यातायात व्यवस्था विभागले साउन १ गतेदेखि बागमती र गण्डकी प्रदेशका सबै सवारी साधनमा अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने सूचना निकालेको छ । विभागको सूचनापछि पूर्वाधारविना इम्बोस्ड राख्न भनिएको भन्दै यसको विरोध भइरहेको छ । कतिपयलाई इम्बोस्ड नम्बर के हो ? यो किन जडान गर्नुपर्छ भन्ने समेत प्रस्ट छैन । जडान कहाँ गर्ने र कसरी गर्ने भन्ने नै थाहा नभएको वेला विभागले भने इम्बोस्ड नम्बर प्लेट जडान नगरे कारवाही गर्ने चेतावनी दिएको छ ।
नेपालमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न थालिएको पाँच वर्ष भयो । २०७४ सालको भदौदेखि सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न शुरू गरिएको हो । सरकारको लक्ष्य अनुसार अहिलेसम्म २५ लाख सवारीमा जडान गर्ने भनिए पनि हालसम्म जम्मा २५ हजारको हाराहारीमा मात्र जडान भएको विभागको तथ्यांकले देखाउँछ ।
इम्बोस्ड नम्बर प्लेट जडानका लागि ४ अर्ब बढी लागतमा अमेरिकी र बंगलादेशी संयुक्त कम्पनी डेकाटुर टाइगर आइटी कम्पनीसँग पाँच वर्षे सम्झौत गरिएको थियो । यो सम्झौता सकिएपछि फेरि त्यही कम्पनीसँग नवीकरण गरिएको छ ।
के हो इम्बोस्ड नम्बर ?
यो एक प्रकारको डिजिटल नम्बर प्लेट हो । यसमा ‘सिंगल स्क्रोल लक’ प्रणाली जडान हुन्छ । प्लेटमा एउटा चिप्ससहितको स्टिकर हुन्छ । त्यो स्टिकरलाई आरएफआईडी भनिन्छ । आरएफआईडी भनेको रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन हो । यसमा सवारी धनीको विवरणसहित सवारी साधनको विवरण राखिएको हुन्छ । जस्तै; कहाँ बनेको, इन्जिन नम्बर, सवारीले कर तिरेको मिति, ठाउँ आदि ।
इम्बोस्ड नम्बर जडान उपत्यकाका तीन ठाउँबाट गर्न सकिन्छ । जसमा दुई पांग्रेले यातायात व्यवस्था कार्यालय गुर्जुधारा; साना तथा मझौला तीन र चार पांग्रेले सवारी परीक्षण कार्यालय, टेकु; ठूला सवारीले यातायात व्यवस्था कार्यालय, एकान्तकुना र सरकारी सवारी साधनले यातायात व्यवस्था विभाग, मीनभवनमा गएर जडान गर्नु पर्छ ।
यसले सवारी साधनको नियमन गर्छ । आधुनिक प्रविधिको प्रयोगमार्फत सवारीको नियमन गर्ने प्रणाली नै इम्बोस्ड नम्बर प्लेट हो भन्न सकिन्छ । यो नम्बर प्लेटको रङ सवारीको प्रकार अनुसार फरक फरक हुन्छ । निजी सवारीमा सेतो प्लेटमा कालो अक्षर, सार्वजनिक सवारीमा पहेंलो प्लेटमा कालो, सरकारीमा सेतो प्लेटमा रातो र कूटनीतिक नियोगको सवारीमा सेतो प्लेटमा निलो अक्षर हुन्छ । प्लेटको माथिपट्टिको भागमा प्रदेशको नाम र संकेत लेखिएको हुन्छ भने त्यसको मुनिपट्टि लट जनाउने गरी अंग्रेजी अल्फाबेट राखिएको हुन्छ । प्रदेशको नाम पनि अंग्रेजीमै लेखिएको हुन्छ ।
कहाँ गएर जोड्ने ?
इम्बोस्ड नम्बर जडान उपत्यकाका तीन ठाउँबाट गर्न सकिन्छ । जसमा दुई पांग्रे सवारीले यातायात व्यवस्था कार्यालय गुर्जुधारामा गएर जडान गर्न सक्नेछन् भने साना तथा मझौला तीन र चार पांग्रे सवारी साधनले सवारी परीक्षण कार्यालय, टेकुमा गएर जडान गर्न सक्नेछन् । यस्तै; ठूला सवारीका लागि यातायात व्यवस्था कार्यालय, एकान्तकुना र सरकारी सवारी साधनका लागि यातायात व्यवस्था विभाग, मीनभवनमा जडान स्थल तोकिएको छ ।
किन राख्ने इम्बोस्ड नम्बर प्लेट ?
