• बिहीबार, ६ माघ, २०७८
  • १०:०५:४८

चितवन महाधिवेशन : एमालेमा ओलीकरणको पूर्णता

एमालेको ओलीकरण नवौं महाधिवेशनबाट शुरू भएको थियो । दशौं महाधिवेशनले पूर्ण ओलीकरण गर्ने निश्चितप्रायः छ । फरक मत कहिलेकाहीं गुञ्जिएला तर त्यसले एमालेको वैचारिक बहसमा खासै फरक पर्ने छैन । अब एमाले केवल ओलीको सोच र स्वार्थ अनुसार चल्नेछ ।

नेकपा (एमाले)को नवौं महाधिवेशनबाट केपी शर्मा ओली अध्यक्षमा निर्वाचित भएपछि एमालेमा ओलीकरणको शुरूआत भएको थियो । नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) एकीकरण भएर बनेको नेकपालाई पनि ओलीकरण गर्ने सक्दो प्रयास ओलीबाट भएको हो । यही द्वन्द्वले सघन रूप लिंदा नेकपा अहिले तीन टुक्रा भएको छ । नेकपाको एक पक्ष एमालेले महाधिवेशन मार्फत ओलीलाई पुनः अध्यक्ष मात्र बनाउँदै छैन, एमालेको पूर्ण रूपमा ओलीकरण गर्ने छुट पनि प्रदान गर्दैछ ।

शक्ति पाएपछि त्यसको आफूखुशी प्रयोग गर्न खोज्नु मानवीय स्वभाव हो । व्यक्तिको यस्तो स्वभावले अराजकता र निरंकुशता निम्त्याउँछ । यस्तो व्यवहारले पदमा आसीन व्यक्तिको मनोकांक्षा पूरा गरे तापनि इतर पक्षलाई नकारात्मक असर पार्छ ।

कसैको हित र कसैको अहित कुनै पनि राजनीतिक गतिविधिको उद्देश्य होइन । पदमा रहेकाको स्वेच्छाचारिता रोक्नको लागि विधि र नीति निर्माण गरिएका हुन्छन् । ती विधि आफैंमा लागू हुँदैनन्, पदमा रहेकाहरूले जिम्मेवारी सम्झेर लागू गर्नु पर्दछ । पदमा आसीनले लागू नगरेको खण्डमा खबरदारी गर्ने कोही व्यक्ति वा समूह चाहिन्छ । अन्य नेताको तुलनामा केपी शर्मा ओलीमा स्वेच्छाचारिताको मात्रा अलि बढी नै देखिन्छ । माधव सहितको एमाले छँदा होस् वा नेकपा हुँदाको माधव र प्रचण्ड; विधि, पद्धतिको नाममा ओलीलाई खबरदारी गर्दै आएको अवस्था थियो । माधव र प्रचण्डको खबरदारी व्यक्तिगत स्वार्थको लागि थियो वा पार्टी, कार्यकर्ता वा जनताको हितमा थियो यो बहसको अर्काे पाटो होला तर पार्टी अध्यक्षको रूपमा ओलीको स्वेच्छाचारिता चाहिं प्रष्टसँग देखिएकै हो ।

एउटा लोकतान्त्रिक व्यक्ति वा नेताले आलोचकलाई पनि समर्थककै दूरीमा राख्छ । तर ओलीमा यो संयमता देखिंदैन । आलोचकलाई किनारामै पुर्‍याउने मनोवृत्ति देखिन्छ । ओलीको लागि विधि, पद्धतिले उति अर्थ राख्दैन; जति आफ्ना समर्थकहरूको प्रशंसाले राख्छ ।

एउटा लोकतान्त्रिक व्यक्ति वा नेताले आलोचकलाई पनि समर्थककै दूरीमा राख्छ । तर ओलीमा यो संयमता देखिंदैन । आलोचकलाई किनारामै पुर्‍याउने मनोवृत्ति देखिन्छ । ओलीको लागि विधि, पद्धतिले उति अर्थ राख्दैन; जति आफ्ना समर्थकहरूको प्रशंसाले राख्छ । एउटा लोकतान्त्रिक दलको कार्यकर्ता कसैको समर्थक हुँदा आलोचनात्मक चेत गुमाउनु हुँदैन । तर ओलीको समर्थक भएर आलोचनात्मक चेत जिवित राख्न सम्भव छैन । आजसम्म ओलीको व्यवहार र अभ्यासले समर्थकमाथि यो सन्देश राम्रैसँग प्रवाह गरिसकेको छ । तसर्थ ओलीका समर्थकहरू ओलीलाई देवत्वकरण गर्नतर्फ लागेका छन् । भगवान् एउटा आदर्श मानक हो । तर गुण र दोष सहितको मानिस कहिल्यै भगवान् हुन सक्दैन । भगवान् हुन खोज्नु वा बनाउन खोज्नु भ्रम मात्र होइन, ठूलो भूल हो । अहिले यही भूलमा ओली र ओलीका समर्थक लागिरहेका छन् । यो भूललाई एमालेको दशौं महाधिवेशनले वैधानिकता प्रदान गर्नेछ ।

एमालेको ठूलो हिस्सा ओलीलाई देवत्वकरण गर्नतिर लागेको एउटा उदाहरण हो– नेता विशाल भट्टराईले ओलीलाई एमालेको मात्र नभएर देशकै अध्यक्ष देख्नु । यो आफैंमा विवेकको बन्धक हो । एमालेमा विशाल भट्टराईको लयमा लय मिलाउने अरू नेता पनि छन् । भगवान्‌ले पनि त्यो वेला धोका दिन्छन्, जति वेला भगवान्लाई उनको क्षमताभन्दा बढी कामको लागि विश्वास गरिन्छ । ओलीलाई उहाँको क्षमताभन्दा बढी देख्दा जनता निराश हुन पुगेका छन् ।

भारतीय नाकाबन्दीमा सारा देशबासीले दुःख पाए । यसले देशको अर्थतन्त्रमै नकारात्मक असर पार्‍यो । यद्यपि; यो नाकाबान्दी ओली र ओलीको पार्टी नेकपा (एमाले)लाई भने लाभदायी रह्यो । नाकाबन्दी विरुद्ध अडान लिएकोमा ओली राष्ट्रवादी नेता कहलिनुभयो । भलै यो परिस्थितिको उपज हो । तेस्रो विश्वका बिरलै नेता उति मात्र राष्ट्रवादी हुन्छन्, जति अन्तर्राष्ट्रिय दबाब आफ्नो राजनीतिक करिअरको लागि झेल्न सकिन्छ । नाकाबन्दीको समयमा ओलीले बनाएको राष्ट्रवादी र विकासवादी नेताको छविको भ्रम जनता राम्रो परेको थियो । अब त्यो भ्रम उत्रिन बाँकी शायदै होला ।

भारतीय नाकाबन्दीमा सारा देशबासीले दुःख पाए । यसले देशको अर्थतन्त्रमै नकारात्मक असर पार्‍यो । यद्यपि; यो नाकाबान्दी ओली र ओलीको पार्टी नेकपा (एमाले)लाई भने लाभदायी रह्यो । नाकाबन्दी विरुद्ध अडान लिएकोमा ओली राष्ट्रवादी नेता कहलिनुभयो । भलै यो परिस्थितिको उपज हो ।

ओली अझै पनि दुई तिहाइ बहुमतको मन्त्र जपिरहनुभएकै छ । फेरि पनि सरकार हाकिन्छ भनेर कार्यकर्तालाई सुनाइरहेको देखिन्छ । उहाँको अभिव्यक्ति विकासप्रतिको उत्कट चाहना भन्दा पनि शक्तिप्रतिको उत्कट लालसा चाहिं पक्कै हो । यो उहाँको निरंकुश सोचले पैदा गरेको चाहना हो ।

निरंकुश मनोविज्ञानले सत्ता र शक्ति पाएपछि छोड्न चाहदैंन । बरु कुनै पनि हालतमा शक्ति प्राप्त गर्न चाहन्छ । केपी ओली कम्युनिष्टको सिद्धान्तबाट च्युत भएर पनि शक्ति आर्जन गर्न खोजिरहनुभएको छ । मार्क्सवादले विज्ञानसम्मत कुरामा मात्र विश्वास गर्छ । तर, ओली धर्मको राजनीति गर्न अग्रसर हुनुहुन्छ । लकडाउनमा जनता भोकले मर्दै गर्दा उहाँ रामलाई यो देशको नागरिक बनाउन हतारिनुभएको थियो । पशुपतिमा सुनको जलहरी लगाउनु उहाँको प्राथमिकतामा पर्‍यो । भीडतिर डोरिन खोजेको कदम थिए यी कामहरू ।

