• शनिबार, १५ बैशाख, २०८१
  • ०५:५९:०४
  • नेपालीको अभिमत

अपराध

महोत्तरीमा बोक्सीको आरोपमा मलमूत्र खुवाउने चार पक्राउ

नेपालमत

सोमबार, १ कार्तिक, २०७८

महोत्तरी–महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका– ४ सुगा गाउँकी एक महिलालाई  बोक्सी भन्दै मलमूत्र खुवाएको आरोपमा दुई महिलासहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउपर्नेमा स्थानीय सिकिन्दर महतोकी पत्नी पुरनीदेवी, रगेश्वर महतोकी पत्नी प्रमिलादेवीका साथै उनका दुई छोराहरू सिकिन्दर र अनिल रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिनेशकुमार आचार्यले बताउनुभयो ।
    
गत बुधबार बिहान स्थानीयवासी शम्भु महतोकी पत्नी सुकमरिया देवी टोलमा घुमिरहेको अवस्थामा सिकिन्दरको घर अगाडि पुग्दा निजकी छोरी १३ वर्षीया काजल उनलाई देखेर रुन थालेपछि चारै जनाले उक्त महिलाले नै जादु र टुनामुना लगाएको भन्दै समातेर मलमुत्र खुवाउनाका साथै अपमानजनक व्यवहार गरेका थिए ।

उनीहरुले सुकमरियालाई घर अगाडिको बिजुलीको पोलमा बाँधेर कपाल काटिदिएको, शरीरको कपडा फुकालेर नाङ्गो बनाइदिएको, टाउको र अनुहारमा कालो र सेतो टीका लगाइदिएको र अन्त्यमा मानव मलमूत्र खुवाएको प्रहरीले जनाएको छ । 

बडादसैँ चलिरहेकै बेला गत बुधबाउनीहरुलाई पक्राउ गर्नाका साथै घटनास्थलबाट सुकमरियालाई बाँध्न प्रयोग गरेको नाइलनको डोरी, काटेका कपालका टुक्रा र मलमूत्र खुवाउन प्रयोग गरेको प्लाष्टिकको ग्लास तथा बियरको बोतलसमेत बरामद गरिएको थियो । प्रहरीले चारै जनालाई हिरासतमा राखी थप अनुसन्धान अगाडि बढाएको छ । रासस  

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved