• सोमबार, १ कार्तिक, २०७८
  • १२:३६:२७

नेपालमा पहिलो मोटर शिकार खेल्न आएको थियो

  • नेपालमत
  • सोमबार, १० जेठ, २०७८- १०:५०:००/ Monday 05-24-21

चन्द्रशमशेर राणाको पालामा १९७८ सालमा बेलायतका राजकुमार एडवर्ड (पछि राजा एडवर्ड आठौं) शिकार खेल्न भारतबाट चितवनको कसरा आउँदा नेपालमा पहिलो पटक मोटर प्रयोग भयो ।

त्यसपछि मोटर राणा शासकहरूको सोख र सानको साधन बन्न थाल्यो । काठमाडौंमा मोटर ल्याउन वीरगंजदेखि ऊबेलाको मकवानपुर जिल्ला सदरमुकाम भीमफेदीसम्म सडक खनियो । भीमफेदीबाट भने वरपरका गाउँका तन्नेरीहरूका सयौं काँध चढेर काठमाडौं भित्रिन्थे, मोटर ।

२०१३ सालमा त्रिभुवन राजपथ (बाइरोडको बाटो) ले काठमाडौं जोडेपछि मात्र नेपालमा गाडीले मानिसको काँध छोड्यो। करीब चार दशकको त्यो अवधिमा हजारौं तन्नेरीले लामो–लामो काठका घोचा (नोल) मा गाडी राखेर काठमाडौं ल्याए । स्रोत : हिमाल खबर

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई nepalmatnews@gmail.com मा इमेल पठाउनु होला।