काठमाडौँ - डडेलधुराको आलीताल गाउँपालिकाका कर्मचारीलाई कैलालीको जंगलमा 'लुटपाट' गरी हातखुट्टा बाँधेर फरार भएका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्ने तीनै जना भारतीय नागरिक भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
पक्राउ पर्नेमा भारतको हरियाणा राज्यको सोनीपथ घर भएका २१ वर्षीय भगत सिंह, १८ वर्षीय साहिल बादलिसे र २० वर्षीय सन्नी जाट छन्।
प्रहरीले उनीहरूलाई कैलालीको गोदावरी नगरपालिका–१ स्थित भित्री सडकको जंगलामा फेला पारेको जनाएको छ।
कञ्चनपुरको बेदकोट नगरपालिका–३ घर भइ आलीताल गाउँपालिकामा कम्प्युटर अपरेटरका रुपमा कार्यरत ३७ वर्षीय लोकेन्द्र सिंह भण्डारीलाई प्रहरीले सोमबार कैलालीको गोदावरी नगरपालिका–०४ बुढीतोला (गाइमारे)को जंगलमा हात–खुट्टा बाँधिएको अवस्थामा फेला पारेको थियो।
कैलालीको खानीडाँडा जाने भनेर लिफ्ट दिएको र बुढीतोलाको उकालोमा उनीहरूले फोटो खिच्ने भनेर कार बाहिर बोलाइ गम्छा, कम्मर पेटी र डोरीले हात–खुट्टा तथा मुख बाँधेर जंगलमा छाडेर कार लगेर गएको बताएका थिए।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
काठमाडौं - होटलमा बोलाएर गोप्य तस्बिर र भिडियो खिच्ने अनि त्यसैलाई हतियार बनाएर लाखौं रुपैयाँ असुल्ने योजनामा संलग्न दुई युवतीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले प्रहरीले...
काठमाडौं - अछामका दुई किशोरीको शंकास्पद मृत्यु घटनामा दुई जना किशोर पक्राउ परेका छन्।आइतबार प्रहरीले ढकारी गाउँपालिकाका दुई किशोरलाई अनुसन्धानको सिलसिलामा पक्राउ गरेको हो। अछामका प्रहरी नायब उपरीक्षक...
काठमाडौं - नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई प्रहरीले पक्राउ गरेको छ। महरालाई कपिलवस्तुबाट पक्राउ गरि विमानबाट काठमाडौं ल्याएर केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)को लाजिम्पाटस्थित कार्यालयमा पुर्याइएको छ...
काठमाडौं - काठमाडौंको थापाथलीस्थित परोपकार स्त्री तथा प्रसूति रोग अस्पतालबाट बच्चा चोरेर एक महिला फरार भएको प्रहरीले जनाएको छ । शुक्रबार दिउँसो काभ्रे घर भई काठमाडौं...
तुलसीपुर - दाङमा गोली हानेर महिला प्रहरीको हत्या गरिएको छ। घोराहीको दामोदर चोकमा डिउटीमा रहेका महिला प्रहरीको गोली हानेर हत्या गरिएको हो। वडा प्रहरी कार्यालय घोराहीमा कार्यरत...