अमेरिकी राष्ट्रपति जो बाइडेनले ग्यासको मूल्य घटाउन तीन महिनाका लागि सङ्घीय कर निलम्बन गर्ने बताउनु भएको छ ।
रुस–युक्रेन युद्ध सुरु भएपछि बढेको ग्यासको मूल्य नियन्त्रणका लागि सङ्घीय कर निलम्बन गर्न लागेको बाइडेन प्रशासनलाई उद्धृत गर्दै एएफपीले जनाएको छ ।
यसका लागि राष्ट्रपति बाइडेनले बिहीवार बस्ने सङ्घीय संसद्को बैठकमा अनुरोध गर्ने तयारी गर्नुभएको छ ।
अमेरिकामा ग्यासमा प्रति ग्यालेन अर्थात् तीन दशमलव ७८ लिटरमा १८ सेन्ट सङ्घीय कर लाग्छ ।
रुस–युक्रेन युद्ध सुरु हुनुअघि अमेरिकामा प्रति ग्यालेन ग्यासको मूल्य तीन डलर रहेकोमा अहिले बढेर पाँच डलर पुगेको छ । केही राज्यमा कर बढी भएका कारण प्रति ग्यालेन ६ डलरसम्म पुगेको छ ।
राष्ट्रपति बाइडेनले सङ्घीय कर निलम्बन गर्नुका साथै राज्य सरकारको करलाई समेत घटाएर प्रति ग्यालेन एक डलर भाउ घटाउन अनुरोध गर्नुहुने ह्वाइट हाउसलाई उद्धृत गर्दै एएफपीले जनाएको छ ।
कर निलम्बनले मात्रै बढिरहेको मूल्यमा राहत नपुग्ने भएकाले राहतका अरू प्याकेज बारेमा पनि राष्ट्रपति बाइडेनले छलफल गरिरहनुभएको ह्वाइट हाउसका अधिकारीहरूले बताएका छन् ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
काठमाडौं- नेपाल दूरसञ्चार प्राधिकरणले अनुमतिपत्र नलिई दूरसञ्चार सेवा सञ्चालन नगर्न आग्रह गरेको छ । प्राधिकरणले एक सूचना जारी गर्दै दूरसञ्चार ऐन, २०५३ को दफा २१ बमोजिम कसैले...
काठमाडौं- नेपाल टेलिभिजन र यस अन्तर्गतका विभिन्न टेलिभिजन च्यानलको प्रशारण अवरुद्ध भएको छ । सोमबार दिउँसो २ ३० बजेदेखि एनटीभी, एनटीभी प्लस, एनटीभी न्यूज, एनटीभी कोहलपुर र...
काठमाडौं- नेपाल टेलिकमको सीम लिएका ग्राहकको मोवाइल नम्बरमा १० ग्राम सुन पाउने बम्पर अफर भन्दै एसएमएस आएमा त्यो लिङ्क नखोल्न नेपाल दूरसञ्चार प्राधिकरणले आग्रह गरेको...
टेस्लाका सीईओ एलोन मस्कले सोसल मिडिया प्लेटफर्म ट्विटर किन्ने बारे हुन गइरहेको सम्झौता यसमा नक्कली खाताहरूको गणनाको कारण रोकिएको बताएका छन्। मिडिया रिपोर्टका अनुसार ट्विटरको सेयर...
एलन मस्कले माइक्रोब्लगिङ वेबसाइट ट्विटरको आम्दानी बढाएर पाँच गुणभन्दा धेरै माथि पुर्याउन खोजिरहेको बताइएको छ । यसबारे मस्कले कम्पनीका लगानीकर्ताहरुसमक्ष पेश गरेको प्रिजेनटेशनलाई उद्धृत गर्दै न्यूयोर्क...