• बिहीबार, १३ बैशाख, २०८१
  • २१:४९:०५
  • नेपालीको अभिमत

प्रविधि

६५ जिल्लामा पुग्यो निःशुल्क इन्टरनेट

नेपालमत

सोमबार, १३ मङ्सिर, २०७८

काठमाडौं– देशैभर उच्च गतिको ब्रोडब्यान्ड इन्टरनेट पुर्‍याउने लक्ष्यसहित नेपाल दूरसञ्चार प्राधिकरणले अघि बढाएको परियोजना अन्तर्गत कात्तिक मसान्तसम्म ६५ जिल्लामा इन्टरनेट पहुँच पुगेको छ ।

दुई वर्षसम्म निःशुल्क रुपमा इन्टरनेट उपलब्ध गराउने गरी प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोषमार्फत विभिन्न परियोजना अघि बढाएको छ । त्यसमध्ये ब्रोडब्यान्ड इन्टरनेट सेवा उपलब्ध गराउने सम्बन्धी परियोजना अन्तर्गत कुल १८ प्याकेज सञ्चालनमा रहेको छ । जसको कुल लागत पाँच अर्ब ६७ करोड ४६ लाख ९१ हजार रहेको छ ।

त्यसमध्ये कात्तिक मसान्तसम्म ६५ जिल्लाहरूमा शतप्रतिशत र बाँकी ५ जिल्लामा ५० प्रतिशत काम सम्पन्न भई इन्टरनेट सेवा सञ्चालनमा आएको छ । त्यस्तै एक प्याकेज अन्तर्गत ४ जिल्ला ३० प्रतिशत काम सम्पन्न भएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार स्थानीय निकाय, वडा कार्यलय, विद्यालय, स्वास्थ्य चौकी गरी कुल १५ हजार ९ सय ८२ निकायमा इन्टरनेट जडान गरिने छ । त्यसमध्ये हालसम्म कुल १५ हजार ३ सय ४९ निकायमा इन्टरनेट जडान सम्पन्न भइसकेको छ । त्यस्तै ६ सय ३३ स्थानमा जडानको कार्य बाँकी रहेको छ । यो हुँदा हालसम्म ९६।०४ प्रतिशत काम सम्पन्न भएको छ ।(टेकपाना)

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved