ताजा

  • शुक्रबार, २७ असार, २०८२
  • ०४:४२:००
  • नेपालीको अभिमत

व्यक्ति-कथा

चिरनका कठिन मोडहरू : सडक नाटकदेखि सिनेमा निर्माणसम्म

इन्द्रसरा खड्का

शनिबार, १ माघ, २०७८

च्छा थियो नेपाल प्रहरीको इन्स्पेक्टर बन्ने । तर, टिभीमा समाचार पढेको देख्दा रुचि त्यता मोडियो । अहिले न त प्रहरी बन्नुभयो न त समाचार वाचक नै । बरु उहाँको यात्रा अन्तैतिर ढल्कियो । उहाँ अर्थात् चिरञ्जीवी सापकोटा (जीवी चिरन) ।

चिरनको घर सुर्खेत । कक्षा चारमा पढ्दैदेखि विद्यालयमा हुने हरेक कार्यक्रमका नाटकमा सहभागिता जनाउनुहुन्थ्यो । ६ कक्षासम्म पुग्दा त गाउँमा हुने सडक नाटकहरूमा भाग लिन थालिसक्नुभएको थियो ।

यसरी सानै उमेरदेखि नाटक खेल्नुभएका चिरन अहिले म्युजिक भिडिओमा अभिनय गर्न व्यस्त हुनुहुन्छ । तर, म्युजिक भिडिओमा आउनुभन्दा जेठो पेसा चाहिं पत्रकारिता हो ।

“धेरै समयसम्म के गर्ने, के बन्ने भनेर भेउ नै पाइनँ । रेडियोमा काम गरें, युट्युबमा काम गरें, हुँदाहुँदै कोरिया जाने तयारी पनि गरें । तर, अहिले भने कलाकारिता क्षेत्रमा रमाइरहेको छु,” नेपालमतसँगको कुराकानीमा चिरनले भन्नुभयो ।

चिरनका आमाबुवालाई छोराले सरकारी जागिर खाओस् भन्ने इच्छा थियो । त्यसैले बुवाको जोड उहाँलाई साइन्स अथवा कमर्श पढाउने थियो । तर, उहाँले पत्रकारिता विषय रोजेर मानविकी पढ्नुभयो । यो विषयमा उहाँ र बुवाबीच केही समय मनमुटाव पनि भयो ।

‘हेर यो मुटुमा चिरा पर्‍या छ’ गीतबाट अभिनय यात्रा थालनी गर्नुभएका चिरन अहिले चलचित्र बनाउने तयारीमा हुनुहुन्छ । ‘रेलको बाटो पुग्दैछ रे तिमी बस्ने शहरमा’ गीतमा अभिनय गर्न डोल्पा पुगेपछि उहाँले ‘रेलको बाटो’ चलचित्र बनाउने योजना बनाउनुभएको हो ।

रेडियो यात्रा

सडक नाटक हुँदै रेडियोमा नाटक खेल्न थालेपछि चिरनलाई रेडियोमा काम गर्न मन लाग्यो । अनि रेडियो जागरणमा हास्यव्यङ्ग्य कार्यक्रम शुरू गर्नुभयो । यो कार्यक्रम चर्चित भयो, उहाँलाई चिन्ने मान्छे पनि बढ्दै गए । छवि राम्रो बन्दै गएपछि पेसाकै रूपमा रेडियो पत्रकारिता शुरू गर्नुभयो । पत्रकारिता विषय लिएर पढ्नुभएका उहाँले रेडियो जागरणपछि रेडियो भेरीमा समाचार पढ्न शुरू गर्नुभयो । लामो समय भेरीमा काम गरेपछि रेडियो सुर्खेतमा काम गर्नुभयो । त्यसपछि भने जिल्ला छोडेर काठमाडौंतिर हानिनुभयो ।

युट्युब यात्रा

पहिलेदेखि टिभी समाचार वाचक बन्ने सपना बुन्नुभएका चिरन काठमाडौं छिरेपछि टेलिभिजनमा काम गर्न पुग्नुभयो । तर, आफूले सोचे जस्तो नभएपछि छोड्नुभयो । काठमाडौंमा बेरोजगार बस्नु आर्थिक हिसाबले महंगो हुने भएपछि रेडियो राजधानीमा काम थाल्नुभयो ।

रेडियो राजधानीपछि मेरो एफएम, नेपालवाणी नेटवर्कमा काम गर्नुभयो । त्यसपछि विन्दास टिभी नामक युट्युब च्यानल सञ्चालन गर्नुभयो । “मैले सञ्चालन गरेको यु्ट्युब च्यानल राम्रै चलेको थियो । पैसा पनि राम्रै कमाइ हुन्थ्यो । महिनामा दुई/तीन लाखसम्म कमाइ भयो । तर, अहिले यो पनि छोडेर कलाकारितामा लागेको छु,” चिरन भन्नुहुन्छ ।

अभिनय यात्रा

चिरन म्युजिक भिडिओमा अभिनय गर्न थाल्नुभएको धेरै भएको छैन । २०७६ सालमा विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ ले विश्व ठप्प भयो । धेरै देश ‘लकडाउन’मा गए । नेपालमा पनि चैत २०७६ मा पहिलो पटक लकडाउन भयो । मान्छे घरभित्रै बस्न थाले । तर, चिरनलाई भने त्यही वेला गीतमा अभिनय गर्ने अवसर मिल्यो । उहाँले ‘हेर यो मुटुमा चिरा पर्‍याछ’ भन्ने गीतमा अभिनय गर्नुभयो ।

‘हेर यो मुटुमा चिरा पर्‍या छ’ गीतबाट अभिनय यात्रा थालनी गर्नुभएका चिरन अहिले चलचित्र बनाउने तयारीमा हुनुहुन्छ । ‘रेलको बाटो पुग्दैछ रे तिमी बस्ने शहरमा’ गीतमा अभिनय गर्न डोल्पा पुगेपछि उहाँले ‘रेलको बाटो’ चलचित्र बनाउने योजना बनाउनुभएको हो ।

आफ्नो अभिनय रहेको पहिलो गीत चिरनलाई निकै फाप्यो । गीतले राम्रो भ्यूज पायो । त्यसपछि उहाँलाई अरू गीतबाट पनि प्रस्ताव आउन थाल्यो । ‘रेलको बाटो’ गीतमा अभिनय गरिसकेपछि भने उहाँ झनै परिचित हुनुभयो । हालसम्म चिरनले ७० भन्दा बढी गीतमा अभिनय गरिसक्नुभएको छ । उहाँलाई दुःखको गीतमा अभिनय गर्न मन पर्छ ।

स्व–अध्ययनबाटै अभिनय

विद्यालयमा नाटक देखाउँदा होस् या गाउँमा सडक नाटक देखाउँदा होस् चिरनले यस सम्बन्धी औपचारिक शिक्षा लिएर गर्नुभएको होइन । उहाँ समाजका निश्चित पात्रको क्यारेक्टरमा भिजेर अभिनय गर्नुहुन्थ्यो । यद्यपि; उहाँ १३ वर्षको छँदा काठमाडौंबाट सडक नाटक सिकाउन एउटा टोली सुर्खेत गएको थियो । त्यो वेला चाहिं अभिनय कसरी गर्ने भन्नेबारे पाँच दिने तालिम लिनुभएको थियो ।

“प्रायः नाटकमा मेरो भूमिका जाँडरक्सी खाएर समाजमा होहल्ला गर्ने पात्रको हुन्थ्यो । रक्सी खाएर श्रीमती पिट्नेदेखि लिएर समाजको अमनचयन बिगार्नेहरूप्रति मेरो व्यङ्ग्य रहन्थ्यो,” चिरन भन्नुहुन्छ ।

परिवारको भूमिका

चिरनका आमाबुवालाई छोराले सरकारी जागिर खाओस् भन्ने इच्छा थियो । त्यसैले बुवाको जोड उहाँलाई साइन्स अथवा कमर्श पढाउने थियो । तर, उहाँले पत्रकारिता विषय रोजेर मानविकी पढ्नुभयो । यो विषयमा उहाँ र बुवाबीच केही समय मनमुटाव पनि भयो । तर, पछि भने बुवा नै उहाँको फ्यान हुनुभयो ।

“त्यो वेला रेडियोमा बोल्ने भनेपछि गाउँमा ठूलै शान हुन्थ्यो । पहिले यो क्षेत्रमा लाग्दा रिसाउने बुवा पछि मेरै समाचार सुनेर बस्नुहुन्थ्यो,” चिरन भन्नुहुन्छ । अहिले चिरनका भाइ पनि यही क्षेत्रमा हुनुहुन्छ । आमाबुवा पनि खुशी नै हुनुहुन्छ ।

फिल्मी यात्रा

चिरन अहिले ‘रेलको बाटो’ चलचित्रको तयारीमा लागिरहनुभएको छ । यसको लागि कर्णालीको वस्तुस्थितिबारे अध्ययन गर्दै कथा लेखिरहनुभएको छ ।

कथा लेखिसकेपछि त्यसलाई पटकथामा ढाल्नुपर्ने उहाँ बताउनुहुन्छ । कुन ठाउँ रोज्ने, रेकर्ड कसरी गर्ने, कस्ता कलाकार छनोट गर्ने आदि कुरा बाँकी नै रहेको चिरनको भनाइ छ ।

इन्द्रसरा खड्का

लेखकका थप सामग्रीका लागि यहाँ क्लिक गर्नुहोस्

शनिबार, १ माघ, २०७८

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

  • नेपालमत

    नेपाल प्रहरीका ६ महिने नयाँ आइजिपी दीपक थापा

    काठमाडौं - नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) पदमा दीपक थापा नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) रहेका थापालाई आइजिपी नियुक्त गरेको हो।  यसअघिका प्रहरी महानिरीक्षक...

  • नेपालमत

    विश्वमा चर्चित १० नेपाली भाषी व्यक्तिहरू

    काठमाडौं - नेपाली भाषा र संस्कृतिको समृद्धि र नेपाली भाषी समुदायको गौरव विश्वभर फैलिएको छ। राजनीति, चिकित्सा, विज्ञान, खेलकुद, चलचित्र, आयुर्वेद, सैनिकता, पर्वतारोहण तथा साहित्यका क्षेत्रमा...

  • गरे स्वदेशमै के हुन्न ? कृष्णभक्त दुवालले ९ वर्षमा खोले पाँच उद्योग

    भक्तपुर - स्वदेशमा केही पनि हुन्न, केही गर्न सकिन्न भन्ने निराश युवाहरूको लागि एक जना उदाहरणीय व्यक्तित्व हुन्, भक्तपुरका युवा इन्जिनियर कृष्णभक्त दुवाल। भक्तपुर नगरपालिका वडा नम्बर १० महालक्ष्मीस्थान निवासी इन्जिनियर दुवालले पछिल्लो नौ वर्षको छोटो अवधिमा पाँच वटा ठूला उद्योगहरू सञ्चालन गर्न सफल भएका छन्। ती उद्योगहरूमा उनले सयौं नवयुवाहरूलाई रोजगारी उपलब्ध गराइरहेका छन्।  ‘केही काम गर्नका लागि सवैभन्दा पहिलो प्यासन (लगाव)...

  • नेपालमत

    बङ्गुरले फेरेको रिताको जीवन

    गोरखाको सहिद लखन गाउँपालिकाका महिला सीपमूलक तालिम लिएर आयआर्जनमा जोडिन थालेका छन्। विभिन्न सङ्घसंस्था तथा स्थानीय पालिका र वडामार्फत प्रदान गरिँदै आएको सीपमूलक तालिम लिएर...

  • नेपालमत

    पाँच 'इन्टेग्रिटी आइकन'को नाम सार्वजनिक, को ? किन भए उत्कृष्ट ? (विस्तृत विवरण सहित)

    काठमाडौं - एकाउन्टविलिटी ल्याब नेपालले पाँच जना 'इन्टेग्रिटी आइकन'को नाम सार्वजनिक गरेको छ । विगत दश वर्षदेखि उत्कृष्ट सेवादिने कर्मचारीलाई खोजेर ल्याबले इन्टेग्रिटी आइकन मार्फत् सम्मानित गर्दै...

© 2025 कृष्णसार मल्टिमिडिया. All Rights Reserved