ताजा

  • मंगलबार, १८ असोज, २०७९
  • ०६:४३:१६
  • नेपालीको अभिमत

अपराध

जबरजस्ती करणीको आरोपमा ५२ वर्षीय पुरुष पक्राउ

नेपालमत

बुधबार, २५ श्रावण, २०७९

काठमाडौँ ।  महिलालाई जबरजस्तीकरणी गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा  धनकुटा घर भई हाल काठमाडौँ नारायणथान बस्ने ५२ वर्षका  हर्क बहादुर राई रहेका छन् । राईले गएको असार १५ गते आफ्नो  नाममा भएको जग्गा  महिलाको नाममा नाम सारि गरी  सस्तो ब्याजमा ऋण उपलब्ध गराई दिने प्रलोभन देखाई २६ वर्षीया महिलालाई धुलिखेल लगेर जबरजस्ती गरेका थिए ।

महिलालो घटना भएको ११ दिनपछि  परिवर्तन का लागि सहकार्य नेपालमा निबेदन दिएको थियो । त्यही निबेदन र प्रमाणका आधारमा संस्थाले घटनाको जहेरीका आधारमा प्रहरीलाई खबर गरेको थियो । अहिले घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ ।

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2022 कृष्णसार मल्टिमिडिया. All Rights Reserved