नेपालगञ्ज – भारोत्तोलन खेलाडी सन्जु चौधरीको पार्थिव शरीरमा युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले राष्ट्रिय झण्डा ओढाएर सम्मान व्यक्त गर्नु भएको छ ।
बुधबार बिहान बाँकेको राप्तिसोनारीस्थित चौधरीको निवासमा पुगेर मन्त्री अथकले राष्ट्रिय झण्डा ओढाई श्रद्धाञ्जली अर्पण गर्नु भएको हो ।
मंगलबार काठमाडौँमा मृत अवस्थामा भेटिएकी चौधरीको शव गृह जिल्ला बाँके लगिएको थियो। बाँकेको राप्तीसोनारी ३ बेलासपुरमा रहेको घरमा बुधबार चौधरीको शव अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको थियो। चौधरीलाई अन्तिम श्रद्धाञ्जली दिन बेलासपुर पुगेका मन्त्री अथकले राष्ट्रिय झण्डा ओढाएर सम्मान व्यक्त गर्नु भयो ।
मन्त्री अथकले चौधरीको निधनले नेपाली खेल क्षेत्रमा अपुरणीय क्षति पुगेको बताउनु भयो।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
काठमाडौं– नेपालले क्यानडासँग दुई दिवसीय प्रतियोगीता खेल्ने भएको छ । नेपालले आईसीसी लिग २ अन्तर्गत स्कटल्याण्डमा हुने शृङ्खला अघि तयारीस्वरुप यो शृङ्खला खेल खेल्न लागेको हो...
अब विश्वकप फुटबलमा सहभागी हुने देशको राष्ट्रिय टोलीमा २६ जना खेलाडी रहन पाउने भएका छन् । कोरोनाभाइरस महामारी सुरु हुनुअघि राष्ट्रिय टोलीमा २३ सदस्य हुने गर्थे। देशभित्र...
काठमाडौं– एसीसी महिला टी–२० च्याम्पियनसिपमा नेपाल सेमिफाइनलबाटै बाहिरिएको छ । वर्षा बाधक बन्दा खेल रद्द भएपछि युएई फाइनल पुगेको हो । मलेसियामा टस जितेर पहिले बलिङ गरेको...
काठमाडौं- नेपाली राष्ट्रिय फुटबल टोली फिफा वरियतामा आठ स्थान तल झरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले आज सार्वजनिक गरेको नयाँ वरियताअनुसार नेपाल १७६औँ स्थानमा...
काठमाडौं- एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिपमा नेपाल हङकङसँग पराजित भएको छ । मलेसियाको किनरारा ओभल क्रिकेट मैदानमा आज भएको समूह चरणको अन्तिम खेलमा नेपाल हङ्कङसँग सात विकेटले...