संगीत मन नपराउने र नगुनगुनाउने मान्छे बिरलै हुन्छन् । सुखदुःखको साथी हो संगीत । दुःखमा मनको बह पोख्ने अनि खुशीमा उत्सव मनाउने एउटा माध्यम हो संगीत ।
पछिल्लो समय युवा वर्गमा संगीतको क्रेज अझ बढ्दो छ । यसलाई रहरदेखि व्यवसायसम्म बनाउनेको ठूलै लर्को छ यतिखेर । समय अनुसार भित्रिएका विभिन्न प्रविधि तथा प्लेटफर्म मार्फत संगीतले फड्को मारेको त छँदैछ नयाँ कलाकारलाई पनि स्थापित गराइदिएको छ । तर, संगीत क्षेत्रमा जम्न भने सोचे जस्तो सहज चाहिं छैन । धेरै गीत गाइसक्दा पनि गुमनाम रहेका कलाकारहरूको संख्या पनि उत्तिकै छ ।
आजकल युवाहरूको सपना पूरा गरिदिने एउटा दरिलो माध्यम बनेको छ रियालिटी शो । नेपालमा पछिल्लो समय गायनमा रुचि भएका र गाउन सक्ने क्षमता भएका कलाकारलाई लिएर नेपाल सिङगीङ सुपरस्टार शो सञ्चालन भइरहेको छ । इमेज एचडी टेलिभिजन मार्फत प्रत्येक सोमबार र मंगलबार राति प्रशारण हुने उक्त रियालिटी शो छोटो समयमै चर्चित बनेको छ ।
उसो त प्रविधिको प्रयोग रियालिटी शोमा पनि बढ्दो छ अहिले । शोहरूमा पनि रेकर्डेड, अटो ट्युनर लगाएर, मिक्सिङ गरेर आवाजलाई लयमा ल्याउने, उत्कृष्ट सुनाउने प्रचलन बढेको छ । तर, यस रियालिटी शोका जजहरूले भने रेकर्डेड, अटो ट्युनरको प्रयोग नभई सहभागीले जस्तो गाएका छन् उस्तै बोर्डकास्ट गरिने दावी गरेका छन् । उक्त शोमा सत्य स्वरुप आचार्य, मिलन नेवार र सञ्जय श्रेष्ठ जजका रूपमा रहनु भएको छ ।
आजकल युवाहरूको सपना पूरा गरिदिने एउटा दरिलो माध्यम बनेको छ रियालिटी शो । नेपालमा पछिल्लो समय गायनमा रुचि भएका र गाउन सक्ने क्षमता भएका कलाकारलाई लिएर सुपरस्टार सिङ्गर शो सञ्चालन भइरहेको छ ।
यसै रियालिटी शो मार्फत झापाको कचनकवलका दिपक सापकोटा (भान्जा)ले स्रोता–दर्शकको मन जित्दै जानुभएको छ । सानैदेखि सांगीतिक माहोलमा हुर्किनुभएका दिपकलाई रियालिटी शोको अनुभव नयाँ होइन । उहाँले यसअघि द भ्वाइस अफ नेपालको सेटमा पनि आफ्नो आवाज गुञ्जाइसक्नु भएको छ ।
दिपकको मामा गौरव दर्पण नाम चलेकै गायक/संगीतकार भएकाले दिपकलाई संगीत सिक्न धेरै गाह्रो भएन । २०६५ सालतिर कक्षा ८ को परीक्षा दिएर छुट्टी मनाउन मामाघर जानुभएका दिपकले पहिलो पटक संगीतलाई नजिकबाट नियाल्न पाउनुभयो । उहाँले मामाघर एक महिना बस्दा संगीतका साधारण ज्ञान, आरोह अवरोह र साधना गर्न सिकिसक्नुभएको थियो । मामाघरबाट फर्किएपछि साधना त छुट्यो तर गीत गुनगुनाउने बानी भने बसिरह्यो । त्यही साल गाउँमा सरस्वती पूजाको अवसरमा लागेको मेलामा दिपकले पहिलो पटक स्टेजमा गएर गीत गाउने अवसर पाउनुभयो ।
