काठमाडौं– मोटी युवतीहरुलाई लक्षित गरी आयोजना हुँदै आएको सौन्दर्य प्रतियोगिता ‘सुपर प्लस साइज मोडल नेपाल’ को चौथो संस्करण ‘सुपर प्लस साइज मोडल नेपाल २०२२’ हुने भएको छ । आयोजक मोडल सङ्गघस नेपालले बिहीबार एक विज्ञप्ती जारी गर्दै प्रतियोगिताका लागि आवेदन खुल्ला गरिएको जानकारी दिएको छ ।
प्रतियोगितामा १६ देखि ४० वर्षसम्मका विवाहित तथा अविवाहित दुवै समूहका युवती महिलाहरुले भाग लिन पाउने छन् । प्रतियोगितामा सहभागिताका लागि ५५ केजीभन्दा माथिको तौल भई स्पष्ट रूपमा मोटोपना देखिएको हुनुपर्ने प्रावधान आयोजकले राखेका छन् ।
आयोजक संस्थाका प्रमुख डेविल सिंह राजपुतले मोटोपनाका कारण हिनताबोध भएका युवतीहरूलाई प्रोत्साहन गर्ने तथा उनीहरूको क्षमतालाई अभिवृद्धि गरी समाजमा सकारात्मक सन्देश फैलाउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको बताउनुभयो ।
यही मंसिर २५ गते मोडल सङ्ग्स नेपालको केन्द्रीय कार्यालय बागबजारमा हुने अडिसनबाट छनोटमा परेका प्रतियोगीलाई मात्र अन्तिमस्पर्धाका लागि प्रशिक्षण दिइनेछ । छानिएका प्रतियोगीलाई फेसन कोरियोग्राफर रोजिन शाक्यले कोरियोग्राफी गर्नुहुनेछ ।
आयोजक संस्था सरोज ओझाले प्रतियोगीलाई अन्तिम प्रतिस्पर्धामा एक महिने प्रशिक्षणका क्रममा र्याम्प, व्यक्तित्व विकास, सञ्चार कला, फोटोसेसन, स्टेज पफर्मेन्स, पब्लिक स्पिकिङ लगायत विविध विषयमा दक्ष व्यक्तित्वहरुले प्रशिक्षण दिइने बताउनुभयो ।
प्रतियोगिताका विजेताले नगद पुरस्कारसँगै दर्जनौ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फेसन र मोडलिङ क्षेत्रमा अवसर पाउनेछन् । उत्कृष्ट ३ प्रतियोगीले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका विभिन्न फेशन सो तथा सौन्दर्य प्रतियोगिताहरूमा समावेश हुन पाउने आयोजकले जनाएका छन् ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
काठमाडौं - चलचित्र विकास बोर्डले धेरै कमाउने २५ नेपाली फिल्मका निर्मातालाई सम्मान गरेको छ। बाेर्डले स्थापनाकाे २५ वर्षमा देशभित्र धेरै कमाउने फिल्मका निर्माताहरूलाई बिशेष कार्यक्रम गरी सम्मान गरेको हो। स्थापनाको...
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को छैठौं च्याप्टर सम्मेलन ११ बुँदे घोषणापत्र जारी गर्दै सकिएको छ । तीन दिनसम्म चलेको सम्मेलनको पहिलो दिनमा उद्घाटन सत्र राखिएको...
सुमधुर नयाँ गीत ‘तारा जुनैले’ सार्वजनिक भएको छ । प्रेम, आशा र वियोगको त्रिकोणात्मक भाव बोकेको यो गीतमा गायक ईश्वर सिंह र गायिका रितु कँडेलको...
काठमाडौं - सङ्गीतकार संघ नेपालको १३औं वार्षिक साधारणसभा तथा सातौं अधिवेशनबाट अष्ट लामाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । चेतन सापकोटाको नेतृत्वमा रहेको संघको कार्यसमितिलाई...
संसारको सबैभन्दा महँगो शो कुन हो र यसलाई बनाउन कति पैसा खर्च भयो वा हुनेछ भन्ने अनुमान लगाउन सक्नुहुन्छ ? यदि तपाईं २००–४०० करोड सोच्दै हुनुहुन्छ...