काठमाडौं- जिम्बावे ए विरुद्धको तेस्रो तथा अन्तिम एकदिवशीय खेलमा जिम्बावे ‘ए’ले नेपाललाई २१४ रनको लक्ष्य दिएको छ।
टस हारेर पहिले ब्याटिङ गरेको जिम्बावे ‘ए’ टोली ३२.१ ओभरमा २१३ रन जोड्दै अलआउट भयो ।
वर्षाले मैदान हिलो भएपछि ३३ ओभरमा छोट्याइएको थियो ।
जिम्बावेका टाडिवानासे मारुमानीले सर्वाधिक ५० रन, इन्नोसेन्ट किया १२ रन,कुडजाई माउन्जेले ३९, रोए कियाले ३६, कप्तान टोनी मुन्योङ्गाले २४, लुक जोङ्ग्वेले १९ र सेफास जुवायोले १६ रन जोडे ।
बलिङमा किशोर महतोले ७ ओभरमा १ मेडन राखेर ४३ रन खर्चँदै सर्वाधिक ५ विकेट लिए । सोमपाल कामीले २ तथा दीपेन्द्र सिंह ऐरी र करण केसीले समान एक विकेट लिए ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
काठमाडौं– नेपालले क्यानडासँग दुई दिवसीय प्रतियोगीता खेल्ने भएको छ । नेपालले आईसीसी लिग २ अन्तर्गत स्कटल्याण्डमा हुने शृङ्खला अघि तयारीस्वरुप यो शृङ्खला खेल खेल्न लागेको हो...
अब विश्वकप फुटबलमा सहभागी हुने देशको राष्ट्रिय टोलीमा २६ जना खेलाडी रहन पाउने भएका छन् । कोरोनाभाइरस महामारी सुरु हुनुअघि राष्ट्रिय टोलीमा २३ सदस्य हुने गर्थे। देशभित्र...
काठमाडौं– एसीसी महिला टी–२० च्याम्पियनसिपमा नेपाल सेमिफाइनलबाटै बाहिरिएको छ । वर्षा बाधक बन्दा खेल रद्द भएपछि युएई फाइनल पुगेको हो । मलेसियामा टस जितेर पहिले बलिङ गरेको...
काठमाडौं- नेपाली राष्ट्रिय फुटबल टोली फिफा वरियतामा आठ स्थान तल झरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले आज सार्वजनिक गरेको नयाँ वरियताअनुसार नेपाल १७६औँ स्थानमा...
काठमाडौं- एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिपमा नेपाल हङकङसँग पराजित भएको छ । मलेसियाको किनरारा ओभल क्रिकेट मैदानमा आज भएको समूह चरणको अन्तिम खेलमा नेपाल हङ्कङसँग सात विकेटले...