साथीसँग मेला हेर्न जानुभएका दिपकलाई त्यहाँ गएर गीत गाउन पाउँछु भन्ने लागेको थिएन । मेलामा डान्सको कार्यक्रम रहेको तर गाउने कोही नभएको र राम्रो गाउनेलाई तीन सय रुपैयाँ नगद पुरस्कार रहेको थाहा पाएपछि दिपकका साथीले उहाँको नाम लेखाइदिए ।
त्यो वेला उहाँसँग कुनै म्युजिक ट्रयाक त परको कुरा कुन गीत गाउने भन्नेसम्म पत्तो थिएन । “स्टेजमा उक्लेर जसोतसो स्वरुपराज आचार्यको ‘माया अन्तै सार’ बोलको गीत विनाट्रयाकमै गाएँ,” दिपक सम्झनुहुन्छ ।
मेलामा डान्सको कार्यक्रम रहेको तर गाउने कोही नभएको र राम्रो गाउनेलाई तीन सय रुपैयाँ नगद पुरस्कार रहेको थाहा पाएपछि दिपकका साथीले उहाँको नाम लेखाइदिए ।
गाउने आफू एक्लै छु र पुरस्कार आफैंले पाउँछु भनेर स्टेज चढ्नुभएका दिपकलाई अन्य चार जना पनि थपिएपछि भने केही चुनौती महसूस भयो । यद्यपि; नतिजामा उहाँकै नाम प्रथम घोषित भयो । उहाँ म्युजिक क्षेत्रमा लाग्नुको मुख्य प्रेरणा त्यही तीन सय रुपैयाँ पुरस्कारलाई मान्नु हुन्छ ।
“मान्छेको त्यो भिडमाझ स्टेजमा चढेर गीत गाउनु नै मेरो लागि सबैभन्दा ठूलो चुनौती थियो । तीन सयको लोभले त्यो रिक्स लिएको थिएँ । तीन सय रुपैयाँ र डायरी पुरस्कार पाएपछि संगीतप्रति अझै धेरै सम्मान र यसमै केही हुने रहेछ भन्ने भावना जाग्यो,” दिपक सुनाउनुहुन्छ ।
एलएलसीपछि मामाघरमै बस्नुभएका दिपकले संगीत मज्जाले सिक्न थाल्नुभयो । घरमा मामासँग र खाली समयमा बिहानी कलाकेन्द्रमा सिक्नुभयो ।
कलेज, गाउँमा हुने सांस्कृतिक कार्यक्रममा प्रायः गीत गाउने अवसर मिलिराख्ने भएकोले दिपकलाई स्टेजमा गीत गाउन नौलो लाग्न छोडिसकेको थियो । संगीतमा अझ पोख्त हुनुपर्छ भन्ने भएपछि उहाँले काठमाडौं जाने सोच बनाउनुभयो । घरबाट निस्कँदा एक वर्ष राम्रोसँग संगीत सिक्ने र एउटा गीत निकाल्छु भन्ने सोच थियो उहाँको । तर, काठमाडौं आएपछि कुमार महाराज, सचिन सिंह, मित्र लामा जस्ता दिग्गज संगीतकारहरूसँग घुलमिल बढ्यो । उहाँहरूको राय सुनेपछि गीत रेकर्डभन्दा पनि सिक्न नै जरुरी रहेछ भन्ने लाग्यो । त्यसपछि निरन्तर साधनामा नै जोड दिनुभयो । काठमाडौंलाई कर्मथलो बनाएको पाँच वर्षपछि ‘घर फिर्नु कसरी’ बोलको गीत रेकर्ड गराउनुभयो ।
संगीतमा उहाँलाई काठमाडौंले धेरै अवसर दियो । नाम चलेका कलाकारको साथ–सहयोग, भ्वाइस अफ नेपालमा सहभागिता, आफ्नै आवाज रहेको गीत, आफ्नो शब्द संगीत रहेको गीत र अहिले सुपरस्टार सिङ्गर शोको टप १८ मा पर्ने अवसर काठमाडौंले दिएको उहाँ बताउनुहुन्छ ।
सानैदेखि सांगीतिक माहोलमा हुर्किनुभएका दिपकलाई रियालिटी शोको अनुभव नयाँ होइन । उहाँले यसअघि द भ्वाइस अफ नेपालको सेटमा पनि आफ्नो आवाज गुञ्जाइसक्नु भएको छ ।
