयो खोजतलास गरिदिन अनुरोध गर्दै । तर, अहिलेसम्म अत्तोपत्तो छैन !

इन्द्रसरा खड्का

लेखकका थप सामग्रीका लागि यहाँ क्लिक गर्नुहोस्

बुधबार, १ भदौ, २०७९

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved