काठमाडौं- बारा, कञ्चनपुर र सिरहाबाट अवैध लागूऔषधसहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बाराको निजगढ नगरपालिका–११ रतनपुरबाट करिब २ केजी गाँजासहित सोही नगरपालिका–१२ बस्ने ३० वर्षीय विजय तामाङ समेत २ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।
प्र।३–०३–००१ प २१०५ नम्बरको मोटरसाइकललाई अस्थाई प्रहरी पोष्ट रतनपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।
कञ्चनपुरको बेलौरी नगरपालिका–६ बैशाखाबाट करिब १८ ग्राम ४९ मिलीग्राम खैरो हेरोईनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा शुक्लाफाँटा नगरपालिका–१० झलारी बस्ने २४ वर्षीय दिपेन्द्र सिंह बिष्ट समेत २ जना छन् । उनीहरुलाई शनिबार प्रहरीले पक्राउ गरेको हो ।
म।१ प ३९७८ नम्बरको मोटरसाइकललाई इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलको लेगार्डमा लुकाई ल्याएको उक्त खैरो हेरोईन सहित उनीहरूलाई फेला पारी पक्राउ गरेको हो ।
सिरहाको गोलबजार नगरपालिका–६ स्थित मैनाबती पुल नजिकबाट करिब ७ ग्राम ब्राउन सुगरसहित ३ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सिरहा नगरपालिका–१७ बस्ने ३४ वर्षीय महाजन पासमान, ३३ वर्षीय अनिल पासमान र भारत घर भएका ३० वर्षीय अनिल कुमार सिंह रहेका छन् ।
इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले प्रदेश २–०१–००१ प ७४९७ नम्बरको मोटरसाइकलमा सवार महाजन र बीआर ३२ एम् ९१७४ नम्बरको मोटरसाइकलमा सवार अनिल कुमार र अनिललाई जाँच गर्दा महाजनको साथबाट उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
काठमाडौं - नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई प्रहरीले पक्राउ गरेको छ। महरालाई कपिलवस्तुबाट पक्राउ गरि विमानबाट काठमाडौं ल्याएर केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)को लाजिम्पाटस्थित कार्यालयमा पुर्याइएको छ...
काठमाडौं - काठमाडौंको थापाथलीस्थित परोपकार स्त्री तथा प्रसूति रोग अस्पतालबाट बच्चा चोरेर एक महिला फरार भएको प्रहरीले जनाएको छ । शुक्रबार दिउँसो काभ्रे घर भई काठमाडौं...
तुलसीपुर - दाङमा गोली हानेर महिला प्रहरीको हत्या गरिएको छ। घोराहीको दामोदर चोकमा डिउटीमा रहेका महिला प्रहरीको गोली हानेर हत्या गरिएको हो। वडा प्रहरी कार्यालय घोराहीमा कार्यरत...
काठमाडौं-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानको रकम हिनामिना गरेको अभियोगमा मधेश प्रदेशका तत्कालीन आर्थिक मामिलामन्त्रीसहित ७ जनाविरुद्ध आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा...
काठमाडौं- जिल्ला अदालत काठमाडौँले ललिता निवासको जग्गा किर्ते प्रकरणमा पक्राउ परेका भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङसहित १७ जनलाई धरौटीमा छाड्न आदेश दिएको छ । न्यायाधीश भोलानाथ ढकालको...