इम्बोस्ड नम्बर प्लेट जडान गरिसकेपछि बीचमा झिक्न वा फेर्न मिल्दैन । जसले गर्दा सवारी साधन चोरीका घटनामा न्यूनीकरण गर्न सकिन्छ । अर्को भनेको कर नतिरेका सवारी र सवारी धनीको पहिचान सजिलै गर्न सकिन्छ । नम्बर प्लेटमै रेकर्ड राखिने हुँदा कर नतिरी चलेका सवारीलाई ठाउँको ठाउँ नियन्त्रणमा लिन सकिन्छ । इम्बोस्ड नम्बर प्लेटमा रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन भन्ने नम्बर हुन्छ । यो नम्बरले कुन सवारी, कति नम्बरको सवारी कहाँ छ र कस्तो अवस्थामा छ भनेर सजिलै पत्ता लगाउन सकिन्छ ।
जडान शुल्क कति लाग्छ ?
इम्बोस्ड नम्बर प्लेट जडान गर्न दुई पांग्रे, तीन पांग्रे र चार पांग्रे सवारी साधनका लागि फरक–फरक शुल्क तोकिएको छ । दुई पांग्रेको लागि दुई हजार पाँच सय, तीन पांग्रेको लागि दुई हजार नौ सय, चार पांग्रे मझौला सवारीका लागि तीन हजार दुई सय र हेभी सवारीको लागि तीन हजार ६ सय रुपैयाँ शुल्क तोकिएको छ ।
इम्बोस्ड नम्बर प्लेट जडान गरिसकेपछि बीचमा झिक्न वा फेर्न मिल्दैन । जसले गर्दा सवारी साधन चोरीका घटनामा न्यूनीकरण गर्न सकिन्छ ।
आरएफआईडी स्टेसन दश ठाउँमा
इम्बोस्ड नम्बर प्लेट कार्यान्वयनका लागि सरकारले दश ठाउँमा आरएफआईडी स्टेसन राखेको छ । स्टेसनले सवारी साधनमा प्रयोग भएको आरएफआईडीलाई ट्र्याक गर्छ । स्टेसनमा ट्र्याक भएको सवारी साधनको विवरण विभाग र ट्राफिक प्रहरी महाशाखाले कार्यकक्षमा बसेर हेर्न सक्छ । यसबाट कुन सवारी कहाँ प्रवेश गर्यो भन्ने सजिलै थाहा हुन्छ । यसका लागि उपत्यका छिर्ने प्रमुख पाँच नाका नागढुंगा, फर्पिङ, जोरपाटी, जगाती र नागार्जुनमा स्टेसन बनाइएको छ । उपत्यका बाहिर बुटवल, इटहरी, पथलैया, अत्तरिया र कोहलपुरमा आरएफआईडी स्टेसन राखिएको छ ।
साउन १ गतेदेखि यस्ता सवारीले इम्बोस्ड नम्बर जडान गर्नुपर्छ
नमराज घिमिरे, महानिर्देशक, यातायात व्यवस्था विभाग
जसरी अहिले बागमती र गण्डकी प्रदेशका सबै सवारी साधनलाई इम्बोस्ड नम्बर प्लेट अनिवार्यको कुरा आएको छ त्यसो होइन । हामीले २५ लाख सवारी साधन एक महिनामा दर्ता गर्ने भनेको होइन । यो २०७८ सालको कात्तिक महिनामा राजपत्रमा प्रकाशित सूचनाको फलोअफ हो । यो सूचना अनुसार मंसीर १ गतेबाट नयाँ दर्ता हुने सवारी साधनमा अनिवार्य, फागुन १ गतेबाट नामसारी हुने सवारी साधनमा अनिवार्य र २०७९ जेठ १ गतेबाट नवीकरण गर्ने सवारी साधनमा अनिवार्य भनिएको थियो ।
त्यो अनुसार अब साउन १ गतेबाट मंसीरदेखि यता दर्ता भएका सवारी साधनमा इम्बेस्ड नम्बर राख्ने भनेको हो । बाँकी १४/१५ महिना जति बाँकी छ, त्यसमा पनि यातायात व्यवस्था कार्यालयहरूले लट अनुसार एउटा कार्ययोजना बनाएर नम्बर प्लेट जडान गर्ने हो । यो भनेको साउन १ गतेबाट सडकमा निस्केका सबै सवारी साधनमा इम्बोस्ड नम्बर हुनुपर्छ भन्ने अर्थमा बुझ्नु भएन ।
नयाँ दर्ता हुनेहरूले अनिवार्य गर्नैपर्यो । पहिल्यै दर्ता भइसकेकाहरूलाई क्रमिक रूपमा यातायात व्यवस्था कार्यालयले फेरि कार्यतालिका निकाल्छ र त्यो कार्यतालिका अनुसार आगामी १५ महिनाभित्र २५ लाख सवारी साधनमा जडान गर्ने हो । अहिले नेपालमा ४० लाख सवारी साधन दर्ता छन् । ती सबैले एकै दिनमा जडान गरिसक्नुपर्छ भनिएको होइन ।
इम्बोस्ड नम्बर प्लेट जडान गर्न दुई पांग्रे, तीन पांग्रे, चार पांग्रे मझौला र हेभी सवारी साधनका लागि क्रमशः दुई हजार पाँच सय, दुई हजार नौ सय, तीन हजार दुई सय र तीन हजार ६ सय रुपैयाँ शुल्क तोकिएको छ ।
मंसीर १ गते यता नयाँ दर्ता भएका सवारी साधनले साउन १ गतेसम्म अनिवार्य जडान गर्नै पर्छ । यसको लागि बागमती र गण्डकी प्रदेशमा पूर्वाधार तयार भइसकेको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पनि गर्नुपर्छ । मधेश प्रदेशको चाहिं कात्तिकको सूचना आउँदा नाम नटुंगिएकोले अहिले बनेको छैन ।
बागमती र गण्डकी प्रदेशमा मंसीर १ गतेबाट दर्ता भएका सवारीलाई पुग्ने गरी प्लेटहरू बनाएका छौं । यसका लागि नम्बर प्लेट जडान गर्ने सबै पूर्वाधार तयार भइसकेको छ । आवश्यक पर्ने सबै स्रोतसाधन पनि पर्याप्त मात्रामा छ । आरएफआईडी गेटभन्दा बाहेकका सबै इन्फ्रास्ट्रक्चर तयार छन् ।
अहिले नागरिकले के गलत बुझेको पाइयो भने, आरएफआईडी गेटलाई अनिवार्य शर्तको रूपमा बुझेको पाएँ । तर, यो इम्बोस्ड प्लेट नम्बरको सप्लिमेन्ट्री डिभाइस मात्र हो । यसले इम्बोस्ड नम्बर भएका सवारी साधनलाई काउन्ट गर्ने मात्र हो । जस्तै; अहिले उपत्यका भित्रिने र बाहिरिने सवारीलाई थानकोटमा प्रहरीले काउन्ट गर्छ । यो गेट राख्यो भने काउण्ट गर्ने काम त्यो गेटले काम गर्छ, प्रहरीले गर्नु पर्दैन ।
आरएफआईडी गेट भनेको इम्बोस्ड नम्बर प्लेटको नेसेसरी डिभाइस नभई सप्लिमेन्ट्री डिभाइस हो । यसमा जिपीएस लोकेशनभन्दा बाहेक अन्य सबै सूचना अहिलेको रेडियो फ्रिक्वेन्सी स्टीकर अथवा सवारी साधनमा लगाएको चिप्समा हुन्छ र आरएफआईडी गेटबाट क्रस हुनेबित्तिकै सबै सूचना सहितको विवरण सेन्टर सर्भरमा आउँछ ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
काठमाडौं - नेपाल प्रहरीका पूर्व नायब उपरीक्षक (डिएसपी) गोविन्द पन्थी भिजिट भिसाको नाममा भइरहेको मानव तस्करी, कागज किर्तीलगायतका गम्भीर अपराधको अनुसन्धानमा संलग्न हुँदा धम्की, राजनीतिक दबाब...
अहिले चट्याङको सिजन छ। दिनहुँ धनजनको क्षति भएको समाचार आइरहेका छन्। सप्तरीमा शनिबार बिहान चट्याङ लागेर सात वर्षीया बालिकाको ज्यान गएको छ, अर्का सात वर्षीय बालक...
कालिकोट - कर्णाली नदीको पारि, विकट र कच्ची सडकहरूलाई चिर्दै एउटा ट्याक्टर आइतबार राति आफ्नो गन्तव्यतर्फ अघि बढिरहेको थियो। पलाँता गाउँपालिका-९ को थिर्पुबाट निस्केको त्यो सानो सवारी...
अप्रिल १५, २०२५ को सिएनएनको अनलाइन पोर्टलको समाचरमा ‘भारत र पाकिस्तानमा बढेको चरम गर्मीको लहरले तापक्रम डेथ भ्याली स्तरमा पुग्ने छ’ भन्ने प्रसंग छ। यस...
तपाईंले ओलम्पिक, क्रिकेट, फुटबल, दौड देख्नुभएको होला तर के तपाईंले कहिल्यै ‘स्पर्म रेस’ सुन्नुभएको छ ? र त्यो पनि स्टेडियममा हजारौं मानिसहरूको अगाडि लाइभ कमेन्टरी सहित...