नेपालगन्ज - नेपालगन्जको बेलासपुरमा 'एभियसन म्युजियम' संचालनमा आएकाे छ ।
१ करोड ८० लाख रूपियाँ लगानीमा स्थापना भएको म्युजियम शनिवारदेखि सञ्चालनमा आएकाे परिकल्पनाकार तथा संचालक क्याप्टेन वेद उप्रेतीले जानकारी दिनुभयो ।
विद्यार्थीहरुलाई हवाई सम्बन्धी जानकारी दिने तथा आन्तरिक पर्यटनमा टेवा पुर्याउने उद्देश्यले म्युजियमको स्थापना भएको हो । ठूलो जहाजभित्र २ सय भन्दा बढी मोडेलका जहाजहरु पनि राखिएको छ ।
पश्चिम नेपाल र एभरेष्ट क्षेत्रका ३० उत्कृष्ट फोटोहरु पनि राखिएको उप्रेतीले बताउनुभयो । स्कुलका विद्यार्थीहरुका लागि छुट सहित टिकटको व्यवस्था गरिएको उहाँले बताउनु भयो ।
धनगढीमा रहेको उक्त म्युजियमलाई त्यहाँ स्थान अभाव भएका कारण स्थानान्तरण गरी नेपालगन्ज ल्याइएको हो । 'एभियसन म्युजियम'को स्थापनाले नेपालगन्जको पर्यटन प्रर्वधनमा मद्दत पुग्ने विश्वास लिइएको छ ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
काठमाडौं- प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्धजयन्ती पर्व आज भगवान् विष्णुको नवौँ अवतारका रुपमा जन्म लिनुभएका सिद्धार्थ गौतमको पूजा आराधना प्रवचन गरी मनाइँदै...
काठमाडौं - निर्वाचनको समयमा पर्यटकको सुविधाका लागि नेपाल पर्यटन बोर्डले सटल बससेवा सञ्चालन गर्ने भएको छ । वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका दिन काठमाडौँमा...
झापा– प्रदेश नं १ लगायत तराईका जिल्लामा आदिवासी समुदायले पूरापूर्वकालदेखि नै मनाउँदै आएको सिरुवा पर्व सुरु भएको छ । नयाँ वर्षको आगमनसँगै सुरु हुने पर्व विशेषगरी...
इलाम– नयाँ वर्षका अवसरमा इलाममा तेस्रो ‘सूर्योदय सडक महोत्सव’ हुने भएको छ । इलामको फिक्कलमा आगामी वैशाख १ र २ गते महोत्सव हुने भएको हो । सूर्योदय...
चितवन– कोरोनाको सङ्क्रमण घटेसँगै आन्तरिक पर्यटक आकर्षण गर्न सौराहाको जङ्गल सफारी लजले छुटृै प्याकेज कार्यक्रम सार्वजनिक गरेको छ । अहिले तिरेरपछि उपभोग गर्न पाउने गरी ‘पे...