सामाजिक सञ्जाल कम्पनी ट्विटरले टेस्ला कम्पनीका सीईओ एलन मस्कविरुद्ध कम्पनीसँग ४४ अर्ब डलरको सम्झौता पूरा गराउन अदालतमा मुद्दा दर्ता गरेको छ ।
ट्विटरले अमेरिकी डेलावेयर अदालतलाई मस्कविरुद्ध ट्विटरको प्रतिसेयर ५४।२० डलरको सम्झौता पूरा गर्न आदेश दिन मुद्दा दायर गरेको हो । मस्कले गत शुक्रबार आफूले ट्विटर नकिन्ने घोषणा गरेका थिए। त्यसपछि ट्विटर कानुनी लडाइँ लड्ने निर्णयमा पुगेको छ ।
मस्कले पटकपटक सम्झौताका सर्त तोडेकाले आफू पछि हटेको बताउँदै आएका छन् उनले नक्कली अकाउन्टको संख्याबारे ट्विटरले जानकारी नदिएको आरोप पनि लगाएका छन् ।
मस्कले ट्विटर किन्नका लागि गत अप्रिलमा एउटा सम्झौतामा हस्ताक्षर गरेका थिए। यो सम्झौता ४४ अर्ब डलरमा भएको थियो । तर, अर्को महिना उनले नक्कली र स्प्याम खाताहरुको संख्यामा पर्खिरहेकाले सम्झौता अस्थायी रुपमा होल्डमा रहेको बताएका थिए ।
मुद्दामा मस्कले ट्विटर खरिद सम्झौताका नियमहरु उल्लंघन गरेको आरोप लगाइएको छ । आरोपपत्रमा यो पनि भनिएको छ कि मस्कले यो सम्झौताबाट पछि हटेका छन् किनभने यसले अब उनको व्यक्तिगत स्वार्थ पूरा गर्दैन ।
ट्विटरका अध्यक्ष ब्रेट टेलरले ट्विट गर्दै लेखेका छन्, ‘माइक्रोब्लगिङ साइटले एलन मस्कलाई सम्झौताको दायित्वहरुका लागि जवाफदेही बनाउन चाहन्छ ।’
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
काठमाडौँ - आइफोन निर्माता कम्पनि एप्पलले आइफोन १६ लन्च गरेको छ । यस वर्ष एप्पल कार्यक्रम अमेरिकाको क्युपर्टिनोस्थित एप्पल पार्कको स्टिभ जब्स थिएटरमा आयोजना गरिएको थियो...
काठमाडौं - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी भएकाे छ । नागरिक उड्डयन कार्यालय र नेपाल अनुसन्धान तथा शिक्षा सञ्जाल (नेअशिस) बिच त्रिभुवन अन्तर्राष्ट्रिय...
काठमाडौँ - नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको मुख्य सुरुङ आज ब्रेक थ्रू हुने भएको छ । नागढुङ्गा सुरुङ निर्माण परियोजनाका अनुसार आज एक औपचारिक कार्यक्रमबीच सुरुङ ‘ब्रेक थ्रू’ गर्न...
‘डिजिटल नेपाल फ्रेमवर्क २०७६’ को आकाङ्क्षा पूरा गर्ने उद्देश्यअनुरुप सरकारले ‘राष्ट्रिय साइबर सुरक्षा केन्द्र’ स्थापना गर्ने भएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले साइबर सुरक्षाको विषयमा...
काठमाडौं - पछिल्लो समय गलत सूचनाका आधारमा सामाजिक सञ्जालमा गलत भाष्य स्थापित गर्न खोजिएको भन्दै चिन्ता व्यक्त गरिएको छ । सेन्टर फर मिडिया रिसर्च नेपालले शनिबार काठमाडौँमा...