काठमाडौं- नेपाल दूरसञ्चार प्राधिकरणले अनुमतिपत्र नलिई दूरसञ्चार सेवा सञ्चालन नगर्न आग्रह गरेको छ ।
प्राधिकरणले एक सूचना जारी गर्दै दूरसञ्चार ऐन, २०५३ को दफा २१ बमोजिम कसैले पनि अनुमतिपत्र नलिई दूरसञ्चार सेवा सञ्चालन गर्न नपाइने कानुनी व्यवस्था रहेकाले अनुमति लिएर मात्र सेवा सञ्चालन गर्न आग्रह गरेको हो ।
पछिल्ला केही दिनयता कानुनी व्यवस्थाको बर्खिलाप गरी स्याटेलाइट प्रविधिबाट इन्टरनेट सेवा सञ्चालन भइरहेको उजुरी आएको प्राधिकरणले सूचनामा उल्लेख गरेको छ ।
अनुमतिबिनै दूरसञ्चार सेवा सञ्चालन गरेको पाइए कानुनबमोजिम कारबाही गर्ने जनाउँदै प्राधिकरणले अनुमतिपत्र प्राप्त नगरी गैरकानुनी रूपमा कसैले पनि इन्टरनेट सेवा सञ्चालन गरेको वा वितरण गरेको फेला परेमा खबर गर्नसमेत अनुरोध गरेको छ ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
जापानले पृथ्वीबाट चन्द्रमासम्म पूराउने एक बुलेट रेल बनाउदैँ छ । यसमा सफलता हासिल गरेपश्चात् उक्त रेललाई मंगल ग्रहसम्मै पूराइनेछ । यसका अलावा मंगल ग्रहमा सिसाको आवास...
काठमाडौं- नेपाल टेलिकमले प्याकेजबाहेकको साधारण महसुल दरअन्तर्गतका भ्वाइस र डाटा, पीएसटीएन, एडीएसएल र एफटीटीएच लगायतका सेवाको महसुल ३ प्रतिशतले घटाउने भएको छ । टेलिकमले विभिन्न सेवाहरुको...
सामाजिक सञ्जाल कम्पनी ट्विटरले टेस्ला कम्पनीका सीईओ एलन मस्कविरुद्ध कम्पनीसँग ४४ अर्ब डलरको सम्झौता पूरा गराउन अदालतमा मुद्दा दर्ता गरेको छ । ट्विटरले अमेरिकी डेलावेयर अदालतलाई...
काठमाडौं– सूचना तथा प्रसारण विभागले आफ्ना सम्पूर्ण सेवा डिजिटल बनाएको छ । विभागको अनलाइन सिस्टमको आइतबार सूचना तथा प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले शुभारम्भ गर्नुभयो । सूचना तथा...
अमेरिकी राष्ट्रपति जो बाइडेनले ग्यासको मूल्य घटाउन तीन महिनाका लागि सङ्घीय कर निलम्बन गर्ने बताउनु भएको छ । रुस–युक्रेन युद्ध सुरु भएपछि बढेको ग्यासको मूल्य नियन्त्रणका...