काठमाडौं– सूचना तथा प्रसारण विभागले आफ्ना सम्पूर्ण सेवा डिजिटल बनाएको छ ।
विभागको अनलाइन सिस्टमको आइतबार सूचना तथा प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले शुभारम्भ गर्नुभयो ।
सूचना तथा प्रसारण विभागका महानिर्देशक गोगनबहादुर हमालले विभागबाट प्रदान गरिने सबै सेवाहरू पूर्णरूपमा डिजिटल भएको जानकारी दिनुभयो ।
कार्यक्रममा मन्त्री कार्कीले अनलाइन सेवा सेवाग्राहीमैत्री, सुरक्षित र दिगो हुनु पर्ने बताउनु भयो ।
यो विभाग पूर्णरूपमा डिजिटल भएको सम्भवत पहिलो सरकारी विभाग भएको छ ।
सूचना तथा प्रसारण विभागबाट विद्युतीय सञ्चारमाध्यमको दर्ता र नवीकरण, प्रेसपास जारी र नवीकरण तथा अनलाइन मिडिया दर्ता लगायतको सेवा प्रदान गरिन्छ ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
काठमाडौँ - आइफोन निर्माता कम्पनि एप्पलले आइफोन १६ लन्च गरेको छ । यस वर्ष एप्पल कार्यक्रम अमेरिकाको क्युपर्टिनोस्थित एप्पल पार्कको स्टिभ जब्स थिएटरमा आयोजना गरिएको थियो...
काठमाडौं - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी भएकाे छ । नागरिक उड्डयन कार्यालय र नेपाल अनुसन्धान तथा शिक्षा सञ्जाल (नेअशिस) बिच त्रिभुवन अन्तर्राष्ट्रिय...
काठमाडौँ - नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको मुख्य सुरुङ आज ब्रेक थ्रू हुने भएको छ । नागढुङ्गा सुरुङ निर्माण परियोजनाका अनुसार आज एक औपचारिक कार्यक्रमबीच सुरुङ ‘ब्रेक थ्रू’ गर्न...
‘डिजिटल नेपाल फ्रेमवर्क २०७६’ को आकाङ्क्षा पूरा गर्ने उद्देश्यअनुरुप सरकारले ‘राष्ट्रिय साइबर सुरक्षा केन्द्र’ स्थापना गर्ने भएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले साइबर सुरक्षाको विषयमा...
काठमाडौं - पछिल्लो समय गलत सूचनाका आधारमा सामाजिक सञ्जालमा गलत भाष्य स्थापित गर्न खोजिएको भन्दै चिन्ता व्यक्त गरिएको छ । सेन्टर फर मिडिया रिसर्च नेपालले शनिबार काठमाडौँमा...