एउटा असल र आदर्श नेतृत्व भीडको पछाडि दौडिंदैन । भीडलाई आफ्नो आदर्श र सिद्धान्तको आधारमा नेतृत्व गर्छ । भीडको पछाडि दौडिने नेताको उद्देश्य भनेको कुनै पनि हालतमा शक्ति आर्जन गर्नुपर्छ भन्ने हो । यस्तो उद्देश्य राख्ने नेताले शक्ति र सत्ता आर्जन गरेको दिन विधि र नीतिमा तिलाञ्जली दिने सम्भावना प्रबल हुन्छ । देश र जनताको भन्दा आफ्नो र आसेपासेको हितमा काम गर्ने सम्भावना बढी हुन्छ ।

सरकारमा ओली तजबिजी देखिएकै हो । अहिले पार्टीमा आफ्नो हुकुमतन्त्र स्थापना गर्न खोजिरहनुभएको छ । अर्काे अर्थमा भन्नुपर्दा; निरन्तरता खोजिरहनुभएको छ भन्न पनि सकिन्छ । अहिलेको अवस्थामा ओलीले चाहे अनुरूप नै एमाले चलिरहेको छ ।

निरंकुश मनोविज्ञानले सत्ता र शक्ति पाएपछि छोड्न चाहदैंन । बरु कुनै पनि हालतमा शक्ति प्राप्त गर्न चाहन्छ । केपी ओली कम्युनिष्टको सिद्धान्तबाट च्युत भएर पनि शक्ति आर्जन गर्न खोजिरहनुभएको छ । मार्क्सवादले विज्ञानसम्मत कुरामा मात्र विश्वास गर्छ । तर, ओली धर्मको राजनीति गर्न अग्रसर हुनुहुन्छ ।

ओली नवौं महाधिवेशनबाट अध्यक्ष भएदेखि नै पार्टी सञ्चालनप्रति माधव नेपालले प्रश्न उठाउँदै आउनुभएको थियो । एमालेमा माधव नेपाल लगायत अन्य वरिष्ठ नेताको उपस्थितिले ओलीको स्वेच्छाचारितामा अंकुश लाग्दै आएको थियो । ओलीको लागि कुनै पनि खालको लगाम र अंकुश प्रियकर थिएन । उहाँ एमालेलाई आफ्ना आसेपासे र आफ्नो स्वार्थको निम्ति चलाउन खोज्नुहुन्थ्यो तसर्थ माधव नेपाल र झलनाथ खनालको बहिर्गमन उहाँले  खोजिरहनुभएको थियो । माधवलाई रोक्नको लागि गरिएका भेटघाट र सम्वाद केवल नाटक मात्र थिए । एमालेबाट माधव नेपाल बाहिरिएपछि ओलीको वर्चश्व स्थापित भएको छ ।

हिजो माधव नेपाललाई साथ दिएका नेताहरू आज ओलीभक्त हुनको लागि प्रतिस्पर्धा गरिरहेका छन् । केवल घनश्याम भुसाल र भीम रावलले मात्र चुनौती दिन खोजेको देखिन्छ । तर भुसाल र रावलको आवाज यति मधुरो हुन गएको छ कि त्यसलाई ओलीबाट सजिलै नजरअन्दाज हुनेछ ।

एमालेको ओलीकरण नवौं महाधिवेशनबाट शुरू भएको थियो । दशौं महाधिवेशनले पूर्ण ओलीकरण गर्ने निश्चितप्रायः छ । फरक मत कहिलेकाहीं गुञ्जिएला तर त्यसले एमालेको वैचारिक बहसमा खासै फरक पर्ने छैन । अब एमाले केवल ओलीको सोच र स्वार्थ अनुसार चल्नेछ ।

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई nepalmatnews@gmail.com मा इमेल पठाउनु होला।