• मंगलबार, १४ मङ्सिर, २०७८
  • ०३:२५:२७

आज नेपाली बजारमा सुनचाँदीको मूल्य कति छ ?

  • नेपालमत
  • सोमबार, १ कार्तिक, २०७८- ११:२६:००/ Monday 10-18-21

काठमाडौं–आज सुनचाँदीको मूल्य नेपाली बजारमा सामान्य बढेको छ । 

सुनचाँदी व्यवसायी महासंघका अनुसार असोज २५ गते छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो भने तेजावी सुनको मूल्य ९० हजार १५० रूपैयाँमा कारोबार भएकोमा आज ७ सयले बढेको हो ।

छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ३ सय रहेको छ भने तेजावी सुनको मूल्य ९० हजार ८ सय रहेको महासंघले जनाएको छ । यता चाँदीको मूल्य मूल्य प्रतितोला १ हजार २ सय २५ रूपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।
 

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई nepalmatnews@gmail.com मा इमेल पठाउनु होला।