ताजा

  • बिहीबार, १९ असार, २०८२
  • १२:०९:०७
  • नेपालीको अभिमत

फिचर

'प्रजातन्त्र नेपाल रेडियो’ बन्यो रेडियो नेपाल

नेपालमत

मंगलबार, ११ जेठ, २०७८

सांकेतिक तस्वीर

रेडियो नेपाल २००७ (सन् १९५१) मा सुरु भएको हो । त्यतिबेला संसारमा रेडियो प्रसारण प्रविधिको विकास भएको पचास वर्ष र बेलायत तथा अमेरिका जस्तादेशमा नियमित रेडियो कार्यक्रम प्रसारण गर्ने संस्थाहरू सञ्चालन हुन थालेको तीस वर्ष भइसकेको थियो ।

सन् १९२० कोे दशकको अन्तदेखि नै रेडियो सेटहरू नेपाल भित्रि सकेका हुनाले रेडियो नेपाल सुरु हुँदा नेपालीहरूले अन्य ठाउँबाट प्रसारण भएका कार्यक्रमहरू सुन्न थालेको पनि कम्तिमा बीस वर्ष भइसकेको थियो ।

सात सालको क्रान्तिताका राणा विरोधी गतिविधिमा सक्रिय योद्धाहरूले 'प्रजातन्त्र नेपाल रेडियो’ पनि सञ्चालन गरेका थिए । तर नियमित  कार्यक्रमहरू  प्रसारण  गर्ने रेडियो  स्टेसनको संस्थागत  स्वरूप  हेर्न नेपालीले २० चैत २००७ सम्म कुर्नु पर्यो । त्यो दिन 'प्रजातन्त्र नेपाल रेडियो’कै  नाममा  काठमाडौँको  सिंहदरबारबाट  रेडियो प्रसारण  गर्न  थालियो । 

पछि रेडियो नेपालको सामाजिक इतिहास प्रजातन्त्र भन्ने शब्द झिकेर 'नेपाल रेडियो’ राखियो र केही समयपछि नै यसको पनि नाम परिवर्तन गरी 'रेडियो नेपाल’ राखियो । यो संस्था नै नेपाल भित्रको अविच्छिन्न रेडियो प्रसारण संस्था बन्न पुग्यो । मार्टिन चौतारीले निकालेको 'रेडियो नेपालको सामाजिक इतिहास' पुस्तकमा छ ।

 

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2025 कृष्णसार मल्टिमिडिया. All Rights Reserved