ताजा

  • आइतबार, २२ असार, २०८२
  • ०५:१३:३७
  • नेपालीको अभिमत

प्रविधि

५ बर्षमा ट्विटरको आम्दानी २६ अर्ब ४० करोड डलर पुर्‍याउने एलन मस्कको लक्ष्य

एजेन्सी

आइतबार, २५ बैशाख, २०७९

एलन मस्कले माइक्रोब्लगिङ वेबसाइट ट्विटरको आम्दानी बढाएर पाँच गुणभन्दा धेरै माथि पुर्‍याउन खोजिरहेको बताइएको छ  । 

यसबारे मस्कले कम्पनीका लगानीकर्ताहरुसमक्ष पेश गरेको प्रिजेनटेशनलाई उद्धृत गर्दै न्यूयोर्क टाइम्सले जनाएको छ । 

सन् २०२८ सम्ममा कम्पनीको आम्दानी २६ अर्ब ४० करोड डलरमा पुर्‍याउने मस्कको लक्ष्य छ । गत वर्ष कम्पनीको आम्दानी ५ अर्ब डलर मात्रै थियो । 

मस्कको योजना अनुरुप सन् २०२० मा ९० प्रतिशत रहेको विज्ञापनबाट हुने आम्दानी उक्त अवधिमा ४५ प्रतिशतमा झर्नेछ । सन् २०२८ मा विज्ञापनबाट हुने आम्दानी १२ अर्ब डलर रहनेछ । 

सब्क्रिशनबाट अर्को १० अर्ब डलर आउनेछ । सन् २०२५ मा ट्विटरको क्याश फ्लो बढाएर ३ अर्ब २० करोड डलर र सन् २०२८ मा ९ अर्ब ४० करोड डलर पुर्‍याउने मस्कको लक्ष्य छ । 

गत महीना मस्कले ४४ अर्ब डलर नगद तिरेर ट्विटर किन्ने सम्झौता गरेका थिए । 

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2025 कृष्णसार मल्टिमिडिया. All Rights Reserved