काठमाडौं – बालाजु क्षेत्रमा हिँड्दै गरेकी महिलालाई दिउँसै लुटपाट गर्ने दुई जना एक महिनापछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा रामेछापको उमाकुण्ड गाउँपालिका–३ का २५ वर्षीय सागर दर्जी र काठमाडौं तारकेश्वर नगरपालिका–९ का १९ वर्षीय अमीर महर्जन छन्। उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले साउन २० गते मनमैजु र बानियाँटारबाट पक्राउ गरेको हो।
उनीहरूले गत असार २९ गते बालाजु कुमारीस्थित सडकमा हिँड्दै गरेकी गायत्री ढकाललाई दिउँसै पौने १ बजे लुटपाट गरेका थिए। मोटरसाइकलमा आएका उनीहरूले ढकाललाई धम्की दिँदै उनको झोलामा रहेको नगद, मोबाइल तथा अन्य महत्वपूर्ण कागजात लुटेका थिए।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
काठमाडौं - होटलमा बोलाएर गोप्य तस्बिर र भिडियो खिच्ने अनि त्यसैलाई हतियार बनाएर लाखौं रुपैयाँ असुल्ने योजनामा संलग्न दुई युवतीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले प्रहरीले...
काठमाडौं - अछामका दुई किशोरीको शंकास्पद मृत्यु घटनामा दुई जना किशोर पक्राउ परेका छन्।आइतबार प्रहरीले ढकारी गाउँपालिकाका दुई किशोरलाई अनुसन्धानको सिलसिलामा पक्राउ गरेको हो। अछामका प्रहरी नायब उपरीक्षक...
काठमाडौं - नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई प्रहरीले पक्राउ गरेको छ। महरालाई कपिलवस्तुबाट पक्राउ गरि विमानबाट काठमाडौं ल्याएर केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)को लाजिम्पाटस्थित कार्यालयमा पुर्याइएको छ...
काठमाडौं - काठमाडौंको थापाथलीस्थित परोपकार स्त्री तथा प्रसूति रोग अस्पतालबाट बच्चा चोरेर एक महिला फरार भएको प्रहरीले जनाएको छ । शुक्रबार दिउँसो काभ्रे घर भई काठमाडौं...
तुलसीपुर - दाङमा गोली हानेर महिला प्रहरीको हत्या गरिएको छ। घोराहीको दामोदर चोकमा डिउटीमा रहेका महिला प्रहरीको गोली हानेर हत्या गरिएको हो। वडा प्रहरी कार्यालय घोराहीमा कार्यरत...