वीरेन्द्रनगर- सुर्खेत जिल्ला क्रिकेट संघमा श्रीधर केसीको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ ।
बिहीबार सम्पन्न साधारण सभाबाट केसीको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको हो ।
समितिको उपाध्यक्षमा श्यामकुमार थापा, सचिव प्रकाश भुषाल तथा कोषाध्यक्षमा रुद्र भण्डारी चयन हुनु भएको छ ।
त्यसैगरी, सदस्यहरुमा पदमबहादुर खड्का, नरेशसिंह थापा, सूर्य थापा, रमेश शाही, विश्व भारती, नगेन्द्र उपाध्याय, जनक वक्रम शाही, भुवन कोईराला, रोशन शाही, विदूर केसी, सम्राट राई निर्वाचित हुनु भएको सुर्खेत जिल्ला क्रिकेट संघले जनाएको छ ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
काठमाडौं - नेपाल हेरिटेज २५ किलोमिटर रेसको उपाधि केन्याका जुलियस म्युरुकी र नेपालकी सन्तोषी श्रेष्ठले जितेका छन्। २५ किलोमिटर पुरुषतर्फ केन्याका जुलियस म्युरुकीले १ घण्टा १६...
काठमाडौं - खेलकुद सम्बन्धि बहस छलफल बिरलै भइरहेका बेला आउँदो जेठ अन्तिम साता काठमाडौंमा पहिलोपटकल अन्तर्राष्ट्रियस्तरको दौड सम्मेलन हुने भएको छ । जेठ २३ गते शुक्रवार...
नेपालगन्ज - नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरी विश्व म्याराथनको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस (एम्स)को दूत नियुक्त भएका छन् । एम्सका नवनिर्वाचित अध्यक्ष...
काठमाडौँ - जारी पेरिस ओलम्पिकमा अहिलेसम्म ८० देशले पदक जितेका छन् । बुधबार सम्पन्न खेलपछि ५३ देशले स्वर्ण पदक जितेका छन् भने कुल ८० देशले पदक जितेका छन् । पदक तालिकामा अमेरिका २७ स्वर्ण, ३५ रजत र ३२ काश्य पदक जितेर शिर्ष स्थानमा रहेको छ भने चीन २५ स्वर्ण, २३ रजत र १७ काश्य पदक जितेर दोस्रो स्थानमा रहेको छ । त्यस्तै...
काठमाडौँ - अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि जितेको छ । सोमबार बिहान सम्पन्न फाइनल खेलमा कोलम्बियालाई १-० गोल अन्तरले पराजित गर्दै कोपा अमेरिकाको उपाधि जितेको हो । निर्धारित ९० मिनेटको समयमा दुवै देशले कुनै गोल गर्न नसकेपछि ३० मिनेट अतिरिक्त समय खेलाइएको थियो । खेलको ११२औ मिनेटमा लाउतारो मार्टिनेजले गरेको गोल नै खेलको निर्णयाक गोल बनेको थियो । यस खेलमा घाइते भएपछि लियोनेल...