कर्णाली- कर्णाली साहित्य समाजले वर्ष २०७७ को कर्णाली साहित्य समाज कृति पुरस्कार नयनराज पाण्डेको कृति जियारालाई प्रदान गर्ने भएको छ ।
रु ५० हजार राशिको उक्त पुरस्कार २०७७ सालभित्र प्रकाशित कृतिमध्येबाट छनोट गरेर जियारालाई दिने निर्णय गरिएको संस्थाका संस्थापक संरक्षक महेशविक्रम शाहले जानकारी दिनुभयो ।
उक्त पुस्तकमा तराई र मधेसका समाजमा विद्यमान पारम्परिक कुप्रथा, रूढिवादी संस्कार र अन्धविश्वासमाथि निर्मम प्रहार गर्दै आमनागरिकका दुःख, पीडा र भोगाइलाई समेटिएको छ ।
कर्णाली साहित्य समाज साधना सम्मान प्रा डा राजाराम सुवेदीलाई प्रदान गरिने छ । संस्थाले स्थापना गरेको रु २५ हजार राशिको पुरस्कार नृत्य निर्देशक कुलमान नेपालीलाई प्रदान गरिने जनाइएको छ ।
आगामी चैतमा संस्थाको स्थापना दिवसको अवसर पारेर उक्त सम्मान तथा पुरस्कार प्रदान गरिने संस्थाका उपाध्यक्ष देवकी तिमिल्सिना ‘समीक्षा’ ले जानकारी गराउनुभयो ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
काठमाडौं - चलचित्र विकास बोर्डले धेरै कमाउने २५ नेपाली फिल्मका निर्मातालाई सम्मान गरेको छ। बाेर्डले स्थापनाकाे २५ वर्षमा देशभित्र धेरै कमाउने फिल्मका निर्माताहरूलाई बिशेष कार्यक्रम गरी सम्मान गरेको हो। स्थापनाको...
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को छैठौं च्याप्टर सम्मेलन ११ बुँदे घोषणापत्र जारी गर्दै सकिएको छ । तीन दिनसम्म चलेको सम्मेलनको पहिलो दिनमा उद्घाटन सत्र राखिएको...
सुमधुर नयाँ गीत ‘तारा जुनैले’ सार्वजनिक भएको छ । प्रेम, आशा र वियोगको त्रिकोणात्मक भाव बोकेको यो गीतमा गायक ईश्वर सिंह र गायिका रितु कँडेलको...
काठमाडौं - सङ्गीतकार संघ नेपालको १३औं वार्षिक साधारणसभा तथा सातौं अधिवेशनबाट अष्ट लामाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । चेतन सापकोटाको नेतृत्वमा रहेको संघको कार्यसमितिलाई...
संसारको सबैभन्दा महँगो शो कुन हो र यसलाई बनाउन कति पैसा खर्च भयो वा हुनेछ भन्ने अनुमान लगाउन सक्नुहुन्छ ? यदि तपाईं २००–४०० करोड सोच्दै हुनुहुन्छ...