अझ धेरै स्रोता–दर्शकसामु चिनिन र संगीतलाई अझ नजिकबाट नियाल्न आफूले रियालिटी शोमा सहभागिता जनाएको दिपक बताउनुहुन्छ । “स्रोता–दर्शकले चिनुन् भन्ने नै इच्छा हो । अर्को कुरा; त्यसमा मैले मेरो प्रतिभा पनि प्रत्यक्ष रूपमा देखाउन पाएको छु । टप कम्पिटिसन हुन्छ त्यहाँ । रियालिटी शोमा आउनुको मुख्य अर्को कारण चाहिं मेरो मन पर्ने गायकद्वय जजको रूपमा त्यहाँ हुनुहुन्छ,” दिपक भन्नुहुन्छ ।
त्यसो त दिपक आफू पनि गीतकार तथा संगीतकार समेत हुनुहुन्छ । लकडाउनको समयमा चार वटा गीत लेखेर कम्पोज गरेको उहाँ सुनाउनुहुन्छ ।
दिपकको आवाज रहेको ‘घर फिर्नु कसरी’, उहाँको शब्द संगीतमा निशान भट्टराईको आवाज रहेको ‘कहानी एकादेशको’ सार्वजनिक भइसकेको छ भने प्रताप दासको आवाजमा रहेको ‘बाँसको जरा तामा’ बोलको गीत यही महिनाभित्र आउने तयारीमा रहेको छ ।
उहाँले स्रोता–दर्शकमाझ भोटको लागि अपिल समेत गर्नुभएको छ । सुपरस्टार सिङ्गरमा अरू अगाडि पुर्याउने जिम्मा स्रोता–दर्शकको भएको भन्दै उहाँले भन्नुभएको छ, “मेरो भविष्य स्रोता दर्शककै हातमा छ । ओएसआर कनेक्टको एप्लिकेसन डाउनलोड गरी मलाई भोट दिनुहुन आग्रह गर्दछु ।”
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
काठमाडौं - नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) पदमा दीपक थापा नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) रहेका थापालाई आइजिपी नियुक्त गरेको हो। यसअघिका प्रहरी महानिरीक्षक...
काठमाडौं - नेपाली भाषा र संस्कृतिको समृद्धि र नेपाली भाषी समुदायको गौरव विश्वभर फैलिएको छ। राजनीति, चिकित्सा, विज्ञान, खेलकुद, चलचित्र, आयुर्वेद, सैनिकता, पर्वतारोहण तथा साहित्यका क्षेत्रमा...
भक्तपुर - स्वदेशमा केही पनि हुन्न, केही गर्न सकिन्न भन्ने निराश युवाहरूको लागि एक जना उदाहरणीय व्यक्तित्व हुन्, भक्तपुरका युवा इन्जिनियर कृष्णभक्त दुवाल। भक्तपुर नगरपालिका वडा नम्बर १० महालक्ष्मीस्थान निवासी इन्जिनियर दुवालले पछिल्लो नौ वर्षको छोटो अवधिमा पाँच वटा ठूला उद्योगहरू सञ्चालन गर्न सफल भएका छन्। ती उद्योगहरूमा उनले सयौं नवयुवाहरूलाई रोजगारी उपलब्ध गराइरहेका छन्। ‘केही काम गर्नका लागि सवैभन्दा पहिलो प्यासन (लगाव)...
गोरखाको सहिद लखन गाउँपालिकाका महिला सीपमूलक तालिम लिएर आयआर्जनमा जोडिन थालेका छन्। विभिन्न सङ्घसंस्था तथा स्थानीय पालिका र वडामार्फत प्रदान गरिँदै आएको सीपमूलक तालिम लिएर...
काठमाडौं - एकाउन्टविलिटी ल्याब नेपालले पाँच जना 'इन्टेग्रिटी आइकन'को नाम सार्वजनिक गरेको छ । विगत दश वर्षदेखि उत्कृष्ट सेवादिने कर्मचारीलाई खोजेर ल्याबले इन्टेग्रिटी आइकन मार्फत् सम्मानित गर्दै...