ताजा

  • बिहीबार, १९ असार, २०८२
  • ०९:२१:४५
  • नेपालीको अभिमत

मनोरञ्जन / संगीत

कमला रिसालको 'आमाको काखै प्यारो’ सार्वजनिक

नेपालमत

आइतबार, २८ कार्तिक, २०७८

काठमाडौं– स्रष्टा कमला रिसालको गीति एल्बम ‘आमाको काखै प्यारो’ सार्वजनिक भएको छ । उक्त एल्बम सखी प्रतिष्ठानले शनिबार आयोजना गरेको कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव प्रा जगतप्रसाद उपाध्याय ‘प्रेक्षित’ले विमोचन गर्नुभएको हो ।

कार्यक्रममा साहित्यिक पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकाली, वरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठी, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठाका प्राज्ञसभा सदस्य बाबा बस्नेत, गुन्जन संस्थाका अध्यक्ष हिरण्यकुमारी पाठक, गीतकार सङ्घ नेपालका निवर्तमान अध्यक्ष चुडामणि देवकोटा, वरिष्ठ सङ्गीतकारहरु न्हु बज्राचार्य र राजु सिंह, साहित्यिक पत्रकार सङ्घका पूर्वअध्यक्ष  नरेन्द्रबहादुर श्रेष्ठ, सखी प्रतिष्ठानका अध्यक्ष मन्जिला अनिललगायतले आमाको महिमालाई गीतमा उतारेर रिसालले महत्वपूर्ण कार्य गरेको बताउनुभयो ।

गीतमा कमला रिसालकै शब्द संगीत र आवाज रहेको छ भने संदिप कार्कीको संगीत संयाेजन रहेको छ । दिपक श्रेष्ठको निर्देशनमा बनेको भिडियोमा राम माया घिमिरे, मुक्ति सुवेदी र मनिसा भण्डारीको अभिनय रहेको छ । 

नेपालमत

लेखकका थप सामग्रीका लागि यहाँ क्लिक गर्नुहोस्

आइतबार, २८ कार्तिक, २०७८

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2025 कृष्णसार मल्टिमिडिया. All Rights Reserved