• सोमबार, १ कार्तिक, २०७८
  • ०१:५६:५३

नेपालको पहिलो अस्पताल बस्तीदेखि टाढा बनाइयो

  • नेपालमत
  • बिहीबार, १३ जेठ, २०७८- १७:००:००/ Thursday 05-27-21
तस्वीर : वल्ड फोटो अफ नेपालको फेसवुक पेज

राणाकालमा केही अस्पताल र औषधालय स्थापना भए । तिनताका स्वास्थ्यमा कुनै दक्ष जनशक्ति नभएका कारण डाक्टर र नर्स भारतबाट ल्याइन्थे ।

सन् १८५७ मा राणा सरकारले खोकनामा कुष्ठरोगीलाई राख्ने केन्द्र निर्माण गर्यो, जुन नेपालकै पहिलो स्वास्थ्य संस्था मानिन्छ । कुष्ठरोगीलाई समाजबाट अलग राख्न शहरदेखि टाढा सो केन्द्र बनाइएको थियो । त्यहाँ राखिएका रोगीलाई कुनै उपचार भने गरिदैंनथ्यो ।

राणा प्रधानमन्त्री वीर शमसेरको कार्यकाललाई नेपालको स्वास्थ्य इतिहासमा महत्वपूर्ण मान्ने गरिन्छ । सन् १९४७ मा नेपालमै पहिलोपटक अस्पताल स्थापना भयो । पृथ्वी–वीर अस्पतालका नाममा नेपालमा पहिलो अस्पताल खोलियो । जुन अहिले वीर अस्पतालका नामले प्रख्यात छ । सोही वर्ष हैजा तथा झाडापखाला नियन्त्रण गर्न टेकुमा पनि अस्पताल खोलियो ।

पृथ्वी–वीर अस्पतालका नाममा उपत्यकाबाहिर वीरगन्ज, जलेश्वर, हनुमाननगर, तौलिहवा र नेपालगन्जमा पनि अस्पताल खोलिए । यस्तै, त्रिपुरेश्वरमा कुष्ठरोग अस्पताल खोलियो ।

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई nepalmatnews@gmail.com मा इमेल पठाउनु होला।