• शुक्रबार, २७ श्रावण, २०७९
  • १५:२७:३०
  • नेपालीको अभिमत

प्रविधि

नक्कली खाताका कारण ट्विटर सम्झौता होल्डमा रहेको एलोन मस्कको भनाई

एजेन्सी

शुक्रबार, ३० बैशाख, २०७९

टेस्लाका सीईओ एलोन मस्कले सोसल मिडिया प्लेटफर्म ट्विटर किन्ने बारे हुन गइरहेको सम्झौता यसमा नक्कली खाताहरूको गणनाको कारण रोकिएको बताएका छन्।

मिडिया रिपोर्टका अनुसार ट्विटरको सेयर प्रारम्भिक व्यापारमा २० प्रतिशतले घटेको छ ।

मस्कले यस हप्ताको शुरुमा पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई प्रतिबन्ध लगाउने ट्विटरको निर्णय गल्ती  भएको  बताएका थिए। 

यदि उनको सोशल मिडिया कम्पनीको अधिग्रहण सफल भयो भने यसलाई उल्टाउने बताएका थिए ।

हालै ४४ अर्ब अमेरिकी डलरको सम्झौतामा मस्कले ट्विटर अधिग्रहण गर्ने सहमत भएको छ ।  यद्यपि यो अझै पनि शेयरकर्ताहरूको स्वीकृतिको अधीनमा छ।

एजेन्सी

लेखकका थप सामग्रीका लागि यहाँ क्लिक गर्नुहोस्

शुक्रबार, ३० बैशाख, २०७९

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2022 कृष्णसार मल्टिमिडिया. All Rights Reserved Site by : i-Tech Nepal