• शुक्रबार, २७ श्रावण, २०७९
  • १४:४२:४४
  • नेपालीको अभिमत

प्रविधि

१० ग्राम सुन पाउने बम्पर अफर भन्दै एसएमएस आए लिङ्क नखोल्न प्राधिकरणको आग्रह

नेपालमत

शनिबार, १४ जेठ, २०७९

काठमाडौं- नेपाल टेलिकमको सीम लिएका ग्राहकको मोवाइल नम्बरमा १० ग्राम सुन पाउने बम्पर अफर भन्दै एसएमएस आएमा त्यो लिङ्क नखोल्न नेपाल दूरसञ्चार प्राधिकरणले आग्रह गरेको छ । 

एक सूचना जारी गर्दै प्राधिकरणले एनटिसीको मोबाइलमा ‘१० ग्राम सुन पाउने बम्बर अफर’ सम्बन्धी एसमएस आएमा नखोल्न भनेको हो । 

पछिल्लो समय नेपाल टेलिकमबाट बितरित मोवाइल नम्बरहरुमा पछिल्लो समय २० रुपैयाँमै १० ग्राम सुन जित्ने अवसर भन्दै एसएमएस पठाइने गरिएको छ । एसएमएसमा उल्लेख लिंक नखोल्न प्राधिकरणले सचेत गराएको हो । 

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2022 कृष्णसार मल्टिमिडिया. All Rights Reserved Site by : i-Tech